Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि स्रोतको अभाव नहुने

क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि स्रोतको अभाव नहुने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि स्रोतको अभाव नहुने बताएका छन् । पौडेलले पुनःनिर्माणका लागि ठूलो स्रोत आवश्यक भए पनि त्यसको व्यवस्थाप गर्न सकिने बताए ।

अर्थतन्त्रको विकासमा लागि कानूनी स्पष्टता जरुरी रहेको पौडेलले बताएका छन् । उनले कतिपय अवस्थामा कानूनी स्पष्टता नहुँदा काम गर्न समस्या भएकाले कानूनको भावअनुसारको स्पष्टता हुनु जरुरी भएको उल्लेख गरे।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमितिसँग बिहीबार भएको भेटमा लाई मुलुकमा पछिल्लो समय उत्पन्न परिस्थितिबाट अगाडि बढ्ने क्रममा आइपर्ने समस्या समाधानका लागि पनि कानूनी स्पष्टता जरुरी रहेको उनको भनाइ थियो । “कानूनको स्पष्टता सबै क्षेत्रमा आवश्यक पर्छ, विशेष गरी पत्रकारहरुले समाचार लेख्ने क्रममा कानूनको व्याख्या राम्रो नभए भने गलत सन्देश जाने जोखिम हुन्छ, यसमा सबै सचेत हुनुपर्छ”, उनले भने । 

आम नागरिकसँग अन्तरक्रिया गर्नका लागि पत्रकारिता महत्वपूर्ण माध्यम हुने उल्लेख गर्दै उनले सेजनसँगको सहकार्यका लागि केन्द्रीय बैंक तयार रहेको समेत बताए ।

प्रदर्शनका क्रममा निजी क्षेत्रमाथि पनि आक्रमण हुनुले व्यवसायीमा चिन्ता थपिए पनि  अब निजी क्षेत्रको मनोबल उच्च बनाउँदै अगाडि बढ्नुको विकल्प नभएको उनले बताए । “प्रदर्शनका क्रममा कैयौँ निजी व्यापारिक भवनमा क्षति पुगेको छ, तर अब हाम्रो प्राथमिकता स्वदेशमा लगानीको वातावरण निर्माण गरी विदेशी लगानी आकर्षित गर्नमा हुनुपर्छ, त्यसैले सुरुमा स्वदेशको लगानीलाई यहीँ रोक्ने वातावरण बनाउन सकियो भने अर्थतन्त्रमा गतिशिल हुन लामो समय लाग्दैन”, गर्भनर पौडेलले भने ।

उनले अर्थतन्त्रको विकासका लागि राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण, निजी क्षेत्रको मनोबलमा अभिवृद्धि आवश्यक भएको समेत उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार