Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
कुशे औंसी

गोकर्ण औंसीमा गोकर्णेश्वर मन्दिर (भिडियो)

गोकर्ण औंसीमा गोकर्णेश्वर मन्दिर (भिडियो)

काठमाडौं । आज कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन । बुवा हुनेहरुले कुसे औंसीको दिन परम्पराअनुसार आफ्नो बुवालाई भेटेर मन पर्ने खानेकुरा खुवाई आदर सम्मान प्रकट गर्दछन् भने  बुवा नभएकाहरुले गोकर्णेश्वर मन्दिरको दर्शन गर्ने र बागगमती नदी किनारमा श्राद्ध गर्दछन् । काठमाडौंको गोकर्णेश्वर मन्दिर परिसरमा आज दिनभर घुइँचो लागेको छ । कुशे औंसीलाई गोकर्ण औंसी पनि भनिन्छ । उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा घुइँचो लाग्ने भएकाले आजको दिनलाई गोकर्णे औंसी पनि भनिएको हो ।

पितृको नाममा तर्पण, पिण्डदान एवम् श्राद्ध गर्नेहरुको गोकर्णेश्वरका साथै पशुपति मन्दिर क्षेत्रमा घुइँचो लागेको थियो । बागमतीको संगम तीर्थ गोकर्ण दोभानमा दिवंगत बाबुका नाममा छोराछोरीले सिदा दान तथा श्राद्ध गर्ने प्रचलन छ । आज विशेषतः बाबु नभएका मानिस त्यहाँ पुगेका थिए । औंसीका दिन गोकर्ण तीर्थमा बाबुको अनुहार देखिन्छ भन्ने हिमवत खण्डको कथामा पनि उल्लेख छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार