Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
अटो इन्डस्ट्रीज

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ नयाँ सवारीसाधन लन्च गरिदैं, ५० बढी ब्रान्ड सहभागी हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ नयाँ सवारीसाधन लन्च गरिदैं, ५० बढी ब्रान्ड सहभागी हुने

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न लागेको 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५' मा ३५ वटा नयाँ सवारीसाधन लन्च गरिने भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा नाइमाले उक्त जानकारी दिएको हो । नाइमाले नेपालकै ठूलो प्रर्दशनीमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च गर्ने भएको हो ।

नाइमाद्वारा आयोजना गर्न लागिएको एक्स्पोबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा एक्स्पो समिति प्रमुख शिरीषकुमार मुरारकाले यसपालि नयाँ प्रविधि र मोडलहरु सार्वजनिक हुने, विद्युतीय सवारीसाधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने जानकारी गराउनुभयो ।

आयोजकका अनुसर भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने एक्स्पोमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने छन् भने विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने छ ।प्रर्दशनीमा १५ वटा दुई पाङ्गे, १५ वटा चार पाङ्गे, र ५ वटा कर्मगि गाडीहरु सार्वजनिक हुनेछन् ।

यस बाहेक संस्थाले प्रर्दशनीलाई लक्षित गरेर विशेष अनलाइन प्रतियोगिता पनि सार्वजनिक गरेको छ ।

प्रतियोगितामा २१ श्रावण सम्ममा नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक सजालमा अप्लोड गर्ने एक उत्कृष्ट प्रतिस्पर्धीलाई एक लाख र श्रावण २१ देखि २५ सम्म अप्लोड भएका १० उत्कृष्ट भिडियोहरु प्रत्येकलाई दश हजार नगद पुरस्कार प्रदान गरिने छ ।

नाइमा अध्यक्ष रितुसिंह वैद्यले ‘नाइमा मोबिलिटी एक्स्पो’ नेपालकै सबैभन्दा ठूलो र महत्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्ने विश्वास व्यक्त गर्नुभयो । साथै, प्रदर्शनीको पाँचौँ दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता रहने प्यानल डिस्कसनको बारेमा पनि उनले जानकारी गराउनुभयो ।

कार्यक्रममा नाइमाका अध्यक्ष ऋतुसिंह वैद्यले नाइमा मोबिलिटी एक्स्पो २०२५ नेपालकै सबैभन्दा ठूलो र महत्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्नेमा विश्वास व्यक्त गर्नुभयो ।यसका साथै प्रर्दशनीको पांचौ दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता रहने प्यानल डिस्कसन हुनेपनि जानकारी गराइएको थियो ।

नाइमा मोबिलिटी एक्स्पो २०२५ श्रावण २१ देखि २५ गतेसम्म आयोजना हुँदैछ जहाँ ५० भन्दा बढी ब्राण्डहरू सहभागी हुनेछन्। प्रर्दशनीको टिकट खल्ती बाई आईएमईमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार