Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
बडादसैँ

महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिरमा बाक्लो चहलपहल (भिडियो)

महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिरमा बाक्लो चहलपहल (भिडियो)

काठमाडौं । वर्षको एक दिन आज अर्थात् महानवमीका दिन मात्र खुल्ला गरिने काठमाडौंको तलेजु भवानी मन्दिरमा भक्तजन एवम् दर्शनार्थीहरुको बिहानैदेखि बाक्लो उपस्थिति देखिएको छ । अपरान्ह १ बजेसम्म पनि लाइन लामो रहेको थियो । 

प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र खुला हुने भएकाले आज मन्दिरमा चहलपहल बाक्लो छ । 

यस मन्दिरमा दर्शन पाउनका लागि भक्तजनहरूको लामो लाइन नयाँ सडकको जुद्ध सालिक हुँदै अन्य बाटोहरूमा समेत फैलिएको देखिन्छ । तलेजु भवानीको मन्दिरमा आज हजारौँ भक्तजन पूजाआराधना एवं दर्शनका लागि पुग्ने गर्छन् । मन्दिरको मुल गेट साँझ ६ बजे बन्द हुने सूचित गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार