Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

Follow us
About Us

आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा.लिद्वारा प्रकाशित धिप्री डटकम (www.dhipri.com) पत्रकारिताको आधारभूत मूल्य, मान्यता र सिद्धान्तको सीमारेखाभित्र रही व्यावसायिक धर्म निर्वाह गर्न उद्यत प्रयास हो । पारम्परिक पत्रकारिताबाट पृथक तर सुपाच्य ‘डेभिएसनल डिस्कोर्श’ सहितको नूतन ‘न्यारेटिभ’ हो । सुकृत कर्मका माध्यमबाट समाजलाई सत्मार्गतर्फ प्रेरित गराउने दायित्वबोध यसको आगमनको आधार हो । त्यही आधारको स्तम्भ तयार भएको दिन २०८२ बैशाख ३ गते अब ‘धिप्री दिवस’ (डी–डे) पनि हो । 

धिप्री यसको ‘ट्यागलाइन’ ले भनेजस्तै ‘सम्पूर्णताको प्रबुद्धता’ मा विश्वास राख्दछ । सनातन धर्म, सबल संस्कृति, प्रशंस्य पर्यटन, अनुन्नत अर्थतन्त्र, दिगो विकास, समुदायमा आधारित सहकारी, पर्यापर्यटन, लगायत मानव जीवन अनि समाजसँग अन्योन्याश्रित सम्बन्ध राख्ने यावत् विषयवस्तुको ज्योति हो–धिप्री । अनि, शिक्षा, कला, साहित्य, विज्ञान, प्रविधि, स्टार्टअप, उद्यमशीलता, आदिका अनेकन ‘इनोभेटिभ’ उत्खननहरुको प्रज्ञा हो । 

धिप्रीको परिचायक यसका ‘स्टोरी’हरु हुन् । मुलुकको समृद्धिको सपना साकार बनाउने सारथी हुन् । ‘स्टोरी’ हरुले धिप्री बाल्दा मुलुक उज्यालो बन्छ । उज्यालो मुलुक समृद्ध मुलुक हो । उज्यालो अनुहार खुसी र आनन्दको द्योतक हो । ‘धिप्री पत्रकारिता’ उज्यालो पत्रकारिता हो । ‘गटर जर्नलिज्म्’ विरुद्ध पूर्ण प्रतिबद्ध धिप्री ‘भाइरल’ होइन ‘भायबल’ पत्रकारिताको अभ्यासकर्ता हो । ‘गोदी मिडिया’ नभइ ‘दिगो मिडिया’ हो । अनि, ‘वाचडग जर्नलिज्म’ मा आस्थावान् ‘डिफ्रेन्शमेकर’ हो ।   

सपना र सोचको यो संकल्प सुप्रिय पाठकहरुबाट सद्भावको याचना गर्दछ ।


ज्ञानेन तु तदज्ञानं येषां नाशितमात्मनः ।
तेषामादित्यवज्ज्ञानं प्रकाशयति तत्मरम् ।। १६।।

(श्रीमद्भगवद्गीता–अध्ययाय ५)

ताजा अपडेट थप