बर्दिया । लुम्बिनी प्रदेश सरकारले ठाकुरबाबा नगरपालिका-१, भुरिगाउँ स्थित सिको बचत तथा ऋण सहकारी संस्था ‘उत्कृष्ट सहकारी पुरस्कार २०८१’ प्रदान गरेको छ । ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा लुम्बिनी प्रदेश कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्रालयले बुधबार आयोजना गरेको कार्यक्रममा सिको साकोसलाई यस वर्षको उत्कृष्ट सहकारी पुरस्कार प्रदान गरेको हो ।
सिको साकोसको कार्यसम्पादन र स्थलगत मुल्यांकनका आधारमा विभिन्न सूचकहरुमा गरिएको परीक्षणबाट साकोस उत्कृष्ट भएको हो ।
बचत तथा ऋणको माध्यमबाट वित्तीय सेवा प्रवाह गरी सहकारी व्यवसाय मार्फत सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उल्लेख्य योगदान पुर्याए वापत प्रदेश सरकारको नियमन क्षेत्राधिकार भित्र रहेका सहकारी संस्था मध्ये बचत तथा ऋणको सेवा तर्फबाट सिको साकोसलाई उत्कृष्ट सहकारी पुरस्कार प्रदान गरिएको सम्मानपत्रमा उल्लेख छ ।
संस्थाका अध्यक्ष दामोदर अधिकारीलाई मुख्य मन्त्री चेतनारायण आचार्यले उक्त पुरस्कार हस्तान्तरण गरेका थिए । अधिकारी सोही संस्थाबाट प्रनिधित्व गर्दै नेफ्स्कूनको वरिष्ठ उपाध्यक्ष छन् ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै मुख्य मन्त्री चेतनारायण आचार्यले समाजिक सेवाको व्यवसाय मार्फत सदस्यहरुको आर्थिक, सामाजिक जीवनस्तर सुधारमा लागेको सहकारी क्षेत्रमा बाहिरबाट गलत र छद्मभेषी व्यक्तिहरु प्रवेश गरेर सहकारीको बदनाम गराउने र सहकारीको बचतको दुरुपयोग समेत गर्ने गरेको पाइएको बताए ।
कार्यक्रममा कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले सहकारीलाई प्रदेश सरकारले कार्यसम्पादन मूल्यांकनले असल सहकारी र कमसल सहकारीको वर्गिकरण गर्न सकिने र कमसललाई सच्याउन अवसर मिल्ने बताए ।
कार्यक्रममा सिको साकोसका अध्यक्ष एवं नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले प्रदेश सरकारले सहकारीहरुको कार्यसम्पादन स्तरलाई मुख्य आधार बनाएर अनुगमन अगाडि बढाएको विषय प्रशंसायोग्य रहेको विचार व्यक्त गरेका थिए । उनले नियत बस ऋण नतिरी भाखा नाघाएर बस्ने सदस्यहरुलाई सरकार मातहत प्रदान गरिने सेवा सुविधामा कटौति गरेर ऋण असुली सहजताका लागि समन्वय गरिदिन समेत सरकारलाई अनुरोध गरेका थिए।
लुम्बिनी प्रदेश सरकार मातहत ८ सय ४८ सहकारी छन् । प्रदेशले सहकारीमा वित्तीय व्यवस्थापन, सदस्य केन्द्रीयता, सुशासन, कार्यसम्पादन स्तर, आन्तरिक व्यवसायिक प्रक्रिया, सिकाई र बृद्धि लगायत विविध ८० वटा सूचकका आधारमा बचत तथा ऋण सहकारीको स्थलगत अनुगमन शुरु गरेको छ । जस अन्तर्गत बचत तथा ऋण सहकारी मध्येबाट दुई सहकारी र अन्यबाट दुई सहकारी गरि ४ वटा सहकारीलाई पुरस्कृत गरेको हो । हिजो चैत्र २० गते, नेपालमा सहकारी स्थापना भएको दिनलाई स्मरण गर्दै मर्यादित सहकारीः समुन्नत समाज भन्ने आदर्श वाक्यलाई मुल थिम मानेर देशव्यापी रुपमा ६८औं राष्ट्रिय सहकारी दिवस मनाइएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com