Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

करुणाका लागि सडक दौड प्रतियोगिता सम्पन्न

करुणाका लागि सडक दौड प्रतियोगिता सम्पन्न

काठमाडौं । नेपाल शाकाहारी संघ तथा श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको संयुक्त आयोजनामा यही भाद्र १२, १३ र १४ गते 'राष्ट्रिय अहिंसा महोत्सव-२०८२' नेपाल, नेपाल पुलिस क्लवको व्लु पेभेलियन हलमा आयोजना हुन गैरहेको छ । यसै सन्दर्भलाई लिएर आज सम्पूर्ण प्राणीको हक अधिकारको विषयमा लक्षित  'करुणाका लागि सडक दौड प्रतियोगिता' सम्पन्न गरिएको छ ।

भृकुटी मण्डपबाट शुरु भएको यो सडक दौड कार्यक्रम ५ किलोमिटरको रहेको थियो । उल्लेख्य सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथि संस्कृतृविद् अग्रज शाकाहारी अभियन्ता डा. गोविन्द टण्डन रहनुभएको थियो । दौड प्रतियागितामा पुरुष र महिला तर्फ बाट प्रथम, द्वितीय र तृतीय हुनेलाई नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

WhatsApp Image 2025-08-23 at 19.56.20_6d3e4393.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार