काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी अभियानबाट नेपालको रसुवा बाढीपिडितहरुलाई राम्रै सहयोगको प्रतिबद्धता प्राप्त भएको राष्ट्रिय सहकारी महासंघ नेपालले जनाएको छ । पानामामा जारी आईसीएको वार्षिक साधारणसभा २०२६ मा सहभागी राष्ट्रिय सहकारी महासंघ लि. नेपालका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले सहभागी मुलुकका सहकारी अभियानहरुबाट रसुवा जलप्रलयप्रति अत्यन्त दुःख व्यक्त गर्दै सहयोगको प्रतिबद्धता प्राप्त भएको धिप्री डटकमलाई जानकारी गराउनुभयो ।
‘आईसीएले नेपालको लागि छुट्टै फन्ड क्रिएट गरेर सहयोग गर्ने जनाएको छ, , कार्यवाहक अध्यक्ष पोखरेलले भन्नुभयो, ‘त्यसको औपचारिक घोषणा सम्भवत भोलि हुन्छ होला । त्यसबाहेक अनौपचारिक रुपमा पनि मलाई भारतको इफ्कोदेखि जापान, चीन, मलेशिया, फिलिपिन्स आदि मुलुकका सहकारी अभियानका जिम्मेवार व्यक्तिहरुले नेपालको भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले मच्चाएको वितण्डाप्रति दुःख व्यक्त गर्दै आफ्नो तर्फबाट सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसरी हेर्दा राम्रै सहयोग जुट्ने विश्वास छ ।’ खासगरी भारतको इफ्को र आईसीए एपीकातर्फबाट गहिरो दुःख व्यक्त गर्दै साथ सहयोगको वचन प्राप्त भएको उहाँले बताउनुभयो ।
भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका सहकारी अभियान प्रभावित बनेको छ । उक्त विनाशकारी बाढीका कारण केही सहकारीका सञ्चालक, दर्जनौं शेयर सदस्यको अवस्था अज्ञात छ । केहीको हताहतीको पनि खबर आएको छ । रसुवा, धादिङलगायत अन्य प्रभावित जिल्लामा सहकारी संस्था, शेयर सदस्य तथा उनीहरुलाई गरिएको ऋण लगानीमा समेत क्षति भएको छ । महासंघले क्षतिको विवरण संकलन भैरहेको जनाएको छ । प्राप्त जानकारी अनुसार नुवाकोटका १५ वटा सहकारी संस्थामा क्षति भएको छ भने रसुवामा ९ तथा धादिङमा २ वटा संस्थामाअसर गरेको छ । सहकारीको कार्यालय भवनसँगै सहकारीका महत्वपूर्ण कागजात, सदस्यको विवरण, बचत तथा ऋणसम्बन्धी अभिलेख र डेटा बाढीले बगाएको स्थानीय सहकारी अभियानकर्मीहरुले जानकारी गराएका छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com