काठमाडौं । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुलाई आफैँ उदाहरण बनेर नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गर्नुभएको छ। उहाँले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रियाका क्रममा जनजीविकाका आधारभुत समस्या समाधानसँगै त्यो भन्दा अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आव्हान गर्नु भयो।
यसका लागि उहाँले स्थलगत अध्यय तथा अनुसन्धान गर्ने, सूचना–प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने र पुराना तथा अव्यवहारिक सोच त्याग्न सुझाव दिनु भयो। साथै, राजनीतिलाई पेशा नबनाइ आम्दानीको छुट्टै व्यवसायीक आधार खडा गर्दै दीर्घकालिनरुपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्न समेत आग्रह गर्नुभयो।
अन्तरक्रियामा सहभागी जेन्जी उमेरका सांसदहरुले सम्माननीय प्रधानमन्त्रीज्यूको यो आग्रहलाई अभिभावकीय मार्गदर्शनका रुपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सिर्जना गर्ने कार्यमा जुट्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
उनले विगतमा धेरै सहकारीले घरजग्गालगायतका क्षेत्रमा ऋण लगानी गरेका कारण वित्तीय समस्या देखिएको बताए । अब भने सहकारीको ऋण उत्पादनशील क्षेत्र, उद्योग, व्यवसाय र रोजगारी सिर्जना हुने क्षेत्रमा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए ।
संविधानले सहकारीलाई अर्थतन्त्रका तीन खम्बामध्ये एकका रूपमा स्वीकार गरेको स्मरण गराउँदै मुख्यमन्त्री थापाले सोही भूमिकाअनुसार सहकारीका गतिविधि अघि बढाउन आग्रह गरे । “सहकारीले संविधानले दिएको भूमिकाअनुसार उत्पादन र रोजगारी सिर्जनामा योगदान गर्नुपर्छ,” उनले भने ।
मुख्यमन्त्री थापाले बागमती प्रदेश सरकारले सहकारी क्षेत्रको सुधार र प्रवद्र्धनमा आवश्यक सहयोग गर्ने बताए । सहकारी अभियानलाई माथि उठाउन सरकार र अभियानबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले सहकारी क्षेत्रका व्यावहारिक समस्या पहिचान गरी समाधान खोज्नुपर्ने बताए ।
यसैबीच, रसुवाको भोटेकोशीमा आएको बाढीका कारण बागमती प्रदेशमा ठूलो क्षति भएको उल्लेख गर्दै मुख्यमन्त्री थापाले प्रभावित क्षेत्रको पुनःनिर्माण र पुनःस्थापना सरकारका लागि चुनौती बनेको बताए । तीन तहका सरकार आ–आफ्नो जिम्मेवारीका साथ उद्धार तथा पुनःस्थापनामा लागिरहेको उल्लेख गर्दै उनले विपद्पछिको पुनःनिर्माणमा सहकारी क्षेत्रको समेत सहयोग अपेक्षित रहेको बताए ।
सहकारी सुधारमा आत्मसमीक्षा आवश्यक ः पाठक
राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष खेमबहादुर पाठकले ललितपुर बचत तथा ऋण सहकारी संघ बलियो भएकै कारण समिट आयोजना गर्न सम्भव भएको बताए । दुईदिने समिटबाट निस्कने निष्कर्षले मुलुकभर सहकारी अभियानलाई सकारात्मक सन्देश दिनुपर्ने उनको भनाइ थियो ।
सहकारी संस्थामा आवश्यक ज्ञान, वित्तीय पारदर्शिता, सक्षम सञ्चालक तथा कर्मचारी र प्रभावकारी लेखा समितिको अभावले समस्या देखिएको उनले बताए । सहकारी शिक्षा प्रत्येक सञ्चालक र सदस्यका लागि आवश्यक रहेको उल्लेख गर्दै उनले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।
सरकारले सहकारी दर्ता गरे पनि प्रभावकारी नियमन गर्न नसक्नु समस्या भएको बताउँदै पाठकले समयअनुकूल कानुन निर्माण र कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । सहकारी अभियानले आफ्ना कमजोरीसमेत स्वीकार गरी सुधार गर्न सके सरकारसँगको सम्बन्ध पनि थप प्रभावकारी बन्ने उनको भनाइ थियो ।
सात विषयमा कार्यपत्र र सामूहिक छलफल
समिटमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक डा. परितोष पौडेलले बचत तथा ऋण सहकारी अभियान दर्शन र सिद्धान्तबाट निर्देशित हुनुपर्ने बताए । सहकारीलाई शान्ति र समृद्धिको माध्यमका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्दै उनले अभियानलाई निषेध गर्नेभन्दा व्यवस्थित बनाउने गरी नीति निर्माण गर्नुपर्ने धारणा राखे ।
बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले सहकारी अभियानको सरकारसँगको नीतिगत संवाद कमजोर भएको स्वीकार गर्दै सुधारका लागि जिल्ला तहसम्म जागरण अभियान सञ्चालन गर्नुपर्ने बताए । बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले सहकारीलाई अन्य वित्तीय संस्थासँग एउटै दृष्टिले हेर्न नहुने बताउँदै सहकारीसम्बन्धी कानुन निर्माणमा अभियानसँग पर्याप्त छलफल हुनुपर्ने माग गरे ।
काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष दीपक पनेरुले सहकारी क्षेत्रमाथि बढेको अविश्वास हटाउँदै संस्थागत सुधारका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए ।
ललितपुर बचत संघका अध्यक्ष रामहरी बजगाईँले ललितपुरका सहकारी संस्थालाई लक्षित गरी समिट आयोजना गरिएको बताए । संघ स्थापनाको ३३औँ वर्षमा प्रवेश गरेको उल्लेख गर्दै उनले संघको वित्तीय सूचक बलियो भए पनि कानुनी व्यवस्थाका कारण बचत तथा ऋणको कारोबार क्रमशः घटाउँदै लगिएको जानकारी दिए ।
संघले संस्थाहरूलाई स्तरीकरणमार्फत बलियो बनाउने उद्देश्यले ‘अम्ब्रेला कार्यक्रम’ सञ्चालनमा ल्याएको र पहिलो वर्ष ४० संस्थालाई सहभागी गराउने लक्ष्य रहेको उनले बताए । सहकारीका समस्या दबाएर समाधान नहुने भन्दै संस्थालाई व्यवस्थित रूपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकारसँग उनले आग्रह गरे ।
समिटमा करिब १५० प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधि सहभागी छन् । सहकारी क्षेत्रको ऋण असुली, राष्ट्रिय सहकारी नियमन, ऋण असुली न्यायाधिकरण तथा संघ, प्रदेश र स्थानीय तहको भूमिकालगायतका विषयमा सामूहिक छलफल हुने आयोजकले जनाएको छ ।
‘दिगो साकोस अभियान ः प्रविधि रूपान्तरण र हस्तान्तरण’ भन्ने मूल विषयमा आयोजित समिट शनिबारसम्म सञ्चालन हुनेछ । समिटमा सात विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुनुका साथै सामूहिक छलफलका सत्र सञ्चालन हुनेछन् । कार्यक्रम संघका सचिव श्यामकृष्ण महर्जनले सञ्चालन गरेका थिए भने महिला उपाध्यक्ष लक्ष्मी शाक्यले धन्यवाद ज्ञापन गरेकी थिइन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com