Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

निजी सम्पत्ति लुटपाट तथा आगजनीमा संलग्नहरुलाई कडाभन्दा कडा सजाय माग

निजी सम्पत्ति लुटपाट तथा आगजनीमा संलग्नहरुलाई कडाभन्दा कडा सजाय माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका नाममा सरकारीसहित निजी सम्पत्ति लुटपाट तथा आगजनीमा संलग्नहरुलाई कडाभन्दा कडा सजाय दिन माग गरेका छन् । आज शनिबार राजधानीमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा अध्यक्ष ढकालले सरकारसँग यस्तो माग गरेका हुन् ।

उनले अहिलेको विषम परिस्थितिमा पनि पुनरोत्थानका लागि जिम्मेवारीपूर्वक एकअर्कालाई विश्वास र हौसला दिने काम गरिरहेको बताएका छन् । निजीक्षेत्रको यस भावनालाई वर्तमान सरकारले पनि बुझेको भन्दै उनले भने, 'यो कुरा हामीले महसुस गरेका छौँ । क्षतिलगत्तै अर्थमन्त्रालयमा आयोजित कार्यक्रमपछि हाम्रो आग्रहमा भन्सार, बीमा र बैंकिङ सुविधा प्रदान गरियो । त्यसले पुर्ननिर्माणमा राहत पुग्ने विश्वास छ । उक्त छुट र सुविधालाई कार्यान्वयन तदारुकता देखाउन जरुरी देखिन्छ ।'

व्यवसायीले सुरक्षाको अनुभूति नगरिरहेको बेला गृह मन्त्रालयबाट सबै जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिमा उद्योग वाणिज्य संघलाई सहभागि गराउने परिपत्र भएकोमा यसले सकारात्मक सन्देश दिएको ढकालले बताए । तर, सरकारी तथा निजी सम्पत्ति लुटपाट र आगजनीमा संलग्नलाई कडाभन्दा कडा कारबाही गरी अब यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रको मनोबल बढ्ने गरी सरकारले काम गर्नुपर्ने अध्यक्ष ढकालले बताए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार