बागलुङमा सहकारी संस्थाको नियामकीय व्यवस्था सम्बन्धी अभिमुखीकरण सम्पन्न
२० कार्तिक २०८३, बागलुङ। बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को सहयोगमा बागलुङ बजारमा शुक्रबार एकदिने सहकारी संस्थाको नियामकीय व्यवस्था सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। सहकारी संस्था सञ्चालनमा साझा बुझाइको विकास गर्ने तथा पछिल्ला सहकारी नीति, नियम, मापदण्ड र परिपत्रहरूबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
बागलुङ जिल्लामा क्रियाशील २७ वटा सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापक गरी ४८ जनाको सहभागिता रहेको कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी क्षेत्रमा भइरहेका नियामकीय परिवर्तनका कारण प्रारम्भिक सहकारी संस्थाहरूमा अन्योल सिर्जना भएको बताउनुभयो। उहाँले नियामकीय व्यवस्थामा भएका परिवर्तनबारे साझा बुझाइ निर्माण गर्न कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै सहकारी संस्थाका सञ्चालकहरू निरन्तर तालिम तथा शिक्षामा सहभागी भई वित्तीय व्यवस्थापन र नियामकीय परिवर्तनबारे जानकार रहनुपर्नेमा जोड दिनुभयो।
संस्थाहरू सदस्यप्रति जिम्मेवार र जवाफदेही भएर सञ्चालन हुनुपर्ने बताउँदै उहाँले संस्थाको वृद्धि, विकास र गुणस्तर कायम गर्न सञ्चालक तथा व्यवस्थापनको प्रतिबद्धता व्यवहारमै देखिनुपर्ने धारणा राख्नुभयो। स्वनियमन र सुशासनलाई केवल सैद्धान्तिक विषयमा सीमित नराखी सदस्यको जीवनस्तर र सन्तुष्टिमा समेत प्रतिविम्बित गराउनुपर्ने उहाँको भनाइ थियो।
नियामकीय परिवर्तनको संक्रमणकालीन अवस्थामा सहकारी अभियानलाई सहजीकरण गर्न नेफ्स्कूनले सदस्य सूचना प्रणाली (MIS) तथा स्क्यान कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिँदै उहाँले निरन्तर तालिम तथा शिक्षाका कार्यक्रममार्फत सहकारी संस्थाहरूको क्षमता अभिवृद्धिमा सहयोग गरिरहेको बताउनुभयो। साथै, संरक्षकको भूमिकामा जिल्ला बचत संघ तथा केन्द्रीय संघ सधैँ सहकारी संस्थाहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सल्लाहकार एवं बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। उहाँले बाल्यकालदेखि नै बचत गर्ने बानीको विकास गराउन आफ्नो पालिकाले सहकारी शिक्षालाई विद्यालयको पाठ्यक्रममै समावेश गरेको जानकारी गराउनुभयो।
कार्यक्रमको उद्घाटन सत्र समापन गर्दै जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापन पक्षले आ–आफ्नो भूमिका स्पष्ट रूपमा बुझी सदस्यप्रतिको जिम्मेवारी र दायित्व पूरा गर्न प्रतिबद्ध हुनुपर्ने बताउनुभयो। उहाँले सहकारी क्षेत्रमा कार्यरत सबैले वित्तीय व्यवस्थापन र नेतृत्वसम्बन्धी विषयमा आफूलाई निरन्तर अद्यावधिक राख्नुपर्नेमा जोड दिँदै तालिम तथा शिक्षामा गरिने खर्चलाई खर्च नभई संस्थाको दीर्घकालीन विकासका लागि गरिएको लगानीका रूपमा लिनुपर्ने बताउनुभयो। साथै, यस्ता कार्यक्रमलाई संस्थाको वार्षिक बजेट तथा योजनामै समावेश गरी निरन्तर सिकाइको वातावरण निर्माण गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रमको प्राविधिक सत्र नेफ्स्कूनका प्राचार्य बल्लभ तिमल्सिनाले सहजीकरण गर्नुभएको थियो। उहाँले सहकारी संस्थाका नियामकीय निकायहरू, नियामकीय कानुन, नियम तथा मापदण्ड, नियामकीय अनुपालनाका क्षेत्रहरू, पूँजी पर्याप्तता र जोखिम विश्लेषणलगायतका विषयमा प्रस्तुतीकरण तथा अन्तरक्रियामार्फत सहजीकरण गर्नुभएको थियो।
संघका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत संघका सदस्य थमप्रसाद शर्माले गर्नुभएको थियो भने सञ्चालन वीरबहादुर किसानले गर्नुभएको थियो।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com