काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा लगानीको वातावरण बिग्रन नदिनेतर्फ गम्भीर हुन आग्रह गरेको छ ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएका बहुराष्ट्रिय कम्पनी एनसेल तथा चौधरी ग्रुपको सिजी पार्क र चन्द्रागिरि हिल्सको आज निरीक्षण गर्दै महासंघले टोलीले सरोकार भएका सबैलाई वातावरण बिथोलिन नदिन आग्रह गरेको हो ।
नेपालमा विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्नका लागि यस्ता घटनाहरूले दीर्घकालीन असर पार्ने अध्यक्ष ढकालको भनाइ थियो । “नेपालमा लगानीको वातावरण बिग्रिने अवस्था आएको छ । यस्ता घटनाले देशको आर्थिक विकासमा गम्भीर असर पार्छ । सरकार, राजनीतिक दल र सरोकार भएकाहरूलाई लगानीमैत्री वातावरण कायम गर्न आग्रह गर्दछु”, उनले भने, “नेपालको अर्थतन्त्रमा निजी क्षेत्रले ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशतभन्दा बढी योगदान दिएको अवस्थामा लगानीको संरक्षणका लागि उद्योगी व्यवसायीहरूको सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने आवश्यकता छ ।”
महासंघले यसअघि अर्थमन्त्री र गृहमन्त्रीसँग भेटेर निजी क्षेत्रले अझै पनि शान्ति सुरक्षाको अनुभूति गर्न नसकिरहेको भन्दै ध्यानाकर्षण गराएका थिए । महासंघले सुरक्षाको प्रत्याभूति दिन, आन्दोलनका क्रममा निजी क्षेत्रको सम्पत्तिमाथि भएको आक्रमण, तोडफोड र आगजनीमा संलग्न भएकाहरूमाथि कानुनी दायरामा ल्याउन आग्रह गरेको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com