Aug 01 2026 | २०८३, साउन १६ गते

Aug 01 2026 | २०८३, साउन १६ गते

Follow us

राष्ट्रपतिद्वारा गुहेश्वरीमा छठी माताको पूजा आराधना तथा अर्घ्यदान

राष्ट्रपतिद्वारा गुहेश्वरीमा छठी माताको पूजा आराधना तथा अर्घ्यदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गुहेश्वरीमा छठी माताको पूजा आराधना गरी अर्घ्यदान गरेका छन् । आज अपरान्ह राष्ट्रपति पौडेल गुह्वेश्वरी पुगरे सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेका हुन् ।

देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा अनुसार आज उनी गुह्वेश्वरी पुगेका हुन् ।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भव्य रुपमा मनाउने गरिन्छ ।

छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिन राजधानीका विभिन्न छठ घाटलाई सिंगारिएका छन् । छठ पर्व हेर्ने सर्वसाधारणहरुको पनि छठ घाटमा उल्लेख्य भीड रहेको छ ।

छठका ब्रतालुहरुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् । अर्घ दिएसँगै छठ विधि समापन हुन्छ ।

 

DSC01396_11zon.jpg
undefined
DSC01394_11zon.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार