चालू आर्थिक वर्ष २०८३/८४ को तीन महिनामा नेपालकाे विदेशी मुद्रा सञ्चिति ६.८ प्रतिशतले बढेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार गएको असार मसान्तसम्म ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको विदेशी मुद्रा सञ्चिति बढेर ४१ खर्ब ६१ अर्ब १४ कराेड रुपैयाँ पुगेको छ । यो सञ्चिति झन्डै २० महिनाको वस्तु आयातका लागि पर्याप्त हो ।
यस्तै तीन महिनामा चालू खाता २ खर्ब ७९ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको छ । गएको आर्थिक वर्षको यही अवधिमा चालू खाता २ खर्ब ३८ अर्ब रुपैयाँले बचतमा रहेको थियो ।
यस अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँले बचतमा रहेको छ । गएको आर्थिक वर्षको यही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँले बचतमा थियो ।
यस्तै गएको असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत रहेको छ । गएको वर्षको यही महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फिीति १.४७ प्रतिशत रहेको थियो ।
चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको असोजमा १.४७ प्रतिशत रहेको मुद्रास्फीति दर एक वर्षमा ४.९० प्रतिशत बिन्दुले बढेको हो। यो अघिल्लो वर्ष सोही महिनाको दरको चार गुणाभन्दा बढी हो।
असोजमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.४० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ५.४६ प्रतिशत रह्यो। अघिल्लो वर्षको असोजमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य २.५४ प्रतिशतले घटेको थियो भने गैरखाद्य तथा सेवा समूहको मूल्य ३.८० प्रतिशतले बढेको थियो।
चालु आर्थिक वर्षको पहिलो तीन महिनाको औसत मुद्रास्फीति ६.२२ प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिमा औसत मुद्रास्फीति १.६७ प्रतिशत थियो।
खाद्य तथा पेय पदार्थतर्फ घिउ तथा तेलको मूल्य १६.४४ प्रतिशत र फलफूलको १५.४६ प्रतिशतले बढेको छ। चिनी तथा चिनीजन्य पदार्थको मूल्य ११.८४ प्रतिशत, माछा तथा मासुको ८.९१ प्रतिशत, मरमसलाको ७.७१ प्रतिशत र तरकारीको ७.२८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ।
गैरखाद्य तथा सेवा समूहमा यातायातको मूल्यवृद्धि १२.९७ प्रतिशत छ। मदिराजन्य पेय पदार्थको मूल्य ८.८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ७.०६ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ६.१० प्रतिशत र सुर्तीजन्य पदार्थको ५.४५ प्रतिशतले बढेको छ।
प्रदेशगत रूपमा मधेशमा सबैभन्दा बढी ७.३७ प्रतिशत र सुदूरपश्चिममा सबैभन्दा कम ५.१३ प्रतिशत मुद्रास्फीति छ। ग्रामीण क्षेत्रमा उपभोक्ता मूल्य सूचकाङ्क ६.६३ प्रतिशत र सहरी क्षेत्रमा ६.२८ प्रतिशतले बढेको छ।
भौगोलिक क्षेत्रअनुसार तराईमा ६.८८ प्रतिशत, पहाडमा ६.१४ प्रतिशत, काठमाडौँ उपत्यकामा ५.९२ प्रतिशत र हिमाली क्षेत्रमा ५.५७ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले जनाएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com