काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको पूजाआराधना एवं दर्शन गर्न आएका नागाबाबासहितका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले बिदाइ गरेका छन् ।
मंगलबार बिहान ११ बजेदेखि पशुपतिनाथको मन्दिरअघिको पश्चिम ढोकामा बिदाइ गरिएको हो । बिदाइ गर्न केही घन्टा नै लागेको थियो भने कतिपयले बिदाइ रकमको पर्ची नभएको भन्दै गुनासो गरेका थिए । साधुसन्तबाहेककाहरु पनि रकम माग गर्दै लाइन बसेपछि केही समय तनाब समेत उत्पन्न भएको थियो । यद्यपि, पछि लाइनमा लागेका सबैलाई थोरै भएपनि बिदाइ रकम व्यवस्था गरिएको थियो ।
नेपाल र भारतका विभिन्न अखडाबाट आएका नागा बाबासहितका साधुसन्तलाई २ सय रुपैयाँदेखि ११ हजार रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरिएको संस्थानका प्रवक्ता जनक पोखरेलले जानकारी गराउनुभयो । गुठी संस्थानले दिएको दक्षिणामा पशुपति क्षेत्र विकास कोषले पनि प्रत्येकलाई आधा रकम थपेर नागा बाबासहितका साधुसन्तलाई बिदाइ गरेको कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले बताउनुभयो ।
पशुपति क्षेत्र र थापाथली क्षेत्रमा गरी करिब ४ हजार साधुसन्तको बिदाइ आज गरिएको हो ।
महाशिवरात्रिमा पशुपतिनाथको पूजा, आराधना र दर्शनका लागि आएका नागा बाबासहित साधुसन्तलाई प्रत्येक वर्ष फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा छ।
महाशिवरात्रिका अवसरमा फाल्गुन कृष्ण एकादशीदेखि औँसीसम्म नागा बाबासहितका साधुसन्तलाई कोषले नै खाने, बस्ने र धुनी बाल्ने दाउरा पनि उपलब्ध गराएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com