काठमाडौं । नेपालबाट ११ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात हुन थालेको छ । भारतले नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादन भएको ८० मेगावाट विद्युत् खरिदका लागि सहमति प्रदान गरेसँगै नेपालको निर्यात बढेर ११ सय मेगावाट पुगेको हो ।
यसअघि अनुमति प्राप्त १०१०.९ मेगावाट र थपिएको ८० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०९०.९ मेगावाट पुगेको हो । नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात भइरहेको छ । यी सबै गरेर नेपालबाट कुल निर्यात हुनसक्ने परिमाण ११ सय ३० दशमलव ९ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
पछिल्लो पटक २६ साउनमा भारत सरकारले २०० मेगावाटका लागि अनुमति प्रदान गरेकोमा बिहीबार थप ८० मेगावाटका लागि अनुमति प्रदान गरेको हो । यसअन्तर्गत ४८.५ मेगावाटको मेवा खोला र ३१.०४ मेगावाटको करुवा सेती हाइड्रो पावरबाट उत्पादित विद्युत् भारत निर्यात हुनेछ ।
यो अनुमति दुईपक्षीय सम्झौताअन्तर्गत मध्यम अवधिका लागि प्राप्त भएको र यो २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्म कायम रहने प्राधिकरणले जनाएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com