Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा ३ अर्ब रुपैयाँ बराबरका दुई बचतपत्रको बिक्री खुला

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा ३ अर्ब रुपैयाँ बराबरका दुई बचतपत्रको बिक्री खुला

काठमाडौं ।  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई वटा बचतपत्रको बिक्री खुला गरेको छ । कार्यालयले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘नागरिक बचतपत्र–२०८७’ र ५० करोड रुपैयाँ बराबरको ‘वैदेशिक रोजगार बचतपत्र–२०८७’ निष्कासन गरेको हो । सरकारी ऋण उठाउन बचतपत्रको बिक्री खुला गरिएको हो ।

पाँच वर्ष अवधिका यी दुवै बचतपत्र खरिदका लागि आउँदो मङ्सिर २५ गतेसम्म आवेदन दिन सकिनेछ भने मङ्सिर २८ गते निष्कासन हुनेछ । नागरिक बचतपत्रमा ६ दशमलव ५ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा ७ दशमलव ५ प्रतिशत वार्षिक ब्याजदर उपलब्ध हुनेछ ।

घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न पाइनेछ । नागरिक बचतपत्र नेपाली नागरिक र गैरआवासीय नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । त्यस्तै वैदेशिक रोजगार बचतपत्र देशबाहिर रोजगारीमा संलग्न वा देशबाहिरको रोजगारीबाट फर्केको ६ महिना पुगेका नेपाली नागरिक, गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा समेत खरिद गर्न सक्नेछन् ।

बचतपत्र पूर्णरूपमा सुरक्षित लगानी हो । यसमा सरकारले मूलधनको सुनिश्चित गरेको हुन्छ । बचतपत्रको ब्याज रकम हरेक ६ महिनामा खरिदकर्ताको बैंक खातामा सीधैँ जम्मा हुन्छ । यसलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन समेत सकिन्छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गर्ने डोम्स प्रणाली र इन्भेस्टर पोर्टलमार्फत बचतपत्र खरिदका लागि आवेदन दिन सकिने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार