Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

'विषम परिस्थितिमा सबै किसिमको सहयोगका लागि भारत साथमा छ'

'विषम परिस्थितिमा सबै किसिमको सहयोगका लागि भारत साथमा छ'

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन् । मंगलबार मन्त्रालयमा भेट गरेका श्रीवास्तवले अर्थमन्त्री खनालसँग भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकाले दुई मुलुकबीच रहेको विशेष सम्बन्धलाई कायम राख्दै यस विषम परिस्थितिमा समेत सबै किसिमको सहयोगका लागि साथमा रहेको उल्लेख गरे । 

त्यस्तै, मन्त्री खनालले नेपाल र भारतबीचको लामो सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई पुर्‍याउँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद दिएका थिए । साथै, उनले नेपालमा विद्यमान परिस्थितिका कारण सिर्जना भएको विषम अवस्थामा छिमेकी मुलुकलगायत दातृ मुलुकसँगको आर्थिक साझेदारी निरन्तरताको आवश्यकता औँल्याएका थिए । 

सो अवसरमा नेपाल–भारतबीचको व्यापार सहजीकरणका लागि दुवै पक्षबीच समन्वय सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार