Sep 18 2026 | २०८३, असोज २ गते

Sep 18 2026 | २०८३, असोज २ गते

Follow us

'सहकारीका कर्मचारी केवल जागिरे होइनन्, समाजका जिम्मेवार अवैतनिक दूत हुन्'

'सहकारीका कर्मचारी केवल जागिरे होइनन्, समाजका जिम्मेवार अवैतनिक दूत हुन्'

सहकारी क्षेत्र धेरथोर जानेबुझेकाहरुलाई काभ्रेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाबारे अब चिनाइरहनु पर्दैन । कारोबारसँगै कामको आधारमा पनि प्रतिष्ठा कमाएको सहकारी संस्था हो विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था । मुलुकका केही अग्रणी सहकारीको नाम लिनुपर्दा नछुट्ने नाम हो विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. जो बिन्धवासिनी साकोसका रुपमा मूलतः सहकारीवृत्तमा स्थापित छ ।

एउटा संस्थाको कुरा आउँदा, त्यसमा संलग्न सञ्चालक समिति र व्यवस्थापनको मुख्यतः 'फस्टम्यानहरु' (अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत,लैंगिक सचेतनालाई सम्मान गर्दै प्रचलित शब्दावली प्रयोग गरिएको ) को भूमिका र योगदानको चर्चा बढी हुन्छ । त्यसो हुनु अस्वाभाविक पनि होइन । तर, बुझ्नुपर्ने के हो भने, सहकारी संस्थालाई सदस्य, समुदाय र सरोकारवालापयोगी बनाउने र उनीहरुमाँझ चिनाउने काममा 'फस्टम्यान'सँगै 'सेकेण्डम्यान' को पनि उत्तिकै शक्तिशाली योगदान हुन्छ । संस्थामा जिम्मेवार प्राप्त सबै स्वयंसेवी तथा वैतनिक व्यक्तिहरुको आ–आफ्नो उत्तरदायित्व र जवाफदेहिता पनि त्यत्तिकै कदरयोग्य हुन्छ । त्यसमाथि, सामूहिकताको शक्तिलाई स्वीकार्ने सहकारीका लागि कुनै एक व्यक्ति जस वा अपसजको भागी हुनुहुँदैन । 

तर, जहाँसम्म मिडियाको कुरा आउँछ, धेरै मिडिया तीनै फस्टम्यानहरुको वरिपरि मात्र घुम्छन् । मिडियामा उनीहरुकै बढी चर्चा हुन्छ, स्टोरी बन्छ, ‘कोट’हरु प्रयोग हुन्छ, तस्बिर र तथ्यहरु बारम्बार प्रकाशित प्रसारित हुन्छन् । यतिभन्दै गर्दा यो पनि भुल्न हुँदैन कि कतिपय अवस्थामा पोर्टफोलियो प्रधान बन्छ । बन्नुपनि पर्छ । र, ‘प्रेस प्रोजेक्सन’ पनि त्यस्तै हिसाबले पाइन्छ । तर, हरेक सहकारीकर्मीको स्टोरी हुन्छ, बन्छ र बन्नुपर्दछ । आवाजबिहिन वा कम सुनिएकाहरुको स्टोरी बढी रोमाञ्चक पनि हुन्छ ।

सिईओको 'सक्सेर' भएपनि मिडियामा धेरैजसो अवस्थामा स्याडोमा पर्ने गर्दछन् व्यवस्थापनका सेकेन्डम्यानहरु । सहकारी क्षेत्रमा कतिपय अवस्थामा त 'सेकेन्डम्यान'हरु सिईओको 'यसम्यान' बन्छन्, सिईओको अग्लो छायाँमा परेर छेकिन्छन्, देखिदैनन् । 'वेभलेन्थ' नमिलेर साइड लागेका उदाहरणहरु पनि छन् । तर, सेकेन्डम्यानहरु सुनिनुपर्छ भनेर धिप्री मिडियाले सामूहिकताको बलमा समुदायमा स्थापित सहकारी संस्थाको सञ्चालक तथा व्यवस्थापनका विभिन्न पोर्टफोलियोमा रहेर काम गर्नेहरुको जिम्मेवारी, योगदान, गुनासा, सुझाव र सल्लाहरुलाई उचित स्थान दिने प्रयास आफ्नो थालनी देखिनै गर्दै आएको छ । यसै क्रममा आज हामी बिन्धवासिनी साकोसको व्यवस्थापनमा बसेर शिर उचो गरी संस्थालाई जहाँकहीँ प्रतिनिधित्व गर्न सक्ने सुविधासम्पन्न सार्वजनिक छविसहितको सिईओ बनाउन साथ दिने 'सेकेन्डम्यान'को स्टोरी पस्केका छौं । उहाँ हुनुहुन्छ, विन्धवासिनाी साकोसका नायब प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरे । 

२०६६ साल जेठ १ गते धुलिखेलको अर्थभूमि साकोसमा व्यवस्थापक बनेर उहाँ यो क्षेत्रमा होमिनुभएको थियो । ६ वर्षपछि, बिन्दवासिनी प्रवेश गर्नुभयो २०७२ भदौ १६ गते । घिमिरे कार्यालय व्यवस्थापक (अधिकृत) का रुपमा बिन्धवासिनी साकोस प्रवेश गर्नुभयो । डेढ दशक भन्दा बढी सहकारी क्षेत्रको व्यवस्थापन अनुभवी ४२ वर्षीय घिमिरेले व्यवस्थापन र शिक्षा शास्त्रमा स्नातकोत्तर पूरा गर्नुभएको छ । सहकारी व्यवस्थापन, नेतृत्वसम्बन्धी तालिम तथा शिक्षाका अनेकन कार्यक्रमदेखि अभियानका महत्वपूर्ण गोष्ठी सेमिनारहरुमा सहभागी जनाइ घिमिरेले जिम्मेवारीसँग जोडिएका विषयमा प्राविधिक सक्षमता अभिवृद्धिमार्फत निखार ल्याउनुभएको छ । एउटा कुशल सहकारी व्यवस्थापकका लागि आवश्यक सबै किसिमका तालिमहरु उहाँले लिइसक्नुभएको छ । त्यसैले त उहाँको तालिम गोष्ठीको सहभागिताको सूची निकै लामो पनि छ । 

कार्यालय व्यवस्थापक अनि विभागीय प्रमुख हुँदै २०७८ मंसिर १ गतेदेखि हालको पदमा कार्यरत घिमिरेसँगको सान्दर्भिक, रोचक र पठनीय अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ:

किन र कसरी सहकारीमा प्रवेश गर्नुभयो ?
म शिक्षण एवं प्राध्यापन पेशामा आवद्ध थिएँ र आफ्नो पेशागत कार्यले धेरै व्यक्तिहरुबीचमा परिचित हुने सुअवसर प्राप्त गरेको थिएँ । आफू व्यवस्थापनको विद्यार्थी भएको कारणले गर्दा शिक्षण पेशाभन्दा वित्तीय क्षेत्रमा कार्य गर्ने योजना बनाएर केही बैंक तथा वित्तीय संस्थामा आफ्नो व्यक्तिगत विवरण छोडेको थिएँ त्यसै सिलसिलामा एकजना बैंकरले सहकारीका लागि व्यवस्थापक आवश्यक परेको र त्यहाँ कार्य गर्नु उपयुक्त हुने सुझाब र आफ्नो वित्तीय क्षेत्रमा प्रवेश गर्ने हुटहुटीले गर्दा म सहकारी क्षेत्रमा प्रवेश गरें ।

अहिलको जिम्मेवारी अनुसार तपाईंले गर्नुपर्ने मुख्य कामहरु के के होलान् ?
पेशागत जिम्मेवारी संस्थाको आवश्यकता, व्यक्तिगत क्षमता र काम गर्ने इक्षाशक्तिमा भर पर्दछ जस्तो लाग्छ मलाई । मैले संस्थामा रहेर आन्तरिक प्रशासन, लेखा प्रशासन, शिक्षा तालिम तथा प्रबद्र्धन, मानब संशाधन व्यवस्थापन, संस्थागत नीति निर्माण तथा अध्यावधिक, विभिन्न कार्यक्रम व्यवस्थापन एवं सञ्चालन लगायतका कार्यहरु गर्दै आइरहको छु ।

तपाईंको विचारमा सहकारी के हो ? र, यो के होइन ?
सहकारी समाजवाद उन्मुख अर्थव्यवस्थाको मेरुदण्ड हो । यसले समाजमा रोजगारी सिर्जना गर्नुका साथै आर्थिक शसक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्दछ । सहकारी अर्थ सामाजिक व्यवसाय भएको हुनाले आर्थिक लाभ मात्र प्राप्त गर्ने गरी सञ्चालन गरिने व्यवसाय होइन ।

म गाउँबाट एसएलसी पछि बिज्ञान विषय पढेर शिक्षक बन्ने सपना देखेर शहर छिरेको मान्छे हुँ । लामो समय शिक्षण र प्राध्यापन गरेँ । परिवारका अधिकांश सदस्य सरकारी सेवामा हुनुहुन्छ । विकल्पहरु धेरै छन् । अवसर हिजो पनि थिए र आज पनि आइरहेकै छन् । तर, आफूलाई निखार्न र जग बलियो बनाउन धैर्यता चाहिन्छ, त्यसैले मैले वित्तीय क्षेत्रमा पाइला टेकेको सहकारी क्षेत्रलाई निरन्तरता दिइरहेको छु । मलाई जुन अवसर आएका थिए त्यसमै जम्प गर्दै गएको भए सायद कार्य गरेका संस्था नै दर्जन पुगिसक्थे होलान् । मेरो सहकारी क्षेत्रमा काम गरेको यो तेस्रो संस्था हो र यसमा करिव ११ वर्ष व्यतित गरिसकेको छु । आजका दिनमा समानान्तर अवसरले खासै आकर्षित गर्छजस्तो लाग्दैन ।

यतिका वर्ष सहकारीमा काम गर्दा तपाईंले बुझ्न नसकेको कुरा के हो ? अर्थात् सहकारी बुझाइमा राज्य, सदस्य वा सञ्चालकहरुको अनदेखाको विषय जुन आफूलाई उदेक लाग्छ ?
सहकारी क्षेत्रमा जति काम गर्दै गयो त्यति बुझ्न कठिन भएजस्तो महसुस हुन्छ कतिपय अवस्थामा । राज्यले सहकारीप्रति हेर्ने दृष्टिकोणका साथै कानूनी एवं नीतिगत अस्पष्टताका कारणले हुने झण्झट, कानून निर्माणमा राज्यको आवश्यकता भन्दा बढी शक्ति समुहको स्वार्थको खिचातानी, कतिपय संस्थाका सञ्चालक, कर्मचारी र सदस्यहरुबाट भएका गलत व्यवहार तथा गतिविधिले गर्दा कुनै समयमा सहकारीको कर्मचारी भनेर हिड्न समेत असहज भएको, बैंक तथा वित्तीय संस्थालाई अत्यावश्यक सेवा प्रदायक भनेर राज्यले पहिचान गर्दा वित्तीय कारोबार गर्ने सहकारी संस्थालाई अत्यावश्यक सेवा प्रदायकका रुपमा स्वीकार गर्न नसकेको, सहकारीले समाजमा गर्विलो छाप छोड्न नसक्दा सहकारीकर्मी प्रति समाज सकारात्मक हुन नसकेको लगायतका विषयले बेलाबेलामा मन कुडिन्छ ।

सहकारीमार्फत हामीले के गर्न सकिन्छ ? वा के कस्ता परिवर्तन ल्याउन सकिन्छ सदस्य र समुदायको जीवनमा ?
नेपालजस्तो औद्योगिक अवसर नभएको साथै औपचारिक रोजगारीको सम्भावना न्यून भएको देशमा राज्यले अघि सारेको ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माणको यात्रामा एकमात्र सारथी सहकारी हुन सक्दछ । सहकारीले अहिलेपनि राज्यले गर्न नसकेका धेरै काम गरिरहेको छ । रोजगारी सिर्जनादेखि सामाजिक सुरक्षाका कार्यक्रममा सहकारीले गरेको योगदान आजको दिनमा पनि उल्लेखनीय छ । पूर्वको सहारा नेपाल, पश्चिमको नवजीवन होस् वा बिन्धवासिनी, विकू, सिवाइसी, जनउत्थान लगायतका संस्थाले गरेका कार्यले समुदायमा आएको परिवर्तनका साथै सदस्यको शिक्षा, स्वास्थ्य र रोजगारीको पहुँच नै जीवन रुपान्तरणका सूचक हुन जस्तो लाग्छ मलाई ।

सहकारी बाहेकका विकल्पहरु पनि थिए होलान नि तपाईँका लागि ? अन्यत्र अफरहरु आए होलान किन जानुभएन ?
म गाउँबाट एसएलसी पछि बिज्ञान विषय पढेर शिक्षक बन्ने सपना देखेर शहर छिरेको मान्छे हुँ । लामो समय शिक्षण र प्राध्यापन गरेँ । परिवारका अधिकांश सदस्य सरकारी सेवामा हुनुहुन्छ । विकल्पहरु धेरै छन् । अवसर हिजो पनि थिए र आज पनि आइरहेकै छन् । तर, आफूलाई निखार्न र जग बलियो बनाउन धैर्यता चाहिन्छ, त्यसैले मैले वित्तीय क्षेत्रमा पाइला टेकेको सहकारी क्षेत्रलाई निरन्तरता दिइरहेको छु । मलाई जुन अवसर आएका थिए त्यसमै जम्प गर्दै गएको भए सायद कार्य गरेका संस्था नै दर्जन पुगिसक्थे होलान् । मेरो सहकारी क्षेत्रमा काम गरेको यो तेस्रो संस्था हो र यसमा करिव ११ वर्ष व्यतित गरिसकेको छु । आजका दिनमा समानान्तर अवसरले खासै आकर्षित गर्छजस्तो लाग्दैन ।

सहकारी संस्थामा काम गर्ने कर्मचारीले आफ्नो कामको मात्र नभइ समाजको समेत जिम्मेवारी बहन गर्नुपर्नेहुन्छ । त्यसैले कर्मचारीलाई जागिरे मनोवृत्तिबाट माथि उठेर समाजको जिम्मेवार अवैतनिक दुतको रुपमा कार्य गर्न संस्था, सदस्य र समाजको अन्तरसम्बन्धका बारेमा उचित ज्ञान प्रदान गर्नुका साथै त्यस्ता कार्य गर्न उत्प्रेरित गर्न बेलाबेलामा तालिम गोष्ठिमा सहभागी गराउने, सामाजिक अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्ने, आफू सहभागी भएर अन्य कर्मचारीलाई क्षमता प्रस्फूटन गर्नेगरी एक्स्पोजरको अवसर प्रदान गर्ने, इनहाउस तालिम सञ्चालन गर्ने लगायतका कार्य नियमित रुपमा सञ्चालन हुन्छ ।

बिन्धबासिनी सहकारीमा काम गर्ने वातावरण कस्तो छ ? तपाईंको कार्यालयमा कुल कति कर्मचारीहरु कति हुनुहुन्छ ? कति पुरुष कति महिला ?
काम गर्ने वातावरण सौहार्दपूर्ण छ, सञ्चालक समिति र व्यवस्थापनको भूमिका स्पष्ट किटान गरीनुका साथै व्यवस्थापनको जिम्मेवारी र जवाफदेहिता तोकिएको हुनाले तोकिएको जिम्मेवारी सम्हाल्न कुनै प्रकारको हस्तक्षेपकारी भूमिका शून्य छ । कर्मचारीबीचमा अधिकारको दोहोरोपना छैन, चेन अफ कमाण्डको स्पष्ट व्यवस्थाका साथै आचार संहिता निर्माण र कार्यान्वयनले कार्य वातावरणलाई सुमधुर बनाएको छ । हाल संस्थामा ५८ जना पुरुष र ४२ जना महिला गरी १०० जना कर्मचारी कार्यरत छौं ।

सहकारीमा सबै कर्मचारीलाई अवसरको समानुपातिक बाँडफाँड हुँदैन भनिन्छ ? बिन्दवासिनी साकोसमा के कस्तो छ ? धेरै अवसर पुरुषहरुले र त्यसमा पनि सिनियर पदमा भएकाहरुले उपयोग गर्छन् भनिन्छ ? के सही हो ?
मलाई त्यस्तो लाग्दैन, संस्थाले वृत्ति विकासका अवसरमा कुनै भेदभाव गरेको छैन रह्यो कुरा पदिय जिम्मेवारी अनुसारको अवसर त्यस्ता अवसर समेत सोही जिम्मेवारी अनुसार नै बाँडफाँड भइ रहेकै छ । 

कर्मचारीहरुलाई संस्था, सदस्य र समुदायप्रति जिम्मेवार बनाउन तथा उत्प्रेरित गरिरहन के कस्ता कार्यक्रमहरु गर्नुहुन्छ ?

सहकारी संस्थामा काम गर्ने कर्मचारीले आफ्नो कामको मात्र नभइ समाजको समेत जिम्मेवारी वहन गर्नुपर्नेहुन्छ । त्यसैले कर्मचारीलाई जागिरे मनोवृत्तिबाट माथि उठेर समाजको जिम्मेवार अवैतनिक दूतको रुपमा कार्य गर्न संस्था, सदस्य र समाजको अन्तरसम्बन्धका बारेमा उचित ज्ञान प्रदान गर्नुका साथै त्यस्ता कार्य गर्न उत्प्रेरित गर्न बिन्धवासिनी साकोसले बेलाबेलामा तालिम गोष्ठीमा सहभागी गराउने, सामाजिक अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्ने, आफू सहभागी भएर अन्य कर्मचारीलाई क्षमता प्रस्फूटन गर्ने गरी एक्स्पोजरको अवसर प्रदान गर्ने, इनहाउस तालिम सञ्चालन गर्ने लगायतका कार्य नियमित रुपमा सञ्चालन गर्दछ ।

सहकारी क्षेत्रमा प्राप्त जिम्मेवारीलाई निष्ठापूर्वक निर्वाह गर्न मुख्यतया सहयोगी, सहृदयी, मृदुभाषी जस्तो मानवीय गुण आवश्यक पर्दछन् । त्यससँगै जिम्मेवारी र जवादेहिता, इमानदारिता, एकाग्रता, कल्पनाशिल, निर्णय क्षमता, समन्वयात्मक क्षमता, समय व्यवस्थापन, प्रस्तुतिकरण सिप, चातुर्यता, विश्लेषणात्मक क्षमता, प्राविधिक ज्ञान लगायतका पेशागत  गुण आवश्यक पर्दछन् । यी दुईको उचित सम्मिश्रणबाट नै जिम्मेवारीहरुको न्यायपूर्ण एवम् विवेकपूर्ण निरुपणमा सफलता मिल्छ भन्ने लाग्छ ।

सहकारीमा सेकेन्डम्यान भएर काम गर्दाका रमाइला र चुनौतीहरु के छन् ?
सहकारीको सेकेण्डम्यान नदीको दुई किनारा जोड्ने पुलजस्तै हो । जहाँ खम्बाको आडमा लठ्ठाको सहायताले पुल अडिन्छ र करोर्डौ यात्रुलाई वारपार गर्न मद्दत गर्छ । मलाई सहकारीको सेकेण्डम्यान त्यही पुलजस्तो लाग्छ र मेरो माध्यमबाट अरुको भलाइ हुँदा खुशी लाग्छ तर निर्णय गर्नुपर्ने जिम्मेवारीमा रहेको व्यक्तिले कहिलेकाही संस्थाको हितलाई सर्वोपरि हुनेगरी निर्णय नगर्दा व्यक्तिलाई अप्ठ्यारो पर्नसक्छ । सहकारीक्षेत्र नै चुनौतीको चाङमाथि अडिएको सुवर्ण कलश जस्तै हो जहाँबाट एउटा मात्र पत्थर निकाल्दा समते कलश लड्न सक्छ र जल पोखिन्छ, हो त्यसकै रक्षाका लागि परिचालित फष्टम्यानको प्रमुख सारथी बन्नुपर्ने हुनाले सहकारीको सेकेण्डम्यानको कार्य चुनौतीमुक्त छैन ।

तपाईँ किन लो प्रोफाइलमा बसेर काम गर्न रुचाउनुहुन्छ ? जिम्मेवारी ठूलो र महत्वपूर्ण भएपनि तपाईं त्यति प्रचारमुखी हुनुहुन्न, अन्तर्मुखी स्वभाव हो तपाईंको ?
हैन, म आफू अन्तर्मुखी छु जस्तो त लाग्दैन, तर आफूले आफैलाई प्रचारात्मक रुपमा अघि सार्न चै रुचि लाग्दैन । रह्यो कुरा प्रोफाइलको म मेरो जिम्मेवारी र भूमिका प्रति निष्ठावान भएर कार्य गरिरहन्छु र त्यही कार्यले कुनैदिन प्रोफाइल आफैं बनाउँछ भन्ने कुरामा विश्वस्त छु ।

सहकारीमा प्राप्त जिम्मेवारीलाई निष्ठापूर्वक निर्वाह गर्न के कस्ता मानवीय र व्यावसायिक गुणहरु आवश्यक पर्दछ ?
सहकारी क्षेत्रमा प्राप्त जिम्मेवारीलाई निष्ठापूर्वक निर्वाह गर्न मुख्यतया सहयोगी, सहृदयी, मृदुभाषी जस्तो मानवीय गुण आवश्यक पर्दछन् । त्यससँगै जिम्मेवारी र जवादेहिता, इमानदारिता, एकाग्रता, कल्पनाशिल, निर्णय क्षमता, समन्वयात्मक क्षमता, समय व्यवस्थापन, प्रस्तुतिकरण सिप, चातुर्यता, विश्लेषणात्मक क्षमता, प्राविधिक ज्ञान लगायतका पेशागत  गुण आवश्यक पर्दछन् । यी दुईको उचित सम्मिश्रणबाट नै जिम्मेवारीहरुको न्यायपूर्ण एवम् विवेकपूर्ण निरुपणमा सफलता मिल्छ भन्ने लाग्छ ।

आफ्ना सबल पक्ष र कमजोरी के के हुन् जस्तो लाग्छ स्वमूल्याङ्कनमा ?
म स्वप्रशंसा भन्दा पनि अरुले गरेको टिप्पणीबाट खुशी हुने व्यक्ति भएको हुनाले सवल पक्षको खोजी गर्ने जिम्मा तपाईहरुलाई दिएँ । आफूले आफैंलाई हेर्दा म अलि रुखो स्वभावको छु, छिट्टै अरुलाई छिट्टै विश्वास गर्दा धेरै ठाउँमा धोका खाएको छु, स्पष्ट र सिधा जवाफ दिने स्वभावले गर्दा मानिसहरु म बाट टाढिएका अनुभव सँगालेको छु । 

सहकारीमा देखिएका समस्या र समाधान  
पछिल्लो समय सहकारीमा समस्याहरु आइरहँदा, बचतकर्ताहरु सडकमा आइरहँदा, सहकारीमा सुशासन नभएको देख्दासुन्दा के लाग्छ ? किन काम गरिएछ सहकारीमा भन्ने त लाग्या छैन ?
कार्यक्षेत्र प्रतिको नकारात्मक टिप्पणीले मानिसलाई कतिपय अवस्थामा हतोत्साही बनाउन सक्छ र त्यसबाट सबै मानिस कुनै न कुनै रुपमा प्रभावित हुनु सामान्य कुरा हो । मेरो व्यक्तिगत सवालमा भन्ने हो भने धेरै पटक आफन्त र साथीहरुले फलानो ठाउँमा जाँदा सहकारीको परिचयपत्र लगाएर नजानुहोला भन्ने सम्मको अभिव्यक्ति आएका थिए तर मलाई यो क्षेत्रको मोहले छोडेन र म कुनै पनि दिन यस क्षेत्रप्रति निराश भइन, देशकै लागि गर्विलो सहकारी क्षेत्रको मर्म बुझ्न र बुझाउन नसक्दा र नीहित स्वार्थमा सहकारीलाई व्यापारीकरण गर्नाले अहिलेको आम गुनासो र समस्या देखिएका हुन् ।

एउटा सहकारी संस्था सफल वा असफल हुने भनेकै व्यवस्थापन, सञ्चालक र सदस्यको भूमिकाले निर्धारण गर्दछ । यी तीन पक्षको सम्बन्ध एउटा ओदानको खुट्टाजस्तै हुन्छ, जहाँ एउटा खुट्टाको अभावमा ओदान लड्दछ, त्यसैगरी सहकारी संस्थाका सञ्चालकको नेतृत्व कमजोर भयो या त व्यवस्थापनको इमान्दारिता र कार्यकौशलतामा क्षयिकरण भयो भने या सदस्यमा विश्वासको संकट उत्पन्न भयोभने जतिसुकै सफल संस्थापनि जुनसुकै बेला समस्यामा पर्न सक्छ । त्यसैले सदस्यको विश्वास र इमान्दारिता, सञ्चालको सुझबुझपूर्ण निर्णय र आदर्शवान नेतृत्वका साथै कर्मचारीको असल आचरण र कार्यशैलिलाई समन्वयात्मक रुपमा अगाडि बढाउन सकेमा सहकारी संस्थाले सफलताको शिखर चुम्न सक्छ ।

सहकारीमा देखिएका मुलभूत समस्याहरु समाधान गर्न तपाईंको सुझाव ? यतिका वर्षको अनुभवले के भन्छ ?
फरक फरक सहकारीमा देखिएका समस्यालाई केलाउँदा समस्याको उत्पत्तिको केन्द्र र त्यसको प्रभाव फरक फरक देखिन्छ । मुलभुत रुपमा सहकारीमा देखिएका समस्याको समाधानका लागि देहायका कार्यहरु गर्न सकिन्छ:
कानूनको दोहोरोपनाको समाधानका लागि उपयुक्त र माटो सुहाउँदो कानूनी व्यवस्था गरी सहकारीलाई कार्यक्षेत्र, कार्यप्रकृति र कारोबारका आधारमा वर्गीकरण गर्ने,
वित्तीय कारोबार गर्ने सहकारी संस्थाको नियमन कार्यलाई निष्पक्ष, पारदर्शी र प्रभावकारी बनाई निश्चित समयसम्म एगलष्तष्खभ भन्दा अयचचभअतष्खभ नियमन गर्ने,
सहकारीका अन्तराष्ट्रिय सिद्धान्तको पूर्ण पालनाका लागि राज्यस्तरबाट प्रभावकारी शिक्षा प्रणालीको विकास गरी कार्यान्वयन गर्ने,
संस्थागत सुशासन कायम गर्न राजनैतिक हस्तक्षेपबाट सहकारीलाई अलग राख्ने,
प्रभावकारी अनुगमनका लागि नियामक निकायको क्षमता बृद्धि गर्नुका साथै सहकारी संस्थाको संख्यात्मक चापलाई व्यवस्थापन गर्न एकिकरण वा समायोजनलाई राज्यस्तरबाट प्रोत्साहित गर्ने,
सहकारीको दिगो सञ्चालनका लागि दक्ष जनशक्ति उत्पादन गर्न पिपिपि मोडेलमा कार्यक्रम सञ्चालन गरी उस्ता कार्यक्रमबाट उत्पादित जनशक्तिलाई निश्चित अवधिसम्मका लागि बण्डिङ मार्फत कार्य गराउने,
सफल सहकारी निर्माणका लागि योग्य र दक्ष जनशक्ति व्यवस्थापन गर्न न्यूनतम योग्यता र सिप निधारण गरी जनशक्ति इन्जेक्ट गर्ने व्यवस्था मिलाउने,
ऋण लगानी तथा असुली कार्यलाई प्रभावकारी बनाउन क्षमताका आधारित ऋण लगानी प्रकृयालाई अवलम्बन गर्ने,
संस्थागत सुशासन र पारदर्शिता नै सवल संस्थाको पहिचान हुने हुनाले नेतृत्वले निर्णय गर्दा संस्थालाई सर्वोपरी मनेर निर्णय गर्ने लगायतका अन्य धेरै कार्य गर्न सकिन्छ ।

एउटा राम्रो सहकारी सञ्चालन गर्न सञ्चालक, सदस्य र व्यवस्थापनको भूमिकाहरु के हुनुपर्छ ? 
एउटा सहकारी संस्था सफल वा असफल हुने भनेकै व्यवस्थापन, सञ्चालक र सदस्यको भूमिकाले निर्धारण गर्दछ । यी तीन पक्षको सम्बन्ध एउटा ओदानको खुट्टाजस्तै हुन्छ, जहाँ एउटा खुट्टाको अभावमा ओदान लड्दछ, त्यसैगरी सहकारी संस्थाका सञ्चालकको नेतृत्व कमजोर भयो या त व्यवस्थापनको इमान्दारिता र कार्यकौशलतामा क्षयिकरण भयो भने या सदस्यमा विश्वासको संकट उत्पन्न भयोभने जतिसुकै सफल संस्थापनि जुनसुकै बेला समस्यामा पर्न सक्छ । त्यसैले सदस्यको विश्वास र इमान्दारिता, सञ्चालको सुझबुझपूर्ण निर्णय र आदर्शवान नेतृत्वका साथै कर्मचारीको असल आचरण र कार्यशैलिलाई समन्वयात्मक रुपमा अगाडि बढाउन सकेमा सहकारी संस्थाले सफलताको शिखर चुम्न सक्छ ।

सहकारीप्रति विश्वास बढाउन, साँच्चिकै सहकारी हाम्रो देश, समाज र समुदायका लागि आवश्यक छ, सहकारीहरु विश्वासिला छन् परेको बेला सहयोग गर्छन् भन्ने बनाउन सकिन्छ भन्ने लाग्छ तपाईंलाई ?
नेपालजस्तो सामाजिक सहिष्णुता र एकतामा रहेको देशमा अनौपचारिक सहकारीता परम्परादेखि नै चलि आएको छ । आधुनिक सहकारीको सिद्धान्तले पनि पारस्पारिक हित र सहयोगलाई प्रश्रय दिएको सन्दर्भमा नेपाल र नेपालीको जनजिविकाका सवालमा होस वा समाजको सकारात्मक रुपान्तरणमा होस सहकारी एउटा सारथी बन्न सक्छ र यसलाई समाजमा जन्मदेखि मृत्यू पर्यन्तको समाजको आवश्यकता परिपूर्ति गर्ने माध्यम बनाउन सकिन्छ । 

त्यस्तो अविष्मरणिय किस्सा त खासै छैन एकपटक एक जना सदस्यले रोजगरीको सन्दर्भमा भन्नुभएको कुराले चाहि कहिलेकाहीं मष्तिष्कमा मथिंगल मच्चाउँछ । म विभागीय प्रमुख रहेको समयमा रोजगारीको पारिश्रमिक र कृषि व्यवसायको आयको सन्दर्भमा मलाई सदस्यले भन्नुभएको थियो तपाईको एकवर्षको तलब बराबर मैले तीन महिनामा टमाटर बेचेर मुनाफा कमाउँछु । सायद रोजगरी र व्यवसायको भेद नै यहि होला कि जस्तो लाग्छ आजकाल पनि ।

सहकारीले तपाईंलाई के सिकायो ? 
सहकारी र मेरो कार्यले मलाई जीवन केहो भन्ने सिकाएको छ । मान्छेले जीवन सिकेपछि समाज सिक्छ र समाज सिकेपछि देश सिक्छ, मैले जीवनका केही हिस्सा सिकेको छु र अहिले समाजलाई सहकारीमार्फत बुझ्ने प्रयास गर्दैछु ।

बिन्धबासिनीका सदस्यहरुमध्ये कतिलाई तपाईं व्यक्तिगत रुपमै चिन्नुहुन्छ ?
हाम्रो संस्थात.गत परिवार ठुलो भएका कारण सबैलाई व्यक्तिगत रुपमा चिन्न सकिँदैन तथापि हजारौं सदस्यलाई म व्यक्तिगत रुपमा नै चिन्दछु जस्तो लाग्छ ।

WhatsApp Image 2026-09-16 at 11.30.51 (5).jpeg
संस्थाका सदस्यहरुलाई प्रशिक्षित गर्दै घिमिरे

सदस्यहरुसँग घुलमिल हुँदा प्राप्त अविष्मरणीय अनुभव वा रमाइला किस्साहरु केही छन् ? 
त्यस्तो अविष्मरणीय किस्सा त खासै छैन एकपटक एक जना सदस्यले रोजगरीको सन्दर्भमा भन्नुभएको कुराले चाहि कहिलेकाहीं मष्तिष्कमा मथिंगल मच्चाउँछ । म विभागीय प्रमुख रहेको समयमा रोजगारीको पारिश्रमिक र कृषि व्यवसायको आयको सन्दर्भमा मलाई सदस्यले भन्नुभएको थियो तपाईको एकवर्षको तलब बराबर मैले तीन महिनामा टमाटर बेचेर मुनाफा कमाउँछु । सायद रोजगरी र व्यवसायको भेद नै यहि होला कि जस्तो लाग्छ आजकाल पनि ।

सहकारी छोडेर अन्यत्र जानुहुन्छ कि हुन्न ? र, बिन्धबासिनीमा काम गर्ने कर्मचारीहरुका लागि रोजगारीको सुनिश्चितता, कार्यसम्पादनको सही मूल्याङ्कन, जिम्मेवारी र अवसरको उचित बाँडफाँड, राम्रो सेवा सुविधा, काम गर्ने राम्रो वातावरण, सामाजिक सुरक्षा आदि छ भनेर कसरी आश्वस्त पार्नुहुन्छ ?
मानिस कहिपनि चिरस्थायी हुँदैन र हुनु पनि हुँदैन भन्ने मान्यता राख्ने गर्दछु, त्यसैले म जहाँसुकै रहेर कार्य गरेपनि कुनै न कुनै रुपमा सहकारीसँग प्रत्यक्ष जोडिएर कार्य गर्छु भन्ने लाग्छ, किनकी मेरो ज्ञान र दक्षता यसमै रहेको हुनाले म यसकै सेरोफेरोमा रहन्छु । अर्कौ कुरा, काम गर्ने कर्मचारीलाई आश्वास्त पार्न केही भन्नै पर्दैन मात्र यहाँ विगत २५ वर्षदेखि कार्यरत कर्मचारीको फेहरिस्ताका साथै १० देखि १५ वर्षसम्म काम गरिरहेका म र मजस्तै साथीहरुको उदाहरण नै प्रशस्त हुन्छ ।

कर्मचारीहरु रिटेन्सन दर कस्तो छ ? हाल कार्यरत कर्मचारीहरुमध्ये १० वर्ष, १५ वर्ष वा लामो अवधिकाम गरेकाहरु के कति हुनुहुन्छ ?
संस्थाको रिटेन्सन रेट राम्रो छ, पछिल्लो समय बैदेशिक अध्ययनले केही साथीहरुले राजिनामा दिनुभएको छ, दश वर्षदेखि २७ वर्षसम्म काम गरिरहेको कर्मचारीको संख्या हाल कायम कर्मचारीमा ४० प्रतिशतभन्दा बढी छ ।

बिन्धबासिनी सहकारीमार्फत के कस्ता कामको नेतृत्व आफूले गर्न पाए हुन्थ्यो जस्तो लाग्छ तपाईंलाई ?
संस्थामार्फत हुने अधिकांश कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा नेतृत्व गरिरहेकै छु, त्यसैले नेतृत्वको भोक लाग्नुपर्ने विषय धेरै हुन सक्छन तर वर्तमानमा जुन क्षेत्र र विषयको नेतृत्व गरिरहेको छु त्यसमा आफ्नो क्षमता माफर्त नतिजा प्राप्त गर्न सकेमा खुसी हुनेछु ।

WhatsApp Image 2026-09-16 at 11.30.51 (1).jpeg
रक्तदान कार्यक्रममा सहभागी हुँदै घिमिरे

केही वर्षपछि बिन्धबासिनीको सिईओ बन्छु वा म सिईओ बन्नुसक्छु भन्ने लाग्या छ कि छैन ?
अहिले म संस्थाको जिम्मेवारी र पोर्टफोलियोको दृष्टिले सिईओको सक्सेसर हुँ । र जिम्मेवारी निभाउन सक्छु भन्ने लाग्छ । तर भोलिको अवस्था र परिस्थितिको आँकलन आजै गर्नु अलिक हतारो हुन सक्छ । त्यसलाई समयको गर्भमा छोडिदिनु नै उपयुक्त होला कि?

चुनौती नै नहुने हो भने उत्कृष्टताको सम्भावना पनि हुँदैन, समय व्यवस्थापनको सन्दर्भमा एकजना विद्धानले कुनेै कार्यक्रममा भन्नुभएको व्यस्त मान्छेहरु फुर्सदिला हुन्छन् र फुर्सदिला मान्छेहरु अस्तव्यस्त हुन्छन् भन्ने भनाइले मलाई छोएको छ र म त्यसैलाई अनुसरण गर्दै आइरहेको छु ।

सहकारीमा काम गर्न परिवारको साथ सहयोग कत्तिको छ ?
अहिले म  श्रीमती, एक छोरी र एक छोरासहित धुलिखेलमा बसोबास गर्दछु । परिवारको साथ नभएमा कुनै पनि कार्य लामो समयसम्म गर्नृ सम्भव हुँदैन । मैले करिब १५ वर्ष सहकारी क्षेत्रमा व्यतित गरिसकेको छु । जुन कर्ममा म लागेको छु त्यसमा मेरी श्रीमती लगायत परिवारले सकारात्मक उर्जासहित निरन्तर उत्प्रेरित गरिरहनुभएको छ ।

सहकारीमा काम गरेका कारण छोराछोरी पत्नी वा बुबाआमा वा आफन्तबाट के कस्ता भनाइहरु हिजो थिए र ती आज परिवर्तन भएका छन् कि छैनन ?
हिजोका दिनमा सरकारी सेवामा प्रवेश गरेन भनेर बुबा आमा एवं दाजुहरुले चिन्ता गर्नुहुन्थ्यो तर अहिले त्यस्तो छैन, पत्नी छोराछोरीको मेरो कार्यप्रति गुनासो छैन तर जिम्मेवारीको हिसाबले परिवारलाई त्यति समय दिन नसक्दा यदाकता सामान्य असन्तुष्टि देखिन्छ नै त्यस्ता विषयलाई पारिवारिक रुपमा नै समाधान गर्नेगरेको छु, पारिवारिक विषयले कार्यक्षेत्रमा असर गर्नुहुँदैन भन्ने लाग्छ मलाई ।

आफ्ना छोराछोरी भोलि सहकारीमा लाग्छु भनेर तपाईँँसँग सल्लाह मागे भने के भन्नुहुन्छ वा उनीहरुलाई सहकारी क्षेत्रमा पनि भविष्य छ भनेर प्रेरित गर्नुहुन्छ कि हुन्न ?
हामी यो क्षेत्रमा प्रवेश गर्दाको परिवेश र अहिलेको परिवेश धेरै नै फरक छ, छोराछोरी वा आफन्तले सहकारी क्षेत्रमा प्रवेश गर्न चाहेमा आवश्यक परामर्श अहिलेपनि गरिरहेकै छु तर आफूलाई ननिखारी कुनै पनि क्षेत्रमा प्रवेश गर्दा उत्पन्न हुन सक्ने जोखिमलाई विश्लेषण गरेर तयारीसाथ प्रवेश गर्न भन्ने गरेको छु ।

परिवारलाई समय दिन सक्नुभएको छ ? घरको काम अरु घरासयी भूमिका कसरी मिलाउनुभएको छ ? 
परिवारको चाहना अनुसारको समय व्यवस्थापन भन्दा पनि आवश्यक समय व्यवस्थापन गरिरहेको छु । घरायसी कार्य प्राय श्रीमतीले व्यवस्थापन गर्नुहुन्छ, पारिवारिक कार्यहरुमा छोरीले समेत प्रतिनिधित्व गर्नसक्ने भइसकेकी छिन् त्यसैले घरायसी जिम्मेवारीलाई बाँडफाँड गरेर व्यवस्थापन गरिरहेकै छु ।

WhatsApp Image 2026-09-16 at 11.31.53 (2).jpeg
परिवारका साथ घिमिरे

अचेल बिहान ९ बजेदेखिनै अफिस पुग्नुपर्दा झनै असजिलो भएको छ कि के छ ?
हामी पहिलेदेखि नै कार्यालय समयलाई ८ घण्टा कायम गरेर कार्य गरिरहेको हुनाले कुनै असहज महसुस गरिएको छैन ।

समय व्यवस्थापनका अन्य चुनौतीहरु के छन् जागिरे पुरुषका लागि ?
चुनौती नै नहुने हो भने उत्कृष्टताको सम्भावना पनि हुँदैन, समय व्यवस्थापनको सन्दर्भमा एकजना विद्धानले कुनेै कार्यक्रममा भन्नुभएको व्यस्त मान्छेहरु फुर्सदिला हुन्छन् र फुर्सदिला मान्छेहरु अस्तव्यस्त हुन्छन् भन्ने भनाइले मलाई छोएको छ र म त्यसैलाई अनुसरण गर्दै आइरहेको छु ।

अन्त्यमा,
यहाँलाई भन्न मन लागेको केही छ भने ? 
तपाईको यस धिप्री मिडिया मार्फत मेरो व्यक्तिगत र संस्थागत अनुभवलाई पाठकमाझ साझा गर्ने सुअवसर प्रदान गरिदिनुभएकोमा सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद एवं आभार प्रकट गर्दछु । साथै नजिकिंदै गरेको नेपालीहरुको महान पर्व विजया दशमी, दिपावली, नेपाल संवत एवं छठ पर्वको अवसरमा विश्वशान्तिको कामना सहित सम्पूर्ण जनमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त व्यक्त गर्दछु ।

WhatsApp Image 2026-09-16 at 11.31.53.jpeg
परिवारका साथ घिमिरे

(नोट: थम्बनेलमा एआई जेनेरेटेड तस्बिर प्रयोग गरिएको)

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार