Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

राष्ट्रिय ज्योतिष सम्मेलन २०८२ सम्पन्न

राष्ट्रिय ज्योतिष सम्मेलन २०८२ सम्पन्न

काठमाडौँ । विश्व ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालको आयोजना, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपाल, नेपाल ज्योतिष परिषद् केन्द्रीय समिति र राष्ट्रिय महिला ज्योतिष संघको सहआयोजनामा राष्ट्रिय ज्योतिष सम्मेलन २०८२ ऐतिहासिक रूपमा सप्पन्न भएको छ । 

काठमाडौँको पिंगलास्थान स्थित होटल पौवामा भएको सम्मेलनमा नेपाल पन्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.शम्भुप्रसाद ढकाल, कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थी, पुर्व अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी, पुर्व कार्यकारी निर्देशक  सुर्यप्रसाद ढुंगेल, विश्व ज्योतिष महासंघका केन्द्रीय अध्यक्ष डा. लोकराज पौडेल, अन्तर्राष्ट्रिय सभापति डा.अशोककुमार मिश्र,  वरिष्ठ उपाध्यक्ष विष्णुदत्त लेखक, दक्षिण एसियाली ज्योतिष महासंघका पुर्व अध्यक्ष प्राडा माधवप्रसाद पाण्डेय, महासचिव भरतमणी ज्ञवाली, नेपाल ज्योतिष परिषद्का पुर्व अध्यक्ष माधवराज पाण्डे, उपाध्यक्ष मदन चौबे, राष्ट्रिय महिला ज्योतिष संघका अध्यक्ष रतिदेवी जोशी, विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश सभापति जनार्दन न्यौपाने, दक्षिण एसियाली ज्योतिष महासंघ गण्डकी प्रदेश सभापति विष्णुप्रसाद सुवेदी लगायतले विभिन्न विषयमा प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।  

DSC03947_11zon.jpg
undefined

कार्यक्रममा नेपाल पन्चाङ्ग निर्णायक विकास समितिका नवनियुक्त पदाधिकारी सदस्यहरु एवम् केही उत्कृष्ट ज्योतिषी गुरुहरुलाई सम्मान समेत गरिएको थियो । 

कार्यक्रम विश्व ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका सभापति देवराज गौतमको सभापतित्व, नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका कार्यकारी सभापति कमलप्रसाद काफ्लेको स्वागत, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका सभापति खिलनाथ काफ्लेको धन्यवाद एवम् शिवलाल पौडेल र रविन पंगेनीको सहजीकरणमा सप्पन्न भएको आयोजकले बताएको छ ।

DSC03827_11zon.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार