Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’ अध्यक्षमा निग्मा कुन्क्याप

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’ अध्यक्षमा निग्मा कुन्क्याप

काठमाडौं । ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा लामा मेन्री घेसे खेन्पो निग्मा कुन्क्याप नियुक्त भएका छन्। ‍संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्रीस्तरीय निर्णयले मंगलबार निग्मा कुन्क्यापलाई ५ वर्षका लागि नियुक्त गरेको हो।

उनलाई बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति (गठन) आदेश २०७५ को दफा ३ को उपदफा २ बमोजिम समिति अध्यक्षमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।

समाजसेवी कुन्क्यापले डोल्पो बोन स्कुल खोलेर सन् २००८ सालदेखि नै डोल्पा जिल्लाका गरिब असहाय बालबालिकाहरूलाई आवासीय सुविधासहितको शिक्षा प्रदान गर्दै आएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार