Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

निर्वाध रुपमा काम गर्ने स्थिति अझै छैन: निजी क्षेत्र

निर्वाध रुपमा काम गर्ने स्थिति अझै छैन: निजी क्षेत्र

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रको मनोबल खस्किँदा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको बताएका छन् ।

बुधबार महासंघले आयोजना गरेको शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्यका लागि सामुदायिक पहल विषयक राष्ट्रिय संम्वाद कार्यक्रममा उनले भने, 'निजी क्षेत्र ओझेलमा परेको छ। निर्वाध रुपमा काम गर्ने स्थिति छैन। गलत काम बढ्दा दण्डहिनता मौलाएको छ । सम्पतिको सुरक्षा नगरेसम्म मुलकमा लगानी हुँदैन।'

साथै उनले निजी क्षेत्रले स्वतन्त्र रुपमा काम गर्न नपाउँदा सरकारको राजस्व पनि खुम्चिएको बताए। उनका अनुसार बैंकहरूले ११ खर्ब रकम लगानी गर्न नसकेको अवस्था छ। लगानी गर्न ठाउँ खोजिरहेका छन्।

राजस्वको रकम तलब भत्तामा मात्र खर्च भएको बताउँदै उनले भने,' पूर्वाधार क्षेत्रमा लगानी हुन सकेको छैन। निजी क्षेत्रले निर्माण गरेका पूर्वाधारमा पनि विभिन्न अवरोध आएको छ। निजी क्षेत्र खुम्चियो भने रोजगारी सिर्जना गर्ने वातावरण हुँदैन।'

उनले नीतिगत अवरोध र प्रक्रियागत झन्झटले निजी क्षेत्रको मनोबल खस्किँदा निराशा छाएको बताए।

अर्थतन्त्रमा ८६ प्रतिशत योगदान दिएको निजी क्षेत्र समृद्धिको सारथी रहेको उनले बताए। तसर्थ अर्थतन्त्रको एजेन्डा साझा हुन जरूरी रहेको उनले बताए। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार