Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

काफ्काईः सत्ता र शक्तिको मनोवैज्ञानिक त्रासदी

काफ्काईः सत्ता र शक्तिको मनोवैज्ञानिक त्रासदी

फ्रान्ज काफ्का विख्यात अस्तित्ववादी स्रष्टा थिए । उनले प्रतिपादन गरेको अस्तित्ववादी दर्शनलाई उनको निधनपछि काफ्काई (वा काफ्काएस्क) भनेर नामकरण गरिएको छ । काफ्काई कुनै सैद्धान्तिक अवधारणा विकास र परीक्षण गरेर निर्माण गरिएको दर्शन होइन, खास अवस्थामा व्यक्तिको जीवनमा भोगाइले सिर्जना गर्ने मानसिक अवसादिता, एकाङ्कीपन र त्यसले व्यक्तित्व विकासका आयामहरुमा पार्ने प्रभावको अवस्थाबाट निकालिएको निष्कर्ष हो ।
 
अतिदमनकारी व्यवहारबाट जव व्यक्ति आफ्ना विषयमा यो वा त्यो, यसरी वा त्यसरी कुनै व्यवहार गर्न नसक्ने अवस्थामा पुग्छ र एउटा अँध्यारो सुरुङ्गको यात्रा गर्न बाध्य हुन्छ त्यसपछिको परिणाम भनेको व्यर्थता, बेतुकी, अवसादितता, एक्लोपन र काल्पनिक अवास्तविकता हो । व्यक्ति आफ्नोपन र पहिचानलाई यतिसम्म दवाउन बाध्य हुन्छ कि उ आफैलाई संसारको सबैभन्दा निरर्थक, निकम्मा र महत्ताहीन ठान्न पुग्छ । बोध गर्छ, त्यस कारण अस्तित्वमा छ तर महत्ताहीन छ, त्यसकारण अस्तित्वको कुनै अर्थ छैन । त्यसैले खास अवस्थामा सबै व्यक्तिसाथ काफ्काई रहन्छ । सबैको दिमागमा काफ्काई रहन्छ । फ्रान्ज काफ्काको अस्तित्ववादी कृतिहरु दर्शनका आधारमा लेखिएका थिएनन् तर ती दर्शनमा देखिए । जीवनमा उनलाई न आफू कुनै दर्शन वा सिर्जना गर्नसक्ने व्यक्तिका रुपमा आफूलाई चिनेका थिए न कुनै खास व्यक्तित्व नै थियो । थियो त केवल अति अभिभावकत्व र त्यसले थिचेको, चेप्टिएको, निरर्थक र शून्यवादी मानिस थियो । 
 
नौ बर्षको हुँदा उनी ज्वरो आएर सुतिरहेका थिए, उनलाई प्यास लागेछ । उनले आमाबुबासंग रुँदै पानी मागेछन् । बुबाले बेस्सरी हप्काए छन् । उनले रोएर पानी मागिरहे । रिसाएका बुबाले बरण्डामा निकालेर कोठाको चुकुल लगाइदिए । बालक काफ्कालाई पानी तिर्खा त लागेको थियो, त्यो भन्दा बढी बुबाआमासंग बस्न चाहेका रहेछन् । यही उनको अपराध थियो, जसका कारण रुँदै रातभर बरण्डामा विताउन बाध्य भए । विना अपराध उनले दण्डितहुनुपर्यो । यो नै उनको जीवनको भयानक टर्निङ प्वाइन्ट बन्न पुग्यो । भनौ काफ्काईको सन्दर्भ भूमि । उनले आफ्नो पीडा डायरीमा बुबाप्रति लक्ष्यित गरी लेखेका रहेछन् –‘मेरो लेखाई तिम्रै बारेमा हो, म मेरा कथामा तिमीप्रतिको शिकायतमा रोएको छु, तिम्रो छातीमा टाउको राखेर रुन सकिन’ । 
 
अस्तित्ववादीहरु जीवनलाई आफ्नै सङ्क्षेत्रबाट लिन्छन्, भोग्छन् र अस्तित्वको लागि मनदेखि संघर्ष गर्छन् । अस्तित्ववादीहरु विचार र आग्रहबाट जीवनमा अर्थ खोज्दैनन्, जे छ त्यही जीवन हो । अर्थभन्दा पनि अनुभव, क्रिया र भावात्मक रुपमा जीवन जिईरहेका हुन्छन् । अस्तित्वको कुनै आदर्श र अर्थ छैन, कोही श्रेष्ट र अर्को हीन छैन । आफ्नै मूल्य र नैतिकताको जीवन भोग्छ । अर्थहीन संसारमा अर्थ खोज्छ । स्थिति विपर्ययमा जीवन बाच्छ र जीवन हुनुको बोधलाई उराल्छ । तर यसो भन्दैमा अस्तित्ववादीको मत मान्यतामा पनि एकरुपता भने पाइदैन । सात्र्र, नित्जे, कामु र किर्केगाडबीच पनि अस्तित्वबोध र प्रयोगमा भिन्नता पाइन्छ । अल्वेएर कामु फ्रेडरिक नित्जेलाई आफ्नो आदर्श र प्रेरणास्रोत मान्दछन् तर उनीहरु दुईमा पनि अस्त्वित्वको अर्थमा फरक पाइन्छ । फ्रान्ज काफ्का व्यावहारिक भोगाइ र स्थितिको विपर्ययले अस्तित्ववादी बनेका हुन्, अरुहरु चिन्तन र व्याख्याबाट । 
 
काफ्काको काफ्काई (अस्तित्ववादी दर्शन) बुझ्नका लागि उनको बाल्याव्यस्था बुझ्नु जरुरी छ, किनकी बाल्यावस्थामा भएको अति अभिभावकीय (निर्देशात्मक) व्यवहारबाट नै काफ्काई विकास भएको छ । परिबार, विशेषतः बुबा हर्मन काफ्काको व्यवहार बालमैत्री थिएन, बालक काफ्काले बालसुलभ व्यवहार पाएनन्, बचपन बेचैनी, डर र त्रासमा वित्यो । उनका पिता हर्मन काफ्का छोरो फ्रान्ज काफ्का आफूजस्तो किन बनेन भन्ने चिन्तामा उनीप्रति कठोर व्यवहार गर्थे । उनलाई शक्तिशाली र ठूलो मानिस बनाउन चाहन्थे । उनको अघिल्तिर जहिले पनि बुबाको भीमकाय शरीर, कठोर व्यवहार र निर्देशात्मक वचन उपस्थित हुन्थ्यो । यहाँसम्म कि सपनामा पनि त्यही विम्बले उनलाई लखेटिरहन्थ्यो, सताइरहन्थ्यो ।
 
नौ बर्षको हुँदा उनी ज्वरो आएर सुतिरहेका थिए, उनलाई प्यास लागेछ । उनले आमाबुबासंग रुँदै पानी मागेछन् । बुबाले बेस्सरी हप्काए छन् । उनले रोएर पानी मागिरहे । रिसाएका बुबाले बरण्डामा निकालेर कोठाको चुकुल लगाइदिए । बालक काफ्कालाई पानी तिर्खा त लागेको थियो, त्यो भन्दा बढी बुबाआमासंग बस्न चाहेका रहेछन् । यही उनको अपराध थियो, जसका कारण रुँदै रातभर बरण्डामा विताउन बाध्य भए । विना अपराध उनले दण्डितहुनुपर्यो । यो नै उनको जीवनको भयानक टर्निङ प्वाइन्ट बन्न पुग्यो । भनौ काफ्काईको सन्दर्भ भूमि । उनले आफ्नो पीडा डायरीमा बुबाप्रति लक्ष्यित गरी लेखेका रहेछन् –‘मेरो लेखाई तिम्रै बारेमा हो, म मेरा कथामा तिमीप्रतिको शिकायतमा रोएको छु, तिम्रो छातीमा टाउको राखेर रुन सकिन’ । 
 
त्यसपछि काफ्का आफ्नो बुबाको अति आज्ञाकारी छोरो भए । उठ भने उठ्ने बस भने बस्ने । त्यो आज्ञाकारिता थिएन, भयङकर भय थियो । जिन्दगीभरिनै त्यो भय कायम रह्यो । वुवा हर्मन काफ्का ठूलो कद, मोटोघाटो शरिर, अग्लो उचाइका थिए, स्वर पनि ठूलो थियो; विपरीतमा फ्रान्जा काफ्का दुब्लो, मरन्च्यासे, ख्याउटे, पुड्के र मसिनो स्वरका अन्तर्मुखी स्वभावका थिए । फ्रान्जको अघिल्तिर जहिले पनि ठूलो कद भएको अजङ्गको शरिर उभिएर ठूलो शब्दले हप्काएको विम्बले तसाईरह्यो । 
 
सबै अभिभावक आफ्ना सन्तानलाई अनुशासन र असल आचरणमा राख्न चाहन्छन्; नियत सबैको राम्रो हुन्छ तर तरिका भने फरक हुन्छन् । आवश्यकताभन्दा बढी अनुशासन, आदेश र थिचोमिचो हुँदा बालमनोविज्ञान बिग्रन्छ । यो नै काफ्काई दर्शनको जगमध्ये एउटा हो । 
 
बुबाको व्यवहार र पारिवारिक वातावरणका कारण अन्तर्मुखी स्वभावका काफ्का लेख्ने गर्थे । मानसिक एक्लोपनलाई भुल्न पनि लेख्थे । उनका कृतिहरु लेख्ने आशयले भन्दा पनि आफै भुल्ने साधन थिए, अक्षर उनका आत्मीय साथी थिए । शायद ती लेखाईले उनका मनभित्र गुम्सिएका भावनालाई पोखेरकेही भए पनि हलुका महशुस गर्थ्यो होला । 
 
आमा बुबा आफ्ना सन्तानको चेहरामा सपना देख्छन्, आकाङ्क्षा र अपेक्षा राख्छन् । राम्रो बनाउने नाउमा, असल मानिस बनाउने नाउमा आदेश–निर्देश गर्छन् । अति र गलत अभिभावकत्वले बालमनोविज्ञान थिचिनपुग्छ र व्यक्तित्व विकास ठीक विपरीत दिशातर्फ मोडिन्छ । बालक काफ्का वुवा काफ्काको अति अभिभावकत्वले कमजोर, अन्तर्मुखी र बारम्वार विमारी हुने अवस्थामा पुगेको छ । बुबा हर्मन काफ्का बहिर्मुखी स्वभावका थिए, उग्र महत्वाकाङ्क्षी थिए, दुखबाट व्यवसायमा माथि पुगेको मानिस थिए, आफ्नो छोरोलाई आफूजस्तै बनाउन चाहन्थे । उनको हप्काइ, डरलाग्दो गाली र कठोर आदेशको असर उल्टो पर्यो । परपीडक व्यक्तित्व र दवङ स्वभावका मानिस आफ्नो महत्व देखाउने र अरुलाई निर्थक सम्झने मनोविज्ञानमा हुन्छन् भन्ने काफ्काई दर्शनको अर्को विशेषता थियो । बुबा हर्मन काफ्काको व्यवहारबाट त्यो पुष्टि भएको छ । 
 
अरु सन्तान (बहिनीहरु) जन्मेपछि हर्मनको दायित्व पनि बढ्यो किनकी अरु सन्तानलाई पनि आफूजस्तै बनाउने सम्पत्ति र सामर्थ्य चाहिने भयो । छिटो कमाउन सकोस, धेरै कमाओस भन्ने आशयले होला, छोरामाथि अति निर्देशात्मक बन्दैगए, त्यसपछि फ्रान्ज मनोबैज्ञानिक रुपमा झनै विस्थापित र दमित भए । घरमा सबै सन्तानलाई समान व्यवहार नगर्ने अभिभावक हुँदा कम माया पाउने वा माया नपाउने बालक झनै विचैनी र विक्षिप्ततामा पुग्छ भन्ने काफ्काईको अर्को सन्दर्भ हो । 
 
बालक फ्रान्ज काफ्काको मनमा उव्जिएको भावना ‘म होचो, दुव्लो र पातलो छु, बुबा अग्लो, हट्टाकट्टा छन्, मलाई जसरी पनि सताउन सक्छन्’ ‘उनी मेरा बुबा हुन्, त्यसकारण ममाथि हुकुम चलाउन र मेरो भावनामाथि शोषण गर्ने अधिकार राख्छन्’ ‘बुबा हुनु शक्तिशाली हुनु हो’ ‘कोही व्यक्ति उमेरका कारण अर्कोभन्दा श्रेष्ठ हुनसक्छ’ ‘शक्तिशाली मानिस कमजोरसँग नोकरजस्तो व्यवहार किन गर्छन्’ ‘हर प्रकारको शक्ति बुबा जस्तै हुन्छन् ?’ लगायतका सवालहरु फ्रान्ज काफ्काका मनमस्तिष्कमा सँधैभरि उव्जिदै रहे । उनले देखेको बुबा सशक्त शक्तिको रुप हो । बुबाको चरित्रलाई सामान्यीकरण गरेर सबैतिर शक्तिको अतिअभिभावकत्व, क्रूरता र तानाशाही देखे, आफूलाई भने निकै निरर्थक, बेकामी, महत्ताहीन ठाने । हर्मन काफ्का शक्ति र शासनका प्रतिक हुन, फ्रान्ज काफ्का चाँहि शक्तिहीन र कमजोर वर्गको प्रतिनिधि । उनले जतासुकै आफैलाई आख्यानीकरण गरिरहेका छन्, कृतिका शब्दशब्दमा ‘वुवा विम्ब’ छ । त्यही विम्ब र त्यसले सिर्जना गरेको भावलाई सामान्यीकरण गरेर हेर्दा संसार नै यस्तै देखिन्छ; कोही महत्वहीन पारिएका छन्, कोही चाँही प्रभुत्वशाली । अस्तित्ववादको जड यही हो, यसैबाट मोक्ष पाउन अस्तित्ववादी स्रष्टाहरु प्रकाशित हुन्छन् । काफ्का यसरी नै प्रकाशित भएका छन् । उनका सबै कृतिका प्रमुख पात्रमा आफै पुगेका छन् । 
 
बुबाको व्यवहार र पारिवारिक वातावरणका कारण अन्तर्मुखी स्वभावका काफ्का लेख्ने गर्थे । मानसिक एक्लोपनलाई भुल्न पनि लेख्थे । उनका कृतिहरु लेख्ने आशयले भन्दा पनि आफै भुल्ने साधन थिए, अक्षर उनका आत्मीय साथी थिए । शायद ती लेखाईले उनका मनभित्र गुम्सिएका भावनालाई पोखेरकेही भए पनि हलुका महशुस गर्थ्यो होला । 
 
जव कुनै व्यक्तिले सत्ता (शक्ति) को अवसर पाउछ, कमजोर (श्रम गर्ने) लाई निरङ्कुश र नकारात्मक व्यवहार गर्छ । यो नै काफ्काईको निचोड हो । उनी जतासुकै रहेको शक्तिलाई सत्ता देख्छन् र जहाँ पनि त्यसले तानाशाही लादेको पाउछन् । जस्तो कि घरको मालिक (बुबा) कुनै सदस्यको इच्छा केही सम्झिदैन, आफ्ना इच्छा जसरी पनि पूरा गर्छ । त्यस अवस्थामा परिवारका सदस्य तनावपूर्ण, त्रासयुक्त र दमित अवस्थामा पुग्छन् । त्यस्तै कार्यालयका हाकिम, कम्पनीका मालिक, देशका शासक, दलको नेता सबै सत्तावादीहरु अरुमा भय, त्रास र अनिश्चितता पैदा गरेर नै सत्तामा रहरिहन्छन् । सत्ताका साथ निरङ्कुशता गढेर रहन्छ । यो काफ्काईको अर्को सार हो । जुन बुबाका कारण उनको जीवनमा तनावपूर्ण, निरर्थकता र महत्ताहीन रह्यो, त्यसैको निष्कर्ष उनले जतासुके देखे ।
 
काफ्काको पूरै जीवन निरर्थक, तनावपूर्ण, भयभित र अनिश्चय अनि रुग्णतामा वित्यो । उनका कृतिहरुमा वुवालाई एक शब्द पनि उल्लेख गरेका छैनन्, तर पिता नामको सत्ताको अनुवाद अलग अलग ढङ्गले गरेका छन् । परिवारमा बुबा भएजस्तै बुबासत्ता कहिले कार्यालयमा हाकिमका नाममा, कहिले अदालतमा न्यायाधिशका रुपमा, कहिले भ्रष्ट शक्तिशाली नेताका रुपमा त कहिले आदर्श ईश्वरका रुपमा देखिन्छ ।  हाकिम, न्यायाधिश, शासक र ईश्वर काफ्काका वुवाका अलग अलग रुप हुन् । भनौं, बुबा उनका लागि ईश्वर, शक्ति, सत्ता, तागत र निरङ्कुशताका प्रतीक थिए । तर उनी बुबाका विषयमा कुरा गर्न, कथा सुनाउन केही गर्ने तागत राख्दैनथे, केही भन्नु सत्ताको शिकायत गर्नु सरह थियो । बुबाको व्यवहार र भौतिक स्वरुपका कारण काफ्का शारिरिक रुपमा झनै रुग्ण र दुव्लो बन्दै गए । बारम्बार विमार भैरहन्थे । कहिले माइग्रेन, कहिले दिक्दारी, कहिले डिप्रेसनका शिकार हुन्थे । यही अवस्थाका कारण उनलाई क्षयरोगले समात्यो । ४१ बर्षको छोटो उमेरमा नै मृत्यु पनि भयो, स्वस्थ जीवन कहिल्यै जिउन पाएनन् । मन अनि शरिर सँधै विमारीमा हुन्थे । मनले शरिरलाई विमार बनाउथ्यो, शरिरले मनलाई विमार बनाउथ्यो । यसैका कारण उनको मानसिकता र साहित्य वेस्सरी प्रभावित भयो । परिणामतः काफ्काई दर्शन जन्मिन पुग्यो । 
 
जति नै निराश हुँदा पनि लेख्न पढ्न छाड्न हुँदैन भन्ने ब्रडको सुझाव काफ्कालाई गड्न पुग्यो । बुबाको नकारात्मक व्यवहार, असफल प्रेम सम्बन्ध र जतासुकै निष्पट अँध्यारो सुरुङ्गयात्रामा पनि उनले लख्न छाडेनन् । आफू लेख्न पनि सक्छु, राम्रै लेख्छु भन्ने बोध उनीमा थिएन । आफ्नो जीवनलाई महत्ताहीन ठान्नेले राम्रो लेख्छु भन्ने बोध नगर्नु स्वाभाविक थियो ।
 
मानिसलाई अस्तित्व र महत्तामा पुर्याउने अर्को विषय प्रेम र यौन हो । सबै दर्शनले प्रेम र यौन जीवनत्वमा लिएका छन् । अस्तित्ववादीहरु यी दुई कुराविना जीवनलाई निस्सार देख्छन्, यी कुरा नहुँदा अस्तित्वमा भौतारिएको देखिएको छ । काफ्काको जीवनमा महिला र यौन सम्बन्ध सुमधुर थिएन । उनका जीवनमा आएका कैयन प्रमिकाहरुसंगको प्रेमले पूर्णता नपाउदा उनी निराश थिए । मेलिना र फोलिससँग निकै राम्रो प्रेम थियो । फेलिसलाई लेखिएका चिठी मात्र पाँचसयभन्दा बढी थिए भनिन्छ । बुबाको कारण विवाहको अवस्थामा पुगेन । यौनप्यासका लागि वेस्यालय जान्थे र त्यहा जीवनको अर्को निरर्थक रुप देखेर फर्किन्थे, झनै निराश बन्थे । अन्तिम पे्रमिका डोरा डायमन्टसंग त वर्लिनमा डेरा लिएर केही समयसंगै पनि बसेका थिए । क्षयरोगका कारण यो प्रेमले पनि पूर्णता पाएन । यसर्थ उनका जीवनलाई भत्काउने तीन कारकहरु थिए, बुबाको अतिअभिभावकत्व, खराव स्वास्थ्य र असफल प्रेम । अति अभिभाकत्वले उनको निजत्व र स्वतन्त्रतालाई दमन गर्यो  र व्यक्तित्व विकास हुन दिएन । दोस्रो, खराव स्वस्थ्यले सामर्थ्यहीनता र दुर्वल भावनाको पैदा गर्यो । र तेस्रो प्रेमको अभावले जीवनलाई थप निराश बनायो । यी तीन कारणले काफ्काई वा व्यग्र व्यर्थताको दर्शन विकास हुनपुग्यो । 
 
सानैदेखि फ्रान्ज काफ्कामा लेखक बन्ने, साहित्य पढ्ने इच्छा थियो । बुबा भने कानून पढाउन चाहन्थे । वुबाको इच्छा विरुद्ध जाने हिम्मत थिएन, कानुनमा पढ्न थाले । तर साहित्य पढ्ने, लेख्ने चाख भने मारेनन् । कलेजमा उनको संगत साथी म्याक्स ब्रडसंग भयो, जो आफै पनि लेखक थिए । उनले लेखनलाई निन्तरता दिइरहन प्रोत्साहन गरिरहे । शायद ब्रडसंग काफ्काको संगत नभएको भए काफ्का जस्तो महान लेखक विश्वले पाउने थिएन । जति नै निराश हुँदा पनि लेख्न पढ्न छाड्न हुँदैन भन्ने ब्रडको सुझाव काफ्कालाई गड्न पुग्यो । बुबाको नकारात्मक व्यवहार, असफल प्रेम सम्बन्ध र जतासुकै निष्पट अँध्यारो सुरुङ्गयात्रामा पनि उनले लख्न छाडेनन् । आफू लेख्न पनि सक्छु, राम्रै लेख्छु भन्ने बोध उनीमा थिएन । आफ्नो जीवनलाई महत्ताहीन ठान्नेले राम्रो लेख्छु भन्ने बोध नगर्नु स्वाभाविक थियो । तर उनले एक प्रसङ्गमा भनेझै जसरी मुर्दालाई चिहानबाट अलग गर्न सकिदैन, त्यसरी नै मलाई पनि लेखनबाट अलग गर्न सकिदैन । उनले लेखिरहे, तर उनलाई लागिरह्यो त्यो लेखाईको कुनै अर्थ छैन । 
 
जीवनलाई अर्थहीन देख्ने, परिस्थितिले खेदेका मानिसलाई एकपछि अर्को दुख आइनै रहन्छ, जति दुख आउछ त्योभन्दो बढी त्यसको बोध हुन्छ र मनोभावनालाई ती दुखदस्थितिले ङर्याकङुरुक पारेर उठ्न दिदैन र व्यक्ति गुम्फित हुन्छ । ठीक यहि स्थिति फ्रान्ज काफ्काको जीवनमा छ । वुवाको व्यवहार, शारिरिक अवस्था र प्रेमसम्बन्धमा मात्र स्थिति प्रतिकुल थिएन, जागीरमा पनि त्यही स्थिति देहोरियो । कलेज सकेपछि वकिल फर्म र बीमा कम्पनीमा काम गरे । धेरै खटे तर जीवन धान्ने पैसा जुरेन । खर्च धान्न अतिरिक्त समय काम गरे, अतिरिक्त पारिश्रमिक पाएनन् । जुन कुरा आफ्नो बुबाको दवङ, जिद्धी र दुव्र्यवाहार थियो, त्यही कुरा काम गरेका संस्थाहरुमा पनि देखे, भोगे । दिमागमा घुमिरह्यो, पिता एउटा शक्ति हो । जुन जुन कार्यालयमा व्यवहार गरे, पिताशक्ति अर्को रुपमा आइनै रह्यो । कार्यालयहरुमा कागजी कामको जटिलता र जन्जाल देखे । कर्मचारीतन्त्रको भुलभुलैयाले लखेट्यो । निष्कर्ष निकाले कार्यालयमा सामान्य समस्यालाई जटिल बनाउनु व्यूरोक्रेसीको आदत रहेछ । उनको उपन्यनसमा व्यूरोक्रेटिक जटिलताको दार्शनिक चित्रण छ । उनको कथा पोसिडियनमा ग्रीक देवता कागजमा यति भुल्यो, रमायो कि ईश्वर पनि त्यहा आएर ईश्वरत्व भुल्थ्यो । काफ्काले आफूले नोकरी गरेको कार्यालयमा कर्मचारीतन्त्रको पोसिडियन शैलीलाई कृतिहरु मेटामार्फोसिस, दी ट्रायल, क्यासल र अमेरिकामा प्रतीकात्मक रुपमा देखाएका छन् । मुगलकालीन कवि सुरदासले प्रशासनलाई जसरी उल्लेख गरे, काफ्काले भने आफैले भोगे । 
 
हाम्रा जीवनमा यस्ता स्थिति आइनै रहन्छन् कि हामी कार्यालयमा व्यूरोक्रेटिक भुलभुलैयमा फस्छौ, कागजको जन्जालले ज्यान लिन बेर लगाउदैन, शक्तिशालीको मनचिन्ते फैसलाई मान्नुपर्छ, अत्याचारलाई न्याय मान्ने बाध्यता छ । चारैतिर अत्याचार छ तैपनि सत्ता न्याय गरेको भनिरहन्छ । त्यो सत्ता परिवारमा, समाजमा, कार्यालयमा, कम्पनीमा, न्यायालयमा, सरकारमा जतासुकै छ । तर सबै सत्ताको मारमा चेपिएको, थिचिएको, शोषिएको जीवन दीनहीन अस्तित्वमा घिरिघिरि बाचिरहेको छ । मोक्षका ढोका थुनेर मोक्ष खोज्ने भोगिएको प्रवृक्ति काफ्काई हो । यो फ्रान्ज काफ्काको वैयक्तिक भोगाइको आख्यानीकरण हो । त्यसैले यसमा लेखकीय अन्तरवोध छ । कथाहरु मिथकीय जस्ता देखिए पनि ती वास्तविक हुन् । पेनाल कोलोनी, दी क्यासलले पनि जन्मेपछि अनाहक सजाय पाउनु मानिसको अनिवार्य भागीदारीलाई पुष्टि गर्छ । 
 
उनको विख्यात कृति ‘दी ट्रायल’ मा प्रतीकात्मक रुपमा आफै छन् । यहाको मुख पात्र जोसेफ के विना अपराध दण्डित छ । कसैले जोसेफ के विरुद्ध अफबाह फैलाउछ, उ अनाहकमा गिरफ्तार पर्छ । न्यायालयमा यतिविध्न कागजी जन्जालमा फस्छ कि के मैले अपराध त गरेको छैन भन्ने आफैप्रतिको ग्लानीबोधको स्थितिमा पुग्छ । जसरी काफ्का नौ बर्षको उमेरमा बुबाबाट विना अपराध दण्डित भएका थिए, त्यत्तिकै दण्ड स्वीकारेका थिए । ‘दी ट्रायल’ मा जोसेफ के त्यसरी नै दण्डित भए । उसको जीवन समाप्त भयो । काफ्कालाई पिता नामको सत्ताले विना अपराध दण्ड दियो, जोसेफ केलाई राज्य नामको सत्ताले त्यसरी नै दण्डित गर्यो । सत्ता फरक थियो, परिणाम एकै–विना अपराध सजाय । पिताले सन्तानलाई अनुशासनमा रख्ने नाममा अहङकारले सजाय दियो, न्यायालयले पनि न्यायग्रहीलाई न्याय दिने नाममा अन्याय गरी सजाय दियो । दुवै अर्थमा जीवन बर्वादीमा छ । दी ट्रायलमा जोसेफ के को जीवन बर्बाद भएको आख्यानीकरण छ, वास्तविक दुनियाँमा फ्रान्जको जीवन त्यसरी नै सखाप भएको छ । 
 
काफ्काको सबैभन्दा प्रख्यात कृति ‘मेटामोर्फोसिस’ हो । उनले यस कृतिको पहिलो पङ्क्तिमा भनेका छन्– जब विहान ग्रेगर साम्सा भयङकर सपनाबाट व्यूझियो, उसले आफूलाई एउटा किरामा परिणत भएको पायो ।’ ‘उसले आफूलाई सम्झियो कि आफ्नो बुबाको जुत्ताबाट कुल्चिएर त मर्दिन । फेरि उसले उसका आफ्ना बारेमा बाहिर भनेका कुरा सुन्यो, त्यो किरा ग्रेगर साम्सा होइन, त्यसलाई मार्नुपर्छ । मानौ त्यो किरा मर्नुसंग संसारलाई कुनै घाटा छैन’ । काफ्काको साम्सालाई प्रतीक बनाएर भनिएको लाक्ष्यणिक भनाई उनको बाल्यकालमा वुवाबाट पाएको व्यवहारको रिफ्लेक्सन हो । जसरी बुबाका लागि काफ्का निरर्थक थिए, किरा समान थिए, त्यसैको प्रतिनिधित्व मोटामोर्फोसिमा ग्रेगर साम्सा हो । उनी विम्ब बनाएर भनिरहेका छन्, म छोरोको अर्थमा होइन किराको अर्थमा छु । 
 
उनको अर्को कृति ‘जजमेन्ट’ मा पितासत्ताको भयानक डरलाग्दो र त्रासदीपूर्ण कथा छ । यस कथाको नायक बुबासंग घरमा बसिरहेको छ, उसको छिटै विवाह हुनेवाला छ । तर बुबा विमारी भएर विछ्यौना परेकाले उ हरतरह स्याहारसुसार गरिरहेको छ । एकदिन बुबा विछ्यौनाबाट उठेर आफूलाई केही पनि नगरेको भनी मारी गाली गर्छ र भन्छ ‘तँ जस्ता धोकेवाजले त खोलामा डुवेर मर्नुपर्छ’ । नायक बुबाको यसप्रकारको अनाहकको गालीले विक्षिप्त हुन्छ, आफूले अपराध गरे गरिन समेत नसोची दौडेर केही परको खोलामा हामफालेर मर्छ । यहाँ पनि लेखकले बाल्यावस्थामा बुबाबाट भएको व्यवहारको प्रतिनिधित्व छ । जसरी लेखकले कुनै गल्ती नगरेपनि बुबाले दिएको सजायलाई आज्ञाकारी भएर स्वीकार गरे, जीवन बर्बाद पारे, त्यसरी नै जजमेन्टको नायक पनि गलत आरोपमा पनि आज्ञाकारी भएर जीवनबाटै विदा हुन्छ । सत्ता आफ्नै आशयमा फैसला गर्छ, न्यायनिसाफ चाँहि गर्दैन । आफ्नै धारणा पूरा गर्ने कार्यलाई निसाफ (न्याय) भन्छ । न्याय माग्नेले न्याय पाउदैन तैपनि स्वीकार्नुको विकल्प छैन । यो थिति नबसेको मुलुकको साझा अवस्था हो । काफ्काई दर्शनको यो मुख्य सार हो । 
 
अस्तित्ववादीका लागि जीवनको अर्थ खोज्ने कुनै निर्धारित विधि र निर्देशिका छैन, सिद्धान्त र सूत्र पनि छैन, आफ्नै चेतना, विवेक र मूल्यमा बाँचिरहेको हुन्छ । आफ्नै निर्णय र निजत्वको चयन गर्ने सामर्थ्य र स्वतन्त्रता नराखेसम्म जीवनको अर्थ भेटिदैन । व्यक्तिको चयन नै एकमात्र यथार्थ हो, यसैले मात्र उसलाई आधिकारिकता र मूल्य दिन्छ ।
 
हाम्रा जीवनमा यस्ता स्थिति आइनै रहन्छन् कि हामी कार्यालयमा व्यूरोक्रेटिक भुलभुलैयमा फस्छौ, कागजको जन्जालले ज्यान लिन बेर लगाउदैन, शक्तिशालीको मनचिन्ते फैसलाई मान्नुपर्छ, अत्याचारलाई न्याय मान्ने बाध्यता छ । चारैतिर अत्याचार छ तैपनि सत्ता न्याय गरेको भनिरहन्छ । त्यो सत्ता परिवारमा, समाजमा, कार्यालयमा, कम्पनीमा, न्यायालयमा, सरकारमा जतासुकै छ । तर सबै सत्ताको मारमा चेपिएको, थिचिएको, शोषिएको जीवन दीनहीन अस्तित्वमा घिरिघिरि बाचिरहेको छ । मोक्षका ढोका थुनेर मोक्ष खोज्ने भोगिएको प्रवृक्ति काफ्काई हो । यो फ्रान्ज काफ्काको वैयक्तिक भोगाइको आख्यानीकरण हो । त्यसैले यसमा लेखकीय अन्तरवोध छ । कथाहरु मिथकीय जस्ता देखिए पनि ती वास्तविक हुन् । पेनाल कोलोनी, दी क्यासलले पनि जन्मेपछि अनाहक सजाय पाउनु मानिसको अनिवार्य भागीदारीलाई पुष्टि गर्छ । 
 
उनका केही कृतिहरु जिवित हुँदै छापिए तर तिनले खासै मान्यता पाएनन् । उनी स्थापित बनेनन् । आफू स्थापित हुनमा पनि उनलाइ खासै चासो थिएन । किनकी उनले लेख्नका लागि, स्थापित हुनका लागि, वाहवाहीका लागि लेखेका थिएनन् । ती त अक्षरमार्फत आफै पोखिएका जीवन थिए, व्यग्र व्यर्थतामा त्यत्तिकै लेखिएका अक्षर थिए, मनभित्रका गुम्फन थिए । आफ्नै लेखाइप्रति पनि उनको असहमति र असन्तुष्टि थियो । त्यसैले काफ्का दी ट्रायल, क्यासल र अमेरिका परिमार्जन गरी पूर्ण गर्न चाहन्थे । मृत्यु हुनुअघि काफ्काले नछापिएका कृतिका पाण्डुलिपि, डायरी र चिठीहरु आफ्ना एक मात्र आत्मीय साथी म्याक्स ब्रडलाई दिदै भनेका थिए–म यी कृतिबाट असन्तुष्ट र निराश छु । मेरो मृत्युपछि यी सबैलाई नहेरी जलाइदिनु । उनी चाहन्थे उनी मरेपछि उनका सबै कथाहरु उनीसंगै मरुन । ब्रडले साथीलाई हुन्छ त भने, साथीको अन्तिम इच्छा पूरा गर्दिन भन्न सक्ने अवस्थामा थिएनन तर सच्चाइमा त्यसो नगरीे साथीको मृत्युपछि उनका सबै कृति क्रमशः प्रकाशित गरेर काफ्काको विचार र विश्व वाङ्मयलाई ठूलो गुण लगाए । एक महान मानिस, विशिष्ठ स्रष्टा जसले आफूलाई चिनेका थिएनन्, उनको ज्ञान र दर्शनबाट विश्व लाभान्वीत हुनपुग्यो । काफ्काका यी कृतिहरु पछि विश्व साहित्यको इतिहास दुई भागमा विभाजन गर्न सकिने भयो, एउटा काफ्का पूर्व र अर्को काफ्का पछि । भारतका निर्मल बर्मा, नेपालका पारिजात, प्रेमा शाहहरुमा उनको लेखनीको बेस्सरी प्रभाव परेको छ । 
 
हामीमध्ये कतिले आफूलाई महत्ताहीन ठानेर वर्वाद पारेका छौ । आफ्ना सन्तानलाई राम्रो गर्ने नाममा वर्वाद गरेका छौ । राम्रो गर्ने नाममा संस्थालाई अमानवीय बनाएका छौ । उचित प्रक्रियाका नाममा व्यूरोक्रेटिक सञ्जालबाट अनुचित गरेका छौ । प्रणालीका नाममा बेथिति बसाएका छौं । न्यायका नाममा अन्याय गरेका छौ । सेवाका नाममा शासन गरेका छौ । यी सबै सत्ताका प्रवृत्तिलाई विद्युतीय झड्का दिने स्रष्टाका रुपमा फ्रान्ज काफ्का देखिएका छन् । काफ्काका कृति अक्षर होइनन्, जञ्जालीकृत जटिल जीवनको वस्तुगत चित्र हुन्, समाजप्रतिको असहमति हुन् । यी असहमतिका स्वरहरु अर्थहीन होइनन, अर्थवान छन्, अस्तिवादी छन् । समाज र शासनले त्यसलाई अनदेखा गरेको छ । 
 
अस्त्वित्ववादीहरुको साझा मतमा मानिस विशेष परिस्थितिको परिणाम हो । मानिस पूर्वनिर्धाति अस्तित्वविनानै जन्मछ, अनि कर्म, स्वतन्त्रता र जिम्मेवारीले जीवनको अर्थ दिन्छ । अस्तित्ववादीहरु जीवनको कुनै अर्थ देख्दैनन् र निराश हुन्छन् । व्यग्र व्यर्थतामा जीवन जिइरहेका हुन्छन्, आफू हुनुको झिनो वोधले जीवनलाई घिच्याइरहेको हुन्छ । यही बोध वा हुनुको वोध नै अस्त्वि हो । जसरी काफ्का (लेखनीमा मात्र होइन, आफ्नै जीवनमा पनि) व्यर्थता (एव्जर्डिटी) भित्र अर्थ खोजिरहेका छन् । जाँ पल सार्त्रले भने झै अर्थहीन विश्वमा अर्थ खोज्नु (सर्च फर एन्सर एन अ एन्सलेस वर्ल्ड) अस्तित्वबोध हो । अस्तित्ववादीका लागि जीवनको अर्थ खोज्ने कुनै निर्धारित विधि र निर्देशिका छैन, सिद्धान्त र सूत्र पनि छैन, आफ्नै चेतना, विवेक र मूल्यमा बाँचिरहेको हुन्छ । आफ्नै निर्णय र निजत्वको चयन गर्ने सामर्थ्य र स्वतन्त्रता नराखेसम्म जीवनको अर्थ भेटिदैन । व्यक्तिको चयन नै एकमात्र यथार्थ हो, यसैले मात्र उसलाई आधिकारिकता र मूल्य दिन्छ । फ्रान्ज काफ्का र उनका आख्यानीकृत पात्रहरु रुची र बौद्धिकतामा रहेर जीवनको विवेचना गरिरहेका छैनन्, परिस्थिति र भोगाइ नै यस खालको छ कि त्यसले व्यग्र बेचैनीका साथ सकी नसकी मोक्ष मूल्य खोजिरहेका छन् । (@maianligopi)
 
 
मैनाली निवास, क्षितिज मार्ग,
शङ्खमूल । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार