Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
राष्ट्रिय ज्योतिष सम्मेलन-२०८२

आज राष्ट्रिय ज्योतिष सम्मेलन -२०८२ आयोजना हुँदै

आज राष्ट्रिय ज्योतिष सम्मेलन -२०८२ आयोजना हुँदै

काठमाडौं । विश्व ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालको आयोजना तथा दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपाल, नेपाल ज्योतिष परिषद् केन्द्रीय समिति र राष्ट्रिय महिला ज्योतिष संघको सहकार्यमा आज काठमाडौंमा राष्ट्रिय ज्योतिष सम्मेलन-२०८२ हुँदैछ । 

उक्त सम्मेलनमा ज्योतिषीय फलादेशमा ५० औँ वर्ष अनुभवी अग्रज गुरुहरुबाट सोध अनुसन्धान र अनुभवबाट प्रमाणित भएका सूत्रहरुको चर्चा हुने बताइएको छ ।

सम्मेलनकै अवसरमा विश्व ज्योतिष महासंघ केन्द्रीय समिति र राष्ट्रिय समितिको संयुक्त बैठक समेत बस्ने कार्यक्रम छ ।

सम्मेलनमा विषयगत अनुभवबाट प्रमाणित सूत्रको अनुभवी गुरुहरुबाट मन्तव्यको कार्यक्रम राखिएको छ । यसैगरी, कार्यक्रममा सहभागीहरुबीच अन्तरक्रिया पनि गरिने बताइएको छ । 

सम्मेलनले रिक्त रहेका पदाधिकारी सदस्यहरुको पदपुर्ति गरी मौजुदा राष्ट्रिय समितिको सूची घोषण गर्ने आयोजकले जनाएको छ ।

600200904_1175201551426671_3150017270517517487_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार