काठमाडौं । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको आयोजना तथा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा साहित्योत्वसको अर्को एउटा श्रृङ्खला सम्पन्न भएको छ । २०८३ कार्तिक १९ गते बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यिक पत्रिका ‘कलाश्री’को १४ औं वार्षिक अङ्क तथा ई–पत्रिकाको लोकार्पण गरिएको थियो । यसैगरी, करिब डेढ दर्जन कविहरुले विश्व शान्तिको कामना गर्दै कविता वाचन गरेका थिए जसलाई ‘शान्ति कविता गोष्ठी’ नाम दिइएको थियो । कार्यक्रममा स्लोभेनियन कविहरुले युद्धसँगै मानवताको विषयमा कविता वाचन गरेका थिए भने नेपाली कविहरुका कवितामा शान्ति, मानवीय संवेदना र मानवता, प्रकृतिप्रेम, मानवचरित्रका पाटाहरु, महिला शसक्तिकरण आदि विविध विषय अटाएका थिए ।
नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा एनएलजी कलाश्री सिर्जना पुरस्कार कोहलपुरका कवि प्रदीप भट्टराई र नेपाल सम्मान २०२६ स्लोभेनियाली कवि ब्राने मोजेतिच्लाई प्रदान गरिएको थियो ।
दुई दशकदेखि नेपाली भाषा, साहित्य र सिर्जनाको श्रीवृद्धिमा निरन्तर क्रियाशील नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको यस वर्षको कार्यक्रममा चीनः शाश्वत आवाज, नाइजेरियाः शाश्वत आवाज, स्लोभेनियाः शाश्वत आवाज र नेपाली २५ कविका कविताको स्लोभेनियाली भाषामा अनूदित कृतिको चिनियॅा सांस्कृतिक केन्द्रका उपनिर्देशक र स्लोभेनियाली कविहरू को उपस्थितिमा लोकार्पण गरिएको थियो ।
प्रतिष्ठानकी अध्यक्ष शसक्त कवि एवम् निबन्धकार मोमिला जोशीको सभापतित्वमा आयोजित कार्यक्रममा पूर्व मन्त्री एवम् साहित्यकार शंकरप्रसाद कोइराला (एसपी कोइराला), पूर्व मुख्य सचिव विमल कोइराला, एनएलजी इन्स्योरेन्स कम्पनीका अध्यक्ष विमल प्रसाद वाग्ले, बरिष्ठ साहित्यकारहरु दिनेश अधिकारी, उषा शेरचन लगायत थुप्रै साहित्यिक मनहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरुले राजनीतिक अशान्ति, खिचातानी, असहज आर्थिक परिस्थिति, विश्व परिवेश आदिका बाबजूद प्रतिष्ठानको यो कार्यक्रम वास्तवमै साहित्यको एउटा उत्सव भएको बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि कोइराला र बिशिष्ट अतिथि कोइरालाले नेपाली भाषा साहित्यको क्षेत्रमा प्रतिष्ठानले अनुकरणीय कामहरु गरेको भन्दै यस्ता कामको निरन्रतासँगै वृद्धिको कामना गर्नुभयो ।उहाँहरुले कम्पनीहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत नेपाली भाषा साहित्यको विकासका लागि केही सहयोग गर्नुपर्ने भएपनि नेतृत्वमा पदासीनहरु कत्तिको साहित्यिक मन भएका हुन्छन् त्यसमा भर पर्ने भन्दै एनएलजी इन्स्योरेन्सले प्रतिष्ठानमार्फत विगत दुई दशकदेखि गर्दै आएको सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा चिनियॅा सांस्कृतिक केन्द्रका उपनिर्देशक लिउ जानपिङले पनि भाषा साहित्यको क्षेत्रमा गरिने काममा साथ, समर्थन र सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो भने स्लोभेनियाली कविहरुकातर्फबाट ब्राने मोजेतिच् र ब्जाज बोजिच्ले पनि दुई मुलुकबीचको यो साहित्यिक सहकार्य र सिर्जनात्मक प्रयासको प्रशंसा गर्नुभयो ।
यसैगरी, एनएलजी इन्स्योरेन्स कम्पनीका अध्यक्ष वाग्लेले नेपाली भाषा साहित्यको अनुवादमार्फत यसको विश्वव्यापी चर्चापरिचर्चा आवश्यक भएकोमा जोड दिनुभयो । उहाँले एआईको विकासले असली र नक्कली सिर्जना कसरी पहिचान गर्ने भन्ने चुनौती पनि थपिएको चर्चा गर्नुभयो । उहाँले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत नेपाली भाषा साहित्यको विकासका लागि सक्दो सहयोग गर्दै आएको भन्दै मुनाफाको आधारमा के कति सहयोग गर्न सकिने निर्धारण हुने भन्दै नियमसंगत हिसाबले सहयोग गरिने जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष राजेश्वर कार्की, महासचिव अरुणा वैद्य, कोषाध्यक्ष सुन्दर बस्नेत, अनुवादक केशव सिग्देल, बलबहादुर थापा लगायतको उपस्थिति थियो ।
कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष जोशीले एनएलजीसँगको विगत करिब दुई दशकको सहकार्यका लागि कृतज्ञता व्यक्त गर्दै नेपाली भाषा साहित्यको संरक्षण र संवर्द्धनमा कम्पनीले गरेको सहयोग आगामी दिनमा अझ वृद्धि हुँदै गर्ने अपेक्षा व्यक्त गर्नुभयो । साथै उहाँले प्रतिष्ठानमार्फत भएका कामहरु र यो दीर्घ सक्रियतानै यसको परिचायक भएको प्रष्ट पार्नुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com