Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

शान्ति, समृद्धि र जनकल्याणको लागि नेपालमा पहिलो पटक विश्वमेध महायज्ञ आयोजना गरिंदै

शान्ति, समृद्धि र जनकल्याणको लागि नेपालमा पहिलो पटक विश्वमेध महायज्ञ आयोजना गरिंदै

काठमाडौं । ​नेपालमा पहिलो पटक 'विश्वमेध महायज्ञ' आयोजना गरिने भएको छ । मुलुकको शान्ति, समृद्धि र जनकल्याणको पावन उद्देश्यले उक्त महायज्ञ आयोजना गर्न लागिएको श्रीविद्या साधक परिवार, नेपालले जनाएको छ । परमपुज्य गुरुदेव श्रीमहेश चैतन्य ब्रह्मचारी महाराजको सत्संकल्पमा आगामी २०८२ माघ २३ गते देखि फागुन ४ गते सम्म पाशुपत क्षेत्रमा महायज्ञको तयारी भएको जनाइएको छ ।

WhatsApp Image 2025-12-22 at 06.41.53.jpeg
परमपुज्य गुरुदेव श्रीमहेश चैतन्य ब्रह्मचारी महाराज

उक्त महायज्ञलाई भव्य रूपमा सम्पन्न गर्न २०८२ पुस ५ गते बसेको बैठकले साधक-साधिका एवं अनुयायी महानुभावहरूमा आग्रह समेत गरेको छ । यस्तै उक्त बैठकले ​पूर्वाधार निर्माणमा सहयोग महायज्ञ स्थलमा पाल, पण्डाल लगायतका भौतिक पूर्वाधारको कार्य अविलम्ब सुरु गर्नुपर्ने भएकाले इच्छुकहरुलाई हार्दिक अनुरोध गरेको छ ।

यस्तै, महायज्ञलाई व्यवस्थित बनाउन व्यवस्थापन, आयोजक, सल्लाहकार र विशेष समितिहरू गठन हुने क्रममा रहेकाले आफ्नो योग्यता र क्षमता अनुसार जिम्मेवारी लिन इच्छुकहरुलाई सचिवालयमा नाम दर्ता गराउन अनुरोध गरेको छ । यसैगरी, महायज्ञको प्रचारप्रसार र व्यवस्थापनमा सबै साधक परिवारको सक्रियता अपेक्षा गर्दै यसबारे थप जानकारीका लागि सचिवालयमा सम्पर्क गर्न बैठकले अनुरोध  गरेको छ ।

WhatsApp Image 2025-12-21 at 21.58.35.jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार