Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

महालक्ष्मी विकास बैंकका ग्राहकले पाँच संस्थामा छुट सुविधा पाउने

महालक्ष्मी विकास बैंकका ग्राहकले पाँच संस्थामा छुट सुविधा पाउने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका ५ संस्थाहरूसँग सम्झौता गरेको छ । सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले ती संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौताअनुसार महालक्ष्मी विकास बैंकका ग्राहकहरूले काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ हस्पिटालिटीको आवास सेवामा २० प्रतिशत र खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट पाउनेछन् भने तनहुँको बन्दिपुर माउन्टेन रिर्सोटमा खाना तथा आवसमा ७ प्रतिशत, स्माइल सामाखुशीको ३६० डेन्टल क्लिनिकमा दन्त सेवा लिँदा २० प्रतिशत, तनहुँको बन्दिपुर बजार घरमा खाना तथा आवसमा ७ प्रतिशत र ललितपुरको टुटेपानीम रहेको लन्जेभिटी हेल्थ होममा अकुपन्चर, पञ्चकर्म, प्याथोलोजी, डक्टर चेकअपलगायतका सेवाहरूमा २० प्रतिशतसम्म छुट पाउने छन् । यो सहकार्यबाट बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्ड वाहकहरूले विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुआत गरेको छ । यस सेवाअन्तर्गत आफूले खरिद गरेको टुर प्याकेजको मूल्य बराबरको रकमको भुक्तानी ६ महिनादेखि १२ महिनासम्मको लचिलो अवधि रहने गरी मासिक रूपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न समेत सकिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार