काठमाडौं । एशियाली ऋण महासंघ (अकू) को ४५औँ साधारण सभाले सन् २०२६ देखि २०२८ सम्मका लागि नयाँ सञ्चालक समिति चयन गरेको छ ।
मलेसियाको क्वालालम्पुरमा आज सम्पन्न साधारण सभाले दक्षिण कोरियाका यङ–चुल कोचलाई अकूको अध्यक्षमा निर्वाचित गरेको छ । त्यस्तै, थाइल्यान्डका दानुक्रित कटाम्पाकोम प्रथम उपाध्यक्ष र नेपालकोतर्फबाट नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल द्वितीय उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । यसअघि उहाँ कोषाध्यक्ष हुनुहुन्थ्यो ।
नयाँ कार्यसमितिको सचिवमा फिलिपिन्सका रे डी. लाबासानो र कोषाध्यक्षमा ताइवानका लियो चुन फोङ निर्वाचित भएका छन् ।
त्यसैगरी, इन्डोनेसियाका डा. वारे साबोर डोमिनिकस प्रथम वैकल्पिक सञ्चालक र श्रीलंकाका एल. बी. देसनायके द्वितीय वैकल्पिक सञ्चालकमा निर्वाचित हुनुभएको छ ।
अकूको सञ्चालक समितिमा निर्वाचित कुनै सञ्चालकको पद विभिन्न कारणले रिक्त भएमा पहिलो प्राथमिकतामा रहेका वैकल्पिक सञ्चालक स्वतः सञ्चालक बन्ने प्रचलन रहेको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com