Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
सामूहिक श्रद्धाञ्जली सभा

साहित्यकारहरुद्वारा भोटेकोशी बाढीका मृतकहरुको सम्झनामा दीप प्रज्वलन

साहित्यकारहरुद्वारा भोटेकोशी बाढीका मृतकहरुको सम्झनामा दीप प्रज्वलन

काठमाडौं । मुलुकका अन्य क्षेत्रझैं साहित्य क्षेत्रमा आवद्ध स्रष्टाहरु पनि भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीले गरेको अकल्पनीय र अपूरणीय मानवीय एवम् भौतिक क्षतिबाट मर्माहत भएका छन् । रसुवाको जलप्रलयबाट स्तब्ध साहित्यकारहरुले घटनामा दिवंगत भएकाहरुको सम्झना तथा उहाँहरुको आत्माको शान्तिको कामना गर्दै आज दीप प्रज्वलन गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

रसुवा बाढीको १३ औं दिन आज सरकारले मृतकहरूप्रति उच्च सम्मान प्रकट गर्दै शोक दिवस मनाउने निर्णय गरेसँगै साहित्यकारहरुले पनि काठमाडौंको गुह्रेश्वरीस्थित बागमती नदीमा तटमा भेला भई सामूहिक श्रद्धाञ्जली सभा गरेका छन् । त्यसअघि एक मिनेट मौनधारण गरिएको थियो । साहित्यिक संस्था समन्वय समितिको आयोजनामा साँझ आयोजना गरिएको कार्यक्रममा दिवंगतहरुको मुक्तिकैवल्यको कामनामा दीप प्रज्वलन गर्दै स्मरण गरिएको थियो । यस्तै, त्यस्तै बाढीमा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता भएकाको अवस्था छिटो पत्ता लागोस् कामना पनि गरिएको थियो ।

समितिका अध्यक्ष राधेश्याम लेकाली, सदस्य सचिव श्रीओम श्रेष्ठ 'रोदन', बरिष्ठ कलाकार मदनदास श्रेष्ठले रसुवा घटनाबाट सिङ्गो साहित्य जगत मर्माहत भएको भन्दै राष्ट्रिय विपत्तिको समयमा दिवंगतहरुप्रति श्रद्धासुमन अर्पण गर्न दीप प्रज्ज्वलन कार्यक्रम राखिएको बताउनुभयो । साथै, उहाँहरुले बाढीमा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता भएकाको खोजी कार्यमा तदारुकताको कामना पनि गर्नुभयो । कार्यक्रममा करिब ८५ जनाको बाक्लो उपस्थिति रहेको थियो ।

_DSC0321_11zon.jpg
undefined
_DSC0359_11zon.jpg
undefined
_DSC0370_11zon.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार