काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा ११ खर्ब बढी रकम थुप्रिएको भन्दै लगानीको वातावरण तयार गर्न आग्रह गरेका छन् । राष्ट्रिय कर दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले बैंकमा भएको रकम लगानीका लागि वातावरण आवश्यक रहेको बताए ।
उनले भने, ‘एकातिर अहिले बैंकमा प्रशस्त रकम भएको अवस्था छ भने कतिपय आयोजनाहरूमा लगानी नभएर बेबारिसे छन् । जसले गर्दा आयोजनाहरूको लागत बढेको अवस्था छ । यो अवस्थामा अर्थतन्त्र चलायमान बनाउन लगानी बढाउन आवश्यक छ । त्यसको लागि लगानीको वातावरण तयार गर्नु पर्दछ ।’
यस्तै उनले असल नियतका साथ जेन–जी आन्दोलन भए पनि आन्दोलनमा घुसपैठ भएको भन्दै गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
त्यसैगरी, नियमनकारी निकायहरूले पनि प्रभावकारी ढंगले काम नर्गदा समस्या सिर्जना भएको उल्लेख गर्दै उनले यस विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराए । अध्यक्ष ढकालले भने, ‘धितोपत्र बोर्डमा पदाधिकारी नहुँदा लामो समयसम्म कामहरू प्रभावित भए भनेपछि पदाधिकारी आइसकेपछि पनि प्रभावकारी ढंगले काम हुन सकेन । यसमा सुधार जरुरी छ । यस्तो प्रवृत्तिले लगानीको वातावरणमा नै असर पर्दछ ।’
धितोपत्र बोर्डले लामो समय जलविद्युत् आयोजनाहरूलाई आईपीओ जारी गर्न नदिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष ढकालले धितोपत्र बोर्डमा देखिएको समस्यालाई तत्काल हटाउनसमेत अर्थमन्त्रीसँग आग्रह गरे । यस्तै उनले कम्पनीको शेयर अभौतिकीकरणमा अन्तर्राष्ट्रिय धितोपत्र पहिचानमा सिंगल (आइजिन) नम्बर राख्नु पर्ने बताए ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com