काठमाडौं । नवलपुरको मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी क्षेत्रको संस्थागत सुशासन, वित्तीय व्यवस्थापन, सदस्य सेवा, जोखिम व्यवस्थापन तथा व्यावसायिक उत्कृष्टतासँग सम्बन्धित एक्सेस ब्रोञ्ज ब्राण्ड प्राप्त गरेको छ। योसँगै मध्य नेपाल साकोस एक्सेस ब्रोञ्ज २०२६ ब्राण्ड प्राप्त गर्ने नेपालको एक मात्र सहकारी संस्था बनेर ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।
मलेसियाको क्वालालम्पुरमा सम्पन्न ‘एशियन क्रेडिट युनियन फोरम-२०२६’को उद्घाटन समारोहमा अकूका अध्यक्ष डानुक्रित कालाम्पाकोर्नले मध्य नेपाल साकोसलाई उक्त ब्राण्ड प्रदान गर्नुभएको हो । साथमा अकूकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भी स्यानरोके पनि हुनुहुन्थ्यो । संस्थाका अध्यक्ष तुलमणी पौडेल तथा प्रमुख कार्यकारी अधिकृत नरभुपाल भुषालले संस्थाकातर्फबाट ब्राण्ड लिनुभएको थियो ।
यो उपलब्धि मध्य नेपाल साकोसको संस्थागत विकास यात्राको महत्वपूर्ण कोशेढुङ्गा भएको साकोसका अध्यक्ष तुलमणी पौडेलले बताउनुभयो । विशेषगरी एशियाली बचत तथा ऋण सहकारी अभियानमा संस्थागत क्षमता विकास, सुशासन, वित्तीय अनुशासन र सदस्यकेन्द्रित सेवाको प्रवर्द्धन गर्दै आएको एशियाली ऋण महासंघ (अकू) सँग सम्बन्धित एक्सेस प्रणालीअन्तर्गत मूल्याङ्कन भई प्राप्त भएको ब्राण्ड भएकाले यसको महत्व र गरिमा अझ बढेको उहाँले दाबी गर्नुभयो ।
एशियाली बचत तथा ऋण सहकारी अभियानसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्था अकूले बचत ऋण सहकारी (क्रेडिट युनियन) हरुको संस्थागत क्षमता विकास, व्यवस्थापन सुधार, वित्तीय सुदृढता, सुशासन तथा सदस्य सेवाको गुणस्तर अभिवृद्धिमा विभिन्न कार्यक्रम र व्यवस्थापकीय प्रणाली विकास गर्दै आएको छ।अकूको एक्सेस प्रणालीले संस्थाको वित्तीय अवस्था मात्र नभई सुशासन, सदस्य सेवा, जोखिम व्यवस्थापन, मानव संसाधन, व्यवसायिक सञ्चालन तथा समग्र संस्थागत क्षमतालाई निश्चित मापदण्डका आधारमा मूल्याङ्कन गर्ने आधार प्रदान गर्छ।
एक्सेस संस्थागत उत्कृष्टता, सुरक्षित तथा सुदृढ वित्तीय सञ्चालन र सदस्य सेवाको गुणस्तर अभिवृद्धिसँग सम्बन्धित प्रणाली हो। त्यसैले एक्सेस ब्रोञ्ज ब्राण्ड प्राप्त गर्नु कुनै एउटा वित्तीय सूचक वा कारोबारको आकारका आधारमा मात्र प्राप्त हुने उपलब्धि नभई संस्थाको समग्र नीति, प्रणाली, व्यवस्थापन, वित्तीय अनुशासन र कार्यसम्पादनसँग सम्बन्धित उपलब्धि भएको अध्यक्ष एवम् सामाजिक अगुवा तुलमणी पौडेलले प्रतिक्रिया व्यक्त गर्नुभयो ।
मध्य नेपाल साकोसले पछिल्लो समय संस्थागत सुधारलाई प्राथमिकतामा राख्दै आएको उहाँले बताउनुभयो । अध्यक्ष पौडेलले भन्नुभयो, कार्यालय व्यवस्थापन, सेवा प्रवाह, सफ्टवेयर प्रणाली, वेबसाइट तथा मोबाइल एप, मानव संसाधन व्यवस्थापन, आन्तरिक नियन्त्रण, ऋण जोखिम व्यवस्थापन तथा सेवा केन्द्रको कार्यसम्पादनलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको छ, प्रविधिको प्रयोगमार्फत सदस्यलाई सहज, छिटो, पारदर्शी र पहुँचयोग्य सेवा उपलब्ध गराउने दिशामा समेत संस्था अघि बढिरहेको छ।
एक्सेस मूल्याङ्कनको प्रक्रिया संस्थाका लागि आत्ममूल्याङ्कन, सिकाइ र सुधारको महत्वपूर्ण अवसर बनेको संस्थाको बुझाइ छ। मूल्याङ्कनका क्रममा संस्थाका विभिन्न नीति, प्रक्रिया, वित्तीय अवस्था, सुशासन, सदस्य सेवा, जोखिम व्यवस्थापन, मानव संसाधन तथा सञ्चालन प्रणालीलाई निर्धारित मापदण्डका आधारमा परीक्षण गरिएको थियो। यस प्रक्रियाले संस्थाका सबल पक्षलाई थप मजबुत बनाउन तथा सुधार गर्नुपर्ने क्षेत्र पहिचान गर्न सहयोग पुर्याएको अध्यक्ष पौडेलले बताउनुभयो ।
अध्यक्ष पौडेलले भन्नुभयो, संस्थाका लागि यो उपलब्धि एकैपटक गरिएको तयारीको परिणामभन्दा पनि विगतदेखि गर्दै आएको निरन्तर संस्थागत सुधारको प्रतिफल हो, सदस्यको बचत सुरक्षित राख्ने, आवश्यकतामा आधारित ऋण सेवा उपलब्ध गराउने, ऋण असुलीलाई व्यवस्थित बनाउने, जोखिम न्यूनीकरण गर्ने तथा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने कार्यलाई हामीले प्राथमिकतामा राख्दै आएको छ।
उहाँले विशेषगरी ऋण लगानी तथा असुली, ऋण जोखिमको निगरानी, कर्जा अभिलेख व्यवस्थापन, आन्तरिक नियन्त्रण, सेवा केन्द्रको कार्यसम्पादन र वित्तीय अनुशासनलाई थप प्रभावकारी बनाउन संस्थाले जोड दिएको बताउनुभयो । अध्यक्ष पौडेलले भन्नुभयो, साथै सदस्यसँगको सम्बन्धलाई बचत तथा ऋण कारोबारमा मात्र सीमित नराखी वित्तीय शिक्षा, सदस्य सशक्तीकरण, सामाजिक उत्तरदायित्व र प्रविधिमैत्री सेवासँग जोड्ने प्रयाससमेत हामीले गरेका छौं ।
उहाँले एक्सेस ब्रोञ्ज २०२६ प्राप्तिपछि संस्थासामु उपलब्धि कायम राख्ने र अझ उच्च संस्थागत उत्कृष्टता हासिल गर्ने जिम्मेवारी थपिएको बताउनुभयो । प्राप्त ब्राण्डलाई अन्तिम गन्तव्यका रूपमा नलिई सुशासन, वित्तीय अनुशासन, जोखिम व्यवस्थापन, सदस्य सन्तुष्टि, प्रविधिको प्रभावकारी प्रयोग तथा कर्मचारीको क्षमता विकासमा निरन्तर सुधार गर्नुपर्ने चुनौती संस्थासामु रहेको अध्यक्ष पौडेलले उल्लेख गर्नुभयो ।
मध्य नेपाल साकोसले यस उपलब्धिलाई सञ्चालक समिति वा व्यवस्थापनको मात्र नभई सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति, व्यवस्थापन, कर्मचारी, शेयर सदस्य तथा सम्पूर्ण सरोकारवालाको सामूहिक उपलब्धिका रूपमा लिएको उहाँको भनाइ छ। संस्थागत नीति तथा नेतृत्वसँगै कर्मचारीको कार्यसम्पादन र सदस्यको विश्वासले सहकारी संस्थाको गुणस्तर निर्धारण गर्ने भएकाले एक्सेस ब्राण्डको उपलब्धिमा सबै पक्षको योगदान रहेको अध्यक्ष पौडेलले बताउनुभयो ।
आगामी दिनमा संस्थाले सदस्यकेन्द्रित सेवा अझ प्रभावकारी बनाउने, संस्थागत तथा ऋण जोखिम न्यूनीकरण गर्ने, प्रविधिमैत्री सेवा विस्तार गर्ने, आन्तरिक नियन्त्रण तथा अनुगमन प्रणालीलाई थप सुदृढ बनाउने र कर्मचारीको क्षमता विकासमार्फत सहकारी क्षेत्रमा अनुकरणीय संस्था बन्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । अध्यक्ष पौडेलले भन्नुभयो, एक्सेस ब्रोञ्ज २०२६ लाई संस्थाले अन्तिम उपलब्धिभन्दा पनि अझ उच्च संस्थागत उत्कृष्टतातर्फ अघि बढ्ने आधारका रूपमा लिएका छौं ।
एक्ेसस ब्रोञ्ज ब्राण्ड २०२६ ब्राण्ड मध्य नेपाल साकोसको संस्थागत यात्रामा एउटा महत्वपूर्ण कोशेढुङ्गा भएको उहाँले बताउनुभयो । यसले संस्था वित्तीय कारोबार गर्ने सहकारीका रूपमा मात्र नभई व्यवस्थित व्यवस्थापन, वित्तीय अनुशासन, सदस्यकेन्द्रित सेवा, जोखिमसचेत कार्यप्रणाली र अन्तर्राष्ट्रिय अभ्याससँग जोडिएको साकोसका रूपमा अघि बढिरहेको सन्देश दिएको अध्यक्ष पौडेलेको प्रतिक्रिया छ ।
संस्थाले यस महत्वपूर्ण उपलब्धिका लागि सम्पूर्ण शेयर सदस्य, सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, उपसमिति, व्यवस्थापन, कर्मचारी, नियामक निकाय, सहकारी अभियानसँग सम्बन्धित संघसंस्था तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरेको उहाँले बताउनुभयो ।
एक्सेस ब्रोञ्ज २०२६ ब्राण्ड प्राप्त गर्ने नेपालको एक मात्र सहकारी संस्थाका रूपमा मध्य नेपाल साकोसले प्राप्त गरेको यो उपलब्धि संस्थाका लागि मात्र नभई नेपालको बचत तथा ऋण सहकारी अभियानका लागि समेत महत्वपूर्ण उपलब्धि, प्रेरणा र थप उत्कृष्टतातर्फ अघि बढ्ने आधार बनेको अध्यक्ष पौडेलले धिप्री डटकमलाई बताउनुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com