काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका आलापोटस्थित सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. लामो इतिहास बोकको समुदायमा आधारित सदस्य केन्द्रित संस्था हो । स्थानीय लब्धप्रतिष्ठितहरुको सहभागितामा सञ्चालित क्लबको विस्तारित रुप मानिदैं आएको सहयोगी साकोस साँच्चिकै सदस्य र समुदाय सहयोगी भएको दाबी यसका अध्यक्ष रामेश्वर श्रेष्ठ गर्नुहुन्छ । सहकारी अभियानमा निस्वार्थ संलग्न रहनुभएका श्रेष्ठ समुदायको सुःख दुःखको साथी सहयोगी साकोस भएको बताउनुहुन्छ ।
३३ वर्षको गौरवपूर्ण इतिहास बोकेको संस्थाले वित्तीय कारोबारसँगै सदस्य सुरक्षा र राहत एवम् सुविधाका थुप्रै कार्यक्रमहरु सञ्चालन गरेको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । श्रेष्ठ भन्नुहुन्छ, 'सहयोगी साकोस र सदस्यहरुबीच अन्योन्याश्रित सम्बन्ध स्थापित भएको छ । यो तपाईं हाम्रा आम सदस्यहरुसँग बुझ्नसक्नुहुन्छ ।'
हिजोको बलियो इतिहास, आजको इमानदार, पारदर्शी र विश्वसनीय कामका आधारमा सदस्यहरुले सहयोगी साकोस भोलिको सहकारी अभियानको स्तम्भ भएको मान्दै आएको उहाँले खुलाउनुभयो ।
संस्थाको पछिल्लो अवस्था हेर्ने हो ६ हजार ८ सय ८० सदस्य रहेको सहयोगमीमा २२ सय ५० सदस्यले ऋण सेवा उपभोग गर्नुभएको छ । ८ करोड बढी शेयर पुँजी छ भने ६० करोड ८९ लाख बढी बचत संकलन तथा ५८ करोड बढी ऋण लगानी छ । ८० करोड बढी कुल सम्पत्तिर रहेको सहयोगी साकोसमा हाल २९ प्रतिशत तरलता छ । यसैगरी, ५ करोड ३३ लाख बढीको जगेडा कोष छ ।
यसैबीच, संस्थाका अध्यक्ष एवम् समाजसेवीको समेत छाप बनाउनुभएका श्रेष्ठसँग धिप्री डटकमले रसुवा बाढी भन्दा केही समय अघि नै लामो संवाद गरेको थियो । सहकारी अभियान, अभियानमा राजनीति, अभियानका अगुवाहरु, मुलुकको सहकारी अभियानको वर्तमान र भविष्यसँगै सहयोग साकोसको विगत, वर्तमान र आगत आदिमा फैलिएको उक्त कुराकानीको सम्पादित भिडियो अंश यहाँ प्रस्तुत गरेका छौं:
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com