काठमाडौं। अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच सोमबार सिंहदरवारस्थित अर्थ मन्त्रालयमा भेटवार्ता सम्पन्न भएको छ।
भेटका अवसरमा नेपालमा हालको राजनीतिक तथा सामाजिक परिस्थिति, पुनर्निर्माण योजना र संयुक्त राज्य अमेरिकाले गर्न सक्ने सहयोगबारे छलफल भएको मन्त्रालयले जनाएको छ।
अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु, पुनर्निर्माण योजना कार्यान्वयन गर्नु तथा सहुलियत प्याकेजमार्फत निजी क्षेत्रको मनोबल उच्च बनाउनुपर्ने विषयमा सरकार प्रतिबद्ध रहेको जानकारी गराएका थिए ।
त्यस्तै, अमेरिकी राजदूत थम्पसनले हालैको घटनामा ज्यान गुमाउने परिवारप्रति समवेदना प्रकट गर्दै अमेरिकी सरकार नेपालको साथमा रहेको आश्वासन दिए। उनले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसि) अन्तर्गत एमसिए नेपालमार्फत सञ्चालन भइरहेका परियोजनाहरू समयमै सम्पन्न गर्न नेपाल सरकारको थप प्रतिबद्धता आवश्यक रहेको पनि औंल्याए।
अर्थमन्त्री खनालले उक्त परियोजनाहरूको कार्यान्वयनमा ढिलाइ नहुने विश्वास दिलाउँदै नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकी सहयोगको उच्च सराहना गरे। साथै, भविष्यमा पनि यस्तो सहयोग निरन्तर प्राप्त हुने अपेक्षा व्यक्त गरे।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com