काठमाडौं । बृहत् पाशुपत पदयात्रा अन्तर्गत चैत १६ गतेदेखि सुरु भएको सिद्धलिङ्ग परिक्रमा क्रममा हालसम्म १४ वटा सिद्धलिङ्गको दर्शन तथा विशेष पूजा सम्पन्न भएको छ। पन्ध्रौँ दिनमा लेलेस्थित गुप्तेश्वर, तिलेश्वर, चम्पकेश्वर र रामेश्वर सिद्धलिङ्गको दर्शन-पूजन सम्पन्न भएको छ ।
पदयात्राका क्रममा आदिलिङ्ग कुशेश्वर (सिन्धुली), भीमेश्वर सिद्धलिङ्ग (दोलखा), काफीश्वर र स्फटिकेश्वर (सिन्धुपाल्चोक), कश्यपेश्वर (काभ्रे), चण्डेश्वर र धनेश्वर (बनेपा), विकटेश्वर (साँगा), इन्द्रेश्वर (पनौती), भालेश्वर (रोशी), गुप्तेश्वर (ललितपुर) तथा तिलेश्वर, चम्पकेश्वर र रामेश्वर (लेले) मा पूजा सम्पन्न गरिएको जनाइएको छ।
६४ सिद्धलिङ्गको विशेष पूजा–आराधनाको लक्ष्यसहित दर्जनौँ साधुसन्त, साधक तथा तीर्थयात्री सहभागी उक्त पदयात्रा सोमबार र मंगलबार ललितपुरको गोटीखेलस्थित कालेश्वर सिद्धलिङ्गमा केन्द्रित रहने आयोजकले जनाएको छ। यस अवसरमा स्वामी रमणानन्द गिरिज्यूबाट शिवलिङ्गको माहात्म्य तथा आध्यात्मिक प्रवचनसमेत हुने कार्यक्रम छ।
करिब ३५ देखि ४० दिनसम्म सञ्चालन हुने यस पदयात्रामा झण्डै १ हजार किलोमिटर पैदल यात्रा गर्दै पशुपतिनाथका उपलिङ्ग तथा चतुःषष्ठी सिद्धलिङ्गको दर्शन–पूजन गरिनेछ। शिवाराधनाबाट राष्ट्रदेव भगवान् श्रीपशुपतिनाथ प्रसन्न भई क्षमा प्रदान गर्ने धार्मिक विश्वासका साथ अभियान अघि बढाइएको हो।
पदयात्राले पाशुपत क्षेत्रको संरक्षण, धार्मिक–आध्यात्मिक समन्वय प्रवर्द्धन, प्रदूषण नियन्त्रणका लागि सचेतना र मठ–मन्दिर व्यवस्थापनमा सरोकारवालासँग संवाद गर्ने उद्देश्य राखेको छ। साथै, वाग्मती परिक्रमा, पशुपति संवाद लगायतका कार्यक्रमसमेत सञ्चालन गरिने जनाइएको छ।
आयोजकले उपत्यकावासी, स्थानीय भक्तजन तथा अध्यात्मप्रेमीलाई कालेश्वर सिद्धलिङ्गमा हुने विशेष पूजा–आराधनामा सहभागी भई आध्यात्मिक लाभ लिन आग्रह गरेका छन्।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com