काठमाडौं । २०२४ सालमा धनकुटामा जन्मनुभएकी मोमिला जोशी नेपाली साहित्याकाशकी चम्किलो नक्षत्र हुनुहुन्छ । कविता, निबन्ध र समालोचनामा प्रखर उहाँ लामो समय प्राध्यापन पेशामा समेत संलग्न रहनुभयो । लेखन र प्राध्यापनसँगै सम्पादन पनि उहाँको अर्को कर्म रहेको छ ।
नृत्य, गायन, चित्रकलामा पनि जोशी कुशल हुनुहुन्छ । 'म कवि, निबन्धकार वा समालोचक नभएको भए आफू चित्रकार हुन्थेँ, 'उहाँ भन्नुहुन्छ । ९ वर्षबाट उहाँ कविता लेखनमा लाग्नुभयो । आधाशताब्दी भैसकेको छ मोमिला जोशी साहित्यमा लाग्नुभएको । यद्यपि, बीचमा करिब एक दशक उहाँ सक्रिय साहित्यबाट टाढै रहनुभयो । तर, साहित्यले उहाँलाई छोडेन र अचेल झनै सक्रियता बढेको छ ।
पैयुँ फुल्न थालेपछि (कविता–२०५२०, नीलो नीलो आकाश र दुई थोपा आँसु (सहलेखन–२०५३०), जूनकीरीहरु ओर्लिरहेछन् (कविता–२०५५), दुर्गम उचाइमा फूलको आँधी (कविता–२०६०), ईश्वरको अदालतमा आउटसाइडरको बयान (ललित निबन्ध–२०६३), भीमसेन थापाको सुसाइड नोट (कवितासङ्ग्रह २०७०), प्रश्नहरू त बाँकी नै रहन्छन् लगायत जोशीका दुईवटा पुस्तक अङ्ग्रेजी भाषामा पनि प्रकाशित छन् ।
दुई दर्जनभन्दा बढी पुरस्कारले सम्मानित मोमिला आधा दर्जन जस्तो संघसंस्थामा आबद्ध रहनुभएको छ । कलासाहित्य डट कम प्रतिष्ठानको सक्रिय अध्यक्षता निभाउँदै उहाँले नेपाली कला साहित्य यात्रामार्फत् देश तथा विदेशमा नेपालीसाहित्यको आवाज सम्प्रेषण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।
यसैबीच, उहाँको साहित्यिक जीवन, नेपाली साहित्यको जीवन, भावी योजना आदिबारे धिप्रीडटकमले केही समय अघि लामो संवाद गरेको थियो । प्रस्तुत छ, उक्त संवादको सम्पादित अंश:
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com