Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

निर्यात अनुदान रोकिएको विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण

निर्यात अनुदान रोकिएको विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । निर्यात व्यवसायी महासंघले निर्यात अनुदान रोकिएको विषयमा अर्थमन्त्री रामेश्वर खनालको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष गोविन्दप्रसाद घिमिरे नेतृत्वको टोलीले आज अर्थमन्त्री खनाललाई भेटेर निर्यात अनुदान रोकिएको विषय तथा निर्यात क्षेत्रमा देखिएका समस्याबारे ध्यानाकर्षण गराएको हो ।

महासंघले निर्यात अनुदान रोकिँदै आएको अवस्था, प्राविधिक तथा प्रशासनिक अवरोध, निर्यात प्रवर्द्धनसँग सम्बन्धित नीतिगत समस्याको समाधानका लागि अर्थमन्त्रीलाई आग्रह गरेको अध्यक्ष घिमिरेले बताए । 

जवाफमा अर्थमन्त्री खनालले निर्यात क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले उद्योग तथा व्यापारीले उठाएका विषयमा सरकारको सकारात्मक ध्यानाकर्षण भएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार