काठमाडौं । नेपाल स्रष्टा समाजप्रति अग्रजदेखि अनुजसम्मका साहित्यकारहरुको आकर्षण रहेको अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले बताउनुभएको छ । २० वर्षको इतिहास बोकेको साहित्यिक संस्थाको ओझ र गरिमाका कारण सबै उमेर समूहका साहित्यकारहरु यसमा आवद्ध बन्न लालायित भएको उहाँले बताउनुभयो ।
२०८३ भदौ २० गते शनिबार सम्पन्न समाजको समाजको २०औं अधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित हुनुभएका बरिष्ठ साहित्यकार श्रेष्ठले मुलुक र मुलुक बाहिरका सबै उमेर समूहका नेपाली साहित्यकारहरु यसमा आवद्ध हुन इच्छुक रहेको दाबी गर्नुभयो ।
सबै आस्था, विचार र सिद्धान्तप्रेमीहरुको साझा तर केवल साहित्यिक थलोको रुपमा स्रष्टा समाजले आफ्ना गतिविधिहरु सञ्चालन गरेका कारण नै यसप्रति सबैको विश्वास र अभिरुचि बढेको उहाँको भनाइ थियो ।
समाजको तेस्रो कार्यकालका लागि निर्विरोध अध्यक्ष निर्वाचित हुनुभएका श्रेष्ठले पहिलो विस्तृत अन्तवार्तामा यसले प्रदान गर्दै आएका ९ वटा पुरस्कारहरुप्रति पनि आजसम्म कसैले औला ठड्याउन नसकेको जिकिर गर्नुभयो । 'त्यसैले त स्रष्टा समाजको गरिमा उँचो छ, 'स्पष्टवक्ता एवम् निर्भिक साहित्यकार श्रेष्ठले भन्नुभयो, ‘यसको क्रियाशीलता, विश्वसनीयता, पारदर्शिता र समावेशी सहभागिता नै यसको दीर्घजीवनको आधार हो । हामी कुनै राजनीतिक वाद, सिद्धान्तको पृष्ठपोषण गर्दैनौं, यो विशुद्ध साहित्यिक र राष्ट्रियताप्रेमी संस्था हो । सबैले यसो भन्छन् तर हामीले व्यवहारमा प्रमाणित गरेका छौं।'
संस्थागत विधि, पद्धति र सक्रियताले नै हरेक वर्ष थुप्रै कार्यक्रमहरु गर्न सकिएको भन्दै आगामी दिनमा पनि त्यस्तै क्रियाशीलता देख्न पाइनेमा उहाँले विश्वस्त तुल्याउनुभयो । समाजको कामले नै भाषा र साहित्य क्षेत्रका स्रष्टाहरुको आकर्षण बढेको उहाँले बताउनुभयो । धेरैभन्दा धेरै साहित्यिक संस्था भन्दा बढी कार्यक्रम समाजले गरेको विवरणसमेत उहाँले प्रस्तुत गर्नुभयो । बैठकको नियमितता, विधिपद्धति, नियमित कार्यक्रम र तिनको आवधिक समीक्षा गर्ने प्रचलनले पनि समाजलाई अघि बढाउन मद्दत पुगेको अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो ।
समाजको २०औं अधिवेशनबाट उपाध्यक्षमा प्रकाश घायल, महासचिवमा मधु पाठक र कोषाध्यक्षमा तारा सुवेदी निर्विरोध निर्वाचित हुनुभएको छ । सचिवमा प्रदीप सापकोटा विजयी हुनुभएको छ । सदस्यहरूमा यादव भट्टराई, डा।शान्तिमाया गिरी, सुमन थापा ‘संगम’ र तोयानाथ गौतम निर्वाचित हुनुभएको छ ।
यसै सेरोफेरोमा धिप्री डटकमले केही दिनअघि अध्यक्ष रोदनसँग धिप्री संवाद गरेको छ । मूलतः नेपाल स्रष्टा समाज, नेपाली साहित्यको वर्तमान अवस्था, पुरस्कारहरुको महत्ता, 'सेलिब्रेटी' साहित्यकारहरु, 'डायस्पोरिक' साहित्य, नेपाल प्रज्ञा प्रतिष्ठानको वर्तमान नेतृत्व लगायत उहाँको आफ्नै साहित्यिक जीवनबारे धिप्रीले भिडियो संवाद गरेको छ । प्रस्तुत छ, उक्त संवादको सम्पादित अंश:
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com