साउन ७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको निमन्त्रणामा रोजगारदाताहरुको अन्तर्राष्ट्रिय संगठन आइओइका महासचिव रोबर्टो सुवारेज सान्तोस तीन दिने नेपाल भ्रमणमा आउन लाग्नु भएको छ ।
विश्वभरका रोजगारदाताहरुको अन्तराष्ट्रिय संस्था आइओइका महासचिव सम्भवतः पहिलो पटक नेपाल भ्रमणमा आउन लाग्नु भएको हो । सान्तोस २०८२ साउन ८ देखि १० गते (२४–२६ जुलाई २०२५) सम्मको नेपालको भ्रमणमा रहनु हुनेछ ।
यसै वर्ष जेनेभामा सम्पन्न अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Conference) मा अध्यक्ष ढकाल र महासचिव सान्तोसबीच भएको भेटवार्ताका क्रममा अध्यक्ष ढकालले महासचिव सान्तोसलाई नेपाल भ्रमणको निम्तो दिनु भएको थियो ।
१९२० मा स्थापना भई जेनेभामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय रोजगारदाताहरुको संगठन (आइओई) विश्वकै सबैभन्दा ठूलो निजी क्षेत्रको सञ्जाल हो । जसले १४० भन्दा बढी देशहरूमा रहेका १५० भन्दा धेरै रोजगारदाताहरुको संगठनहरूलाई प्रतिनिधित्व गर्छ । नेपालमा महासंघ आइओइको सदस्य हो ।
नेपालमा रहँदा सान्तोसले महासंघ अध्यक्ष लगायत पदाधिकारीसंग छलफल गर्नु हुनेछ । यसैगरि नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुसंग पनि सान्तोसको भेटघाटको कार्यक्रम तय भएको छ ।
अध्यक्ष ढकालका अनुसार यस भ्रमणले महासंघ र आइओइबीचको सम्बन्ध थप सुदृढ हुनाको साथै नीतिगत सहकार्य सुदृढ हुने महासंघले विश्वास लिएको छ ।
छलफलका क्रममा नेपालको २०२६ मा हुने एलडीसी स्तरोन्नती र यसले नेपालको अन्तरराष्ट्रिय व्यापारमा पार्ने प्रभाव र निजी क्षेत्रको प्रतिस्पर्धात्मकत्मक क्षमता अभिवृद्धि लगायतका विषयमा छलफल हुने महासंघका अध्यक्ष ढकालले बताउनु भयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com