काठमाडौं । महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११८ औं जन्मजयन्तीको अवसरमा काठमाडौंको चाबहिलस्थित वीरेन्द्र पुस्तकालयले खुला कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । दुई चरणमा आयोजना हुने प्रतियोगिता अन्तर्गत पहिलो चरणमा प्राप्त कविताहरूमध्ये निर्णायक मण्डलले उत्कृष्ट १० वटा कविता छनोट गर्नेछ भने दोस्रो तथा अन्तिम चरणमा छनोटमा परेका प्रतियोगीहरूले निर्धारित मिति र स्थानमा उपस्थित भई मञ्चमा प्रत्यक्ष कविता वाचन गर्नेछन् ।
सबै उमेर समूहका व्यक्तिहरूका लागि खुला हुने प्रतियोगितामा एक जना प्रतियोगीले एउटा मात्र कविता पेश गर्नुपर्नेछ भने कविता नेपाली भाषामा लेखिएको हुनुपर्नेछ। यसैगरी, कविता खुला विषयवस्तुमा आधारित पूर्ण रूपमा मौलिक र अप्रकाशित कविता हुनुपर्ने भन्दै आयोजकले अधिकतम १५० शब्दको कविता हुनुपर्ने जनाएको छ । प्रत्यक्ष कविता वाचनका लागि छनौट भएका कविताह वाचनका लागि अधिकतम ३ मिनेटको समय उपलब्ध हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई ५०,००० रुपैयाँसहित प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी, द्वितीय पुरस्कार २५,००० र प्रमाणपत्र तथा मायाको चिनो तथा तृतीय पुरस्कार १०,००० रुपैयाँ र प्रमाणपत्र तथा मायाको चिनो राखिएको छ । प्रतियोगितामा सहभागी हुन चाहनेले मंसिर ४ गते साँझ ५ बजेसम्म कविता पठाइसक्नुपर्नेछ । प्रत्यक्ष कविता वाचन कार्यक्रम मंसिर ८ गते दिउसो १ बजे वीरेन्द्र पुस्तकालय कुटुवहाल वडा ७ चावहिलमा राखिएको छ ।
कविता Google Form: https://docs.google.com/.../1FAIpQLSd6XKdj9DA.../viewform...
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com