काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लि.नेपालले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीले पुर्याएको अपूरणीय मानवीय एवम् भौतिक क्षतिमा सक्दो सहयोग गर्न विश्वभरका सहकारीकर्मीहरुलाई अपिल गरेको छ । पानामाको पानामा शहरमा जारी अन्तर्राष्ट्रिय सहकारी सम्मेलन २०२६ (आईसीए कंग्रेस २०२६) को अवसरमा महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलले नेपालको सहकारी अभियानलाई अहिले विश्व सहकारी अभियानको साथ, समर्थन र ऐक्यबद्धता आवश्यक रहेको भन्दै खुलेर सहयोग गर्न आग्रह गर्नुभएको छ । सहकारी मूल्य, मान्यता र सिद्धान्तसँग जोडेर सहकारिताको मर्मलाई व्यवहारमा चरितार्थ गर्ने समय भएको भन्दै उहाँले विश्व सहकारी अभियानलाई नेपालको विपत्तिमा सहयोगी बन्न आग्रह गर्नुभयो ।
पोखरेलले धिप्री डटकमसँग भन्नुभयो, ‘विश्व सहकारी अभियानबाट प्रतिनिधित्व भएको विशाल आईसीए सम्मेलनमा मैले रसुवा बाढीले नेपाललाई (मूलतः प्रभावित जिल्लाका सहकारीहरुलाई) परेको प्रभावबारे धारणा राख्ने अवसर पाएँ । त्यो महत्वपूर्ण अवसर थियो, नेपालबारे बोल्ने र मैले सहयोगको अपिल गर्दा सहभागीहरुले उठेर एक अर्काले हात जोडेर माथि उठाउँदै गहिरो दुःखसहित ऐक्यबद्धता जनाउनुभयो ।’
उहाँले भन्नुभयो, ‘रसुवा बाढीबाट प्रभावित जिल्लाका सहकारीहरुलाई पुर्याएको क्षतिसम्बन्धमा हामीले तयार पारेको भिडियो सामाग्री पनि आज प्रस्तुत गर्यौं । र, त्यत्रो विशाल सभामा नेपालको सहकारी अभियानको तर्फबाट मैले पनि अपिलमार्फत उक्त घटनामा अन्तर्राष्ट्रिय सहकारी अभियानको सहयोगको लागि अपिल गरेँ । यसले रसुवा बाढीले नेपालको सहकारी अभियानलाई गरेको असरबारे अन्तर्राष्ट्रिय ऐक्यबद्धता प्राप्त भएको छ ।’ उहाँले मलेशिया, चीन, भारतको इफ्को लगायतका बाट आईसीएमार्फत सहयोगको प्रतिबद्धता व्यक्त भएको जानकारी गराउनुभयो ।
आईसीएले नेपालको लागि छुट्टै फन्ड क्रिएट गरेर सहयोग गर्ने पनि कुरा भएको पोखरेलले बताउनुभयो । उहाँले राम्रै सहयोग जुट्ने विश्वास व्यक्त गर्नुभयो । कार्यवाहक अध्यक्ष पोखरेलले भन्नुभयो, ‘यो वर्ष अर्थात् सन् २०२६ को अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम पनि शान्तिपूर्ण विश्वका लागि सहकारी भन्ने रहेकोले नेपालमा रसुवा बाढीले निम्त्याएको राष्ट्रिय विपद्को अशान्तिबाट शान्तिको यात्रा तय गर्न अन्तर्राष्ट्रिय सहकारी अभियानको साथ सहयोग आवश्यक भएको धारणा मैले राखेँ ।’
उहाँले नेपाललाई परेको दुःखमा उ एक्लै छैन, तिम्रो सहकारी परिवार तिमीसँगै छ भन्ने सन्देश अन्तर्राष्ट्रिय सहकारी अभियानले दिनुपर्ने समय हो भनेर अपिल गरेको भन्दै सबैले समर्थन र ऐक्यबद्धता जाहेर गर्दै सहयोगको प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com