Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
रसुवा बाढीपीडित

थोरै भएपनि सहयोग हुन्छ भन्दै काभ्रेको बिन्धवासिनी साकोसले गर्यो ६ लाख ११ हजार बढी योगदान

थोरै भएपनि सहयोग हुन्छ भन्दै काभ्रेको बिन्धवासिनी साकोसले गर्यो ६ लाख ११ हजार बढी योगदान

काठमाडौं । काभ्रेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीले गरेको अपूरणीय जनधनको क्षतिबाट मर्माहत भएको जनाउँदै घटनामा दिवंगत भएकाहरुप्रति श्रद्धार्पण गरेको छ ।

बेपत्ताहरुको खोजी तथा उद्धारमा तदारुकता, घाइतेहरुको शीघ्र उपचारसँगै राहत तथा पुनर्स्थापनामा पनि साकोसले सरकारको ध्यानाकर्षण गराएको छ । साथै, राष्ट्रिय विपत्तिको यो घडीमा सहकारीको मर्म र मानवीय भावलाई समेत विचार गरेर छ लाख ११ हजार ५ सय ६० रुपैया राहत सहयोग प्रदान गरेको छ ।

रसुवा बाढीबाट सिर्जित परिस्थितिकाबीच उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले बिन्दवासिनी साकोसले सरकारको आग्रह र परिस्थितिको संवेदनशीलतालाई ध्यानमा राखी सहयोग गरेको हो । बिन्धबासिनी साकोसले कुल ६१ हजार एक सय ५६ जना शेयर सदस्यको आधारमा प्रति सदस्य १० रुपैयाँका दरले हुन आउने रकम, आफ्ना कर्मचारीहरुको एक दिन बराबरको पारिश्रमिक, समिति उपसमितिको बैठक भत्ता र नपुग रकम संस्थाले खर्च गर्ने गरी आज मिति २०८३ भदौ १८ गते प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरेको जनाएको छ ।

विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्नु संस्थाको सामाजिक उत्तरदायित्व एवम् मानवीय धर्म भएको संस्थाले जनाएको छ।

यसैगरी, बिन्दवासिनी साकोसले विपद्को कठिन समयमा पीडित नागरिकको साथमा उभिँदै सहकारी संस्थाहरूले वित्तीय कारोबार र सदस्य सेवासँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवामा समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने सन्देश प्रवाह गरेको छ । बिन्दवासिनी साकोसले यस दुःखद् र कठिन घडीमा आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत कोषमा सहयोग गर्न सबैमा हार्दिक अनुरोध समेत गरेको छ ।

792225936_39214253684857002_340780819004779566_n.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार