Sep 18 2026 | २०८३, असोज २ गते

Sep 18 2026 | २०८३, असोज २ गते

Follow us
धिप्री संवाद

सहकारीहरुको प्रविधि सोलुशन हो प्रिमियम टेक्लोलोजिज्: सिईओ अपिल कोइराला (भिडियो)

सहकारीहरुको प्रविधि सोलुशन हो प्रिमियम टेक्लोलोजिज्: सिईओ अपिल कोइराला (भिडियो)

काठमाडौं । सहकारी अभियानसँग जोडिएको करिब १२ वर्ष पुग्नै लागेको छ-प्रिमियम टेक्नोलोजिज् प्रा.लि । नाम नै काफी छ भनेझैं प्रिमियम टेक्नोलोजिज्को नामले नै यो सहकारी क्षेत्रसँग प्रविधिका दृष्टिकोणबाट जोडिएको छ भन्ने स्पष्ट हुन्छ । जोडिएको मात्रै होइन, अन्योन्याश्रित रुपले जोडिएको छ भन्न रुचाउनुहुन्छ प्रिमियम टेक्नोलोजिज् प्रा.लि.का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) अपिल कोइराला ।

संयोग कस्तो भने प्रिमियम टेक्नोलोजिज्का मुख्य व्यक्ति मोहन बानसँग अपिल कोइरालाको लामो बसउठले दुबैलाई दीर्घकालीन सहकार्यको यात्रामा डोहोर्याएको छ । सोही कारण प्रविधिमा पोख्त मोहन बान र सहकारी व्यवस्थापनमा पोख्त अपिल कोइरालाबीचको यो सहयात्रा सही मार्गमा अविचलित हिड्ने विश्वास दुबै जनाको छ ।

कोर बैंकिङ सफ्टवेयर सेवा प्रदायक प्रिमियम टेक्नोलोजीज प्रालि को प्रमुख कार्यकारी अधिकृतमा अपिल कोइराला करिब दुई महिना अघि मात्र नियुक्त हुनुभएको हो । बैंकिङ तथा सहकारी क्षेत्रको व्यवस्थापन गरी करिब २ दशक लामो अनुभव हासिल गर्नुभएका कोइराला यस क्षेत्रमा चिरपरिचित अनुहार हो । कम्पनीले १२औं स्थापना दिवसको अवसरमा सहकारी अभियानका लागि केही नयाँ चीज पस्कने भव्य तयारी समेत गरेको छ । कोइराला प्रिमियम सीबीएससँग जोडिएलगत्तै कम्पनीको 'रिभ्याम्प'का काम शुरु भएको छ ।

आईएसओ ९००१ः२०१५ प्रमाणित प्रिमियम सीबीएसले सहकारी क्षेत्रमा आफ्नो लोकप्रियतालाई अर्को उचाइ प्रदान गर्ने दिशामा दत्तचित्त भएर लागिपरेको छ । यसै मेसोमा सहकारी क्षेत्रमा करिब १४ वर्षको अनुभवी अपिल कोइरालासँग नयाँ जिम्मेवारी, नयाँ गन्तव्य, नयाँ सम्भावना आदिबारे धिप्री डटकमले हिजो संक्षिप्त संवाद गरेको छ । संवादकै क्रममा पनि उहाँले आफूले प्रारम्भिक संस्थाहरुमा काम गर्दा पाएका डिजिटल ल्याप्सेजहरुलाई अब प्रिमियम सीबीएसमार्फत पूर्ति गर्ने गरी काम भैरहेको भन्दै यसको नतिजा आउन केही समय पर्खनुपर्ने बताउनुभयो ।

प्रस्तुत छ, उक्त संवादको सम्पादित भिडियो अंश:

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार