Nov 19 2026 | २०८३, मंसिर ३ गते

Nov 19 2026 | २०८३, मंसिर ३ गते

Follow us

३२औं साधारणसभामा अनिवार्य सहभागी हुन सहयोगी साकोसको आग्रह

३२औं साधारणसभामा अनिवार्य सहभागी हुन सहयोगी साकोसको आग्रह

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-२ आलापोटस्थित सहयोगी बचत तथा ऋण सहकारी संस्थाले ३२औं वार्षिक साधारणसभामा अनिवार्य एवम् सक्रिय सहभागी हुन आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ । सहयोगी साकोसको कार्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले ३२औं वार्षिक साधारण कार्तिक २८ गते क्षेत्रीय स्तरमा आयोजना गर्ने निर्णय गरेको थियो । सोही अनुरुप सहयोगी साकोसले आफ्ना सदस्यहरुलाई पायक पर्ने गरी ६ स्थानमा एकैदिन र एकै समयमा साधारणसभा आयोजना गर्न लागेको अध्यक्ष रामेश्वर श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख छ ।

सूचनअनुसार सहयोगी साकासले बायोका स्कुल आलापोट, जोरपाटीस्थित कार्यालय प्राङ्गण, गागलफेदी १ स्थित कार्यालय प्राङ्गण, साँखुस्थित कार्यालय प्राङ्गण, जहरसिंह पौवास्थित कार्यालय प्राङ्गण तथा सिन्धुपाल्चोक, भोटेचौरस्थित कार्यालय प्राङ्गणमा बिहान १० बजेदेखि १ बजेसम्म साधारणसभाको कार्यक्रम राखेको छ । साधारणसभा सदस्यहरुको सबैभन्दा ठूलो र शक्तिशाली एवम् सार्वभौम सभा भएको भन्दै अघिल्लो आर्थिक वर्षका नीति, कार्यक्रम तथा खर्चहरुको अनुमोदनसहित चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा प्रस्तावित बजेट पारित गर्ने सभा भएकाले उक्त महत्वपूर्ण कार्यक्रममा जसरी भएपनि सहभागी हुन सहयोगी साकोसका अध्यक्ष श्रेष्ठले सूचनामार्फत सदस्यहरुलाई आग्रह गर्नुभएको छ ।

f5b33871-a047-479b-90b6-2efc69007b7d.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार