२६, श्रावण २०८२, बागलुङ । १९९८ सालमा स्थापना भएको बागलुङ बजारको दक्षिणतर्फ, बागलुङ नगरपालिका–९, तित्याङस्थित ऐतिहासिक र रमणीय शिवपुरी डाँडामा रहेको आशापूर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भव्य धार्मिक संरचना निर्माणको योजना अघि बढाइएको छ ।
शिवालय मन्दिर व्यवस्थापन तथा संरक्षण समितिको २०८२ श्रावण १९ गते बसेको बैठकले समितिका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको संयोजकत्वमा ४५ सदस्यीय निर्माण उपसमिति गठन गर्ने निर्णय गरेको हो। सो निर्णयअनुसार मन्दिर परिसरमा १०८ शिवलिङ्ग, एकादश र द्वादश रुद्र, नवग्रह, अष्ट चिरञ्जिवी महादेवलगायतका संरचना निर्माण गरिनेछ ।
सोमबार सम्पन्न शिवालय मन्दिर व्यवस्थापन तथा संरक्षण समिति र धार्मिक संरचना निर्माण उपसमितिको संयुक्त बैठकले संरचना निर्माणका लागि विभिन्न संघ–संस्था, कार्यालय र व्यक्तिहरूलाई सहयोगका लागि अनुरोध गर्ने निर्णय गरेको छ। समितिका अध्यक्ष पौडेलका अनुसार करिब ५० लाख रुपैयाँ अनुमानित लागतमा सम्पन्न हुने यस परियोजनामा ३० इन्चको पशुपतिनाथ मूर्ति एकवटा २ लाखमा, १२ इन्चका एकादश रुद्र ११ वटा २५ हजारका दरले २ लाख ७५ हजारमा, १५ इन्चका द्वादश रुद्र १२ वटा २५ हजारका दरले ३ लाखमा, १०७ शिवलिङ्ग २० हजारका दरले २१ लाख ४० हजारमा, १८ इन्चका नवग्रह ९ वटा ५५ हजारका दरले ४ लाख ९५ हजारमा र १२ इन्चका अष्ट चिरञ्जिवी ८ वटा २५ हजारका दरले २ लाखमा निर्माण गरिने प्रारम्भिक योजना रहेको छ ।
अध्यक्ष पौडेलले यो परियोजना पूर्ण रूपमा समुदायको सहयोगबाट सम्पन्न गर्ने लक्ष्य राखिएको बताउँदै असोज मसान्तभित्र लागत रकम संकलन गरी आउने शिवरात्रिको अवसरमा शिवलिङ्गको प्राण प्रतिष्ठा सम्पन्न गर्ने निर्णय भएको जानकारी गराउनु भयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com