काठमाडौं । प्रविधिमैत्री सहकारी सेवाको उद्देश्यसहित २०७२ सालमा स्थापित प्रिमियम टेक्नोलोजीज् प्रा.लि आजबाट विधिवत् रुपमा १२औं वर्ष प्रवेश गरेको छ । कम्पनीले सबैको साथ सहयोगमा लामो इतिहास निर्माण गर्न सकेको भन्दै यो खुसी साट्न पाउँदा गौरवान्वित भएको जनाएको छ ।
सहकारीलाई डिजिटलाइज गराउने अभियानमा अग्रणी भूमिका निर्वाह गरेको प्रिमियम टेक्नोलोजीज्मार्फत अत्याधुनिक वेब बेस्ड प्रविधियुक्त कोर बैंकिङ सिस्टम ‘प्रिमियम सीबीएस’ सञ्चालनमा छ । आईएसओ ९००१: २०१५ प्रमाणित ‘प्रिमियम सीबीएस’ सहकारी क्षेत्रमा अग्रणी एवम् लोकप्रिय मानिन्छ ।
यो युजर एवम् सभिस फ्रेण्ड्ली भएको उपभोक्ता सहकारीहरुले जनाएका छन् । प्रिमियम टेक्नोलोजीज प्रा।लि।ले निमार्ण गरेको यो कोर बैंकिङ सिस्टम हाल सातै प्रदेशका गरी ४ सय ५० बढी संस्थाहरुले प्रयोग गर्दै आएका छन्। कम्पनीले विगत ११ वर्षदेखि मूलतः सहकारी संस्था, लघुवित्त, व्यावसायिक कम्पनी तथा फर्महरूको सेवालाई प्रविधियुक्त बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अपिल कोइरालाले जारी गर्नुभएको प्रतिबद्धतामा भनिएको छ, ‘नियामक निकायहरूको आवश्यकतालाई सम्बोधन गर्ने गरी रिपोर्टिङ गर्न सकिने प्रणालीलाई उच्च प्राथमिकताका साथ थप सेवाको विकास गरेका छौं। किनकि, हाम्रा सदस्य संघ(संस्थाहरूलाई व्यवस्थित, वैधानिक, मर्यादित अनि विश्वसनीय बनाउनुपर्ने दायित्व र कर्तव्य ठानेका छौँ र यसमा हाम्रो दक्ष जनशक्तिको मेहनत स्तुत्य छ।’
उक्त प्रतिबद्धतामा भनिएको छ, ‘आज हामी ४५० संघ-संस्थासँग अटुट सम्बन्ध गाँस्न सफल भएका छौं। यो हाम्रो महत्वपूर्ण उपलब्धि र नियमित सञ्चालनमा रहिरहने बलियो आधार पनि हो। हामीले पाएको यो विश्वास आगामी दिनमा पक्कै बढोत्तरी हुनेमा हामी विश्वस्त छौं, किनकि हामी समयसापेक्ष परिमार्जित र परिस्कृत सेवा पस्कँदै जानेछौँ।’
सिईओ कोइरालाले भविष्यमा अत्याधुनिक प्रविधिहरू सहित थप परिस्कृत संस्करणहरू विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । साथै आजबाट प्रीमियम सीबीएस लाइट (Premium CBS Lite) आधुनिक कोर बैंकिङ सिस्टम सहज, सबल र सुरक्षित रूपमा प्रयोग गर्न मिल्ने गरी ग्राहक र सदस्यहरू माझ पस्कन पाउँदा अत्यन्त हर्षित भएको उल्लेख गर्नुभएको छ ।
कम्पनीले उत्कृष्ट सेवाका लागि ग्राहकहरूको सल्लाह, सुझाव तथा गुनासाहरू सही ढंगबाट सम्बोधन गर्ने र नियामकीय प्रबन्धहरूको पूर्ण पालना गर्दै वैधानिक जोखिमरहित सुव्यवस्थित प्रणाली लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । स्थापना दिवसको अवसरमा कम्पनीले ग्राहक, साझेदार, व्यवस्थापन, प्राविधिक, सरोकारवाला लगायत सम्पूर्ण शुभचिन्तकहरू प्रति हार्दिक आभार समेत व्यक्त गरेको छ ।
‘प्रिमियम सीबीएस’ ईआरपी र माईक्रो सर्भिस मोडेलमा आधारित छ । नविनतम् टेक्नोलोजीमा आधारित यस सफ्टवेरले डाटा सुरक्षा र संवेदनशीलतामा विशेष ध्यान दिएको दाबी गरेको छ । २ फ्याक्टर सेक्युरिटी, म्यानेजर तथा बोर्डलाई चाहिने म्यानेजमेन्ट रिपोर्ट, लोन अटोमेसन सिस्टम, नेपाली र अंग्रेजी भाषा, लाईभ च्याटरसर्पोट, नयाँ युजर इन्टरफेस लगायत यसका विशेषता छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com