Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

मोदीले भने-गीताको शिक्षाले विश्वका लाखौं मानिसलाई प्रेरणा दिन्छ

मोदीले भने-गीताको शिक्षाले विश्वका लाखौं मानिसलाई प्रेरणा दिन्छ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘गीता’ उपहार दिएका छन् ।

दुई दिने भ्रमणका लागि बिहीबार साँझ नयाँ दिल्ली ओर्लेका पुटिनलाई मोदीले रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि उपहार दिएका हुन् । आफ्नो सामाजिक सञ्जाल एक्समार्फत मोदीले गीता उपहारको विषय जानकारी गराएका छन् ।

पुटिनलाई गीता उपहार दिँदै गरेको तस्वीर एक्समा राखेर मोदीले लेखेका छन्, ‘राष्ट्रपति पुटिनलाई रुसी भाषामा अनुवादित गीताको एकप्रति भेट गराएँ ।गीताको शिक्षाले विश्वभरका लाखौं मानिसहरूलाई प्रेरणा दिन्छ।’ मोदीले गीताको उपदेशले संसारभरि रहेका लाखौँ मानिसहरूलाई प्रेरणा प्रदान गर्ने उल्लेख गरेका छन् ।

यसैबीच, पूर्वीय संस्कृति एवम् वाङ्मयका ज्ञाता डा. के एन स्वामी (स्वामी केशवानन्द गिरि) ले पनि यो विषयलाई महत्व दिदैं आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्,

'संसारका सबैभन्दा महान् कूटनीतिज्ञ श्रीकृष्ण हुनुहुन्छ । श्रीकृष्णको कूटनीतिको संहिता श्रीमद्भगवद्गीता हो । समयचक्र ३६० डिग्रीमा घुम्दछ । मार्क्स, लेलिनको सिद्धान्त थोत्रिएका छन् । यी सिद्धान्तहरू गरिब देशमा पश्चिमा डिग्रीधारीहरूले परम्परा र राष्ट्रियता सकाउने हतियार मात्र हुन् ।
पाठ त मैले नि पढेको हो, पाठ तैँले नि पढेको हो । तैले पढिस् बुझिस् र पढाउन थालिस् । म अझै पढ्दै छु......
तस्मादुत्तिष्ठ कौन्तेय !'
------------गीता २/३७

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार