Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

आजबाट कात्तिक स्नान, आकाशदीप दान तथा तुलसीको विशेष पूजा आराधना शुरू

आजबाट कात्तिक स्नान, आकाशदीप दान तथा तुलसीको विशेष पूजा आराधना शुरू

काठमाडौं । आजबाट कात्तिक स्नान, आकाशदीप दान तथा तुलसीको विशेष पूजा आराधना शुरू भएको छ । असोज शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीप दान गरे सौभाग्य, सम्पत्ति एवम् श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ ।

मिलेसम्म बाँस, नभए पलाँस, खएर, पीपल, आदिको लिङ्गो ठड्याएर आकाशदीप दान बालिन्छ । यसैबीच दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन हिजो असोज शुक्ल पूर्णिमाको राति धनधान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रातभर जाग्राम बसेपछि १५ दिन लामो दशैँ सकिएको छ ।

महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ । चन्द्रमाको पूजा गरिने पूर्णिमा व्रतका लागि भने सूर्योदय र सायंकालमा पूर्णिमा तिथि चाहिने भएकाले आज परेको हो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार