काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक एवं कर्मचारीलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिलाउन रोजगारदाता संस्थालाई सचेत गराएको छ । आज चैत २३ गते एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले अस्पताल, स्वास्थ्य संस्था, निजी तथा संस्थागत विद्यालयलगायत विभिन्न प्रतिष्ठानमा कानुनको उल्लंघन भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा ‘इन्टर्न श्रमिक’का रूपमा कार्यरत स्वास्थ्यकर्मी एवं नर्सिङ स्टाफ, निजी विद्यालयका शिक्षक, कर्मचारी र अरू प्रतिष्ठानमा कार्यरत व्यक्तिहरूले तोकिएबमोजिमको न्यूनतम पारिश्रमिक र सुविधा नपाएको गुनासो बढेपछि मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १८ को उपदफा (३) को कानुनी व्यवस्था स्मरण गराएको छ । मन्त्रालयले इन्टर्नका रूपमा काममा लगाइएका व्यक्तिहरूलाई पनि रोजगारदाताले अनिवार्य रूपमा सेवा सुविधा दिनुपर्ने स्पष्ट पारेको छ ।
सामाजिक सुरक्षामा कुनै कमी नहुने गरी तालिमी श्रमिकलाई पनि कम्तीमा न्यूनतम पारिश्रमिक, बिरामी बिदा, उपदान, सञ्चयकोष, बिमालगायत सुविधा अनिवार्य रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले भनेको छ, ‘'यसविपरीत न्यूनतम पारिश्रमिकलगायत सुविधाहरूबाट वञ्चित गराएको पाइएमा प्रचलित कानुन आकर्षित हुने व्यहोरा जानकारी गराउँदै उक्त कानुनको स्वतःस्फूर्त परिपालना गर्न सम्बन्धित सबै प्रतिष्ठान, संस्था तथा सरोकारवालाहरूलाई हार्दिक अपिल गरिन्छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com