काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेन्डर) प्रकाशन तथा वितरणका लागि अनिवार्य पूर्वस्वीकृति लिन आग्रह गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको समितिले हिजो सोमबार पत्रकार सम्मेलन गर्दै पूर्वस्वीकृतिबिना पात्रो तथा क्यालेण्डर प्रकाशन र वितरण गर्न नपाइने स्पष्ट पारेको हो । अन्यथा कारवाही गरिने समितिले जनाएको छ ।
समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले गठन आदेश २०७९ तथा आन्तरिक व्यवस्थापन निर्देशिका–२०७९ बमोजिम व्यक्ति, संघ–संस्था, प्रकाशक तथा वितरकले पात्रो र भित्तेपात्रो प्रकाशन अघि अनिवार्य रूपमा समितिबाट स्वीकृति लिनुपर्ने व्यवस्था रहेको जानकारी गराउनुभयो ।
उहाँले बजारमा आउने कतिपय पात्रो तथा क्यालेण्डरमा तिथि, मिति, सार्वजनिक बिदालगायतका विवरणमा त्रुटि भेटिँदा सर्वसाधारणमा अन्योल र असुविधा सिर्जना भएको भन्दै त्यसतर्फ गम्भीर ध्यानाकर्षण गराउनुभयो । यससम्बन्धमा अनुगमनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको उहाँले बताउनुभयो । उक्त समितिलाई स्वीकृतिबिना प्रकाशित सामग्री जफत गर्न तथा आवश्यक कारबाही सिफारिस गर्ने अधिकार दिइएको समेत पन्थीले बताउनुभयो ।
पुर्व स्वीकृतिबिना भित्तेपात्रो (क्यालेन्डर) बजारमा ल्याए १ लाख रुपियाँसम्म जरिवाना गर्ने समितिले चेतावनी दिइसकेको छ । फागुन २ गते शनिवारबाट पञ्चाङ्ग पात्रो बिक्रीवितरण खुला भएलगत्तै समितिले सो चेतावनी दिएको थियो ।
यसैबीच शनिवारबाट विसं २०८३ का लागि १८ वटा पञ्चाङ्गकारको पात्रो बजारमा आएको छ । तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, सूर्य, आकाशदर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि, खप्तडतारानाथ, गौरीशंकर, भृगु–अङ्गिरा, कश्यप मुक्तिनाथ र आर्यावर्त पञ्चाङ्ग पात्रो छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com