Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

पश्चिम बंगालमा ढल्यो ममता बेनर्जीको शासन, भाजपाको उदय

पश्चिम बंगालमा ढल्यो ममता बेनर्जीको शासन, भाजपाको उदय

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) ले पश्चिम बंगालमा पहिलो पटक सरकार बनाउने भएको छ । पश्चिम बंगालमा करिब १५ वर्षपछि ममत बेनर्जीको तृणमूल कांग्रेस (टीएमसी) लाई ठूलो धक्का लाग्ने भएको छ । हालै सम्पन्न विधानसभा निर्वाचनपछि सोमबार भइरहेको मतगणनामा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) ले अग्रता कायम गरेको हो।

बीजेपी दुई तिहाइ बहुमत नजिक देखिएको छ। विगत १५ वर्षदेखि पश्चिम बंगलामा सत्ता सम्हालिरहेकी ममत बनर्जीको पार्ट तृणमूल कांग्रेस ९टीएमसी० लाई ठूलो धक्का लाग्ने निश्चित छ।

पश्चिम बंगालको कुल २९४ विधानसभा सिटमध्ये बीजेपीले १९६ मा अग्रता कायम गरेको छ। त्यहाँ सरकार बनाउन बहुमत संख्या १४८ रहेको छ। तर, बीजेपीले कायम गरेको अग्रता नतिजमा परिणत भए दुई तिहाइ संख्या पुग्ने निश्चित देखिन्छ।

टीएमसी ९१, कांग्रेस २, वामपन्थी पार्टी २ र अन्य २ स्थानमा अगाडि छन्।

यसअघि भएको विधानसभा निर्वाचनमा बीजेपीले पश्चिम बंगालमा जम्मा ५९ सिट जितेको थियो। भारतका ठूला राज्यहरू उत्तर प्रदेश र बिहारमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाइसकेको बीजेपीको नजर पश्चिम बंगालमा थियो।

पश्चिम बंगाल निर्वाचनका क्रममा गृहमन्त्रीसमेत रहेका बीजेपी नेता अमित शाह लगातार १५ दिन त्यहाँ बसेका थिए। दर्जनौँ सभाहरूमा सहभागी भएका उनी आफैँले चुनावी रणनीति बनाएका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँ पश्चिम बंगालको विभिन्न निर्वाचन क्षेत्रमा उपस्थित भएर चुनावीसभा र रोड शोहरूमा सहभागी भए। चुनाव अभियानकै क्रममा सुरक्षा ‘प्रोटोकल’ तोड्दै एक पसलमा पुगेर चटपटे ‘झालमुडी’ खाएको घटनाले पनि त्यहाँका मतदाताहरूलाई प्रभावित बनायो। मोदीले चटपटे खाएको निर्वाचन क्षेत्रमा बीजेपीले अग्रता लिएको छ।

पश्चिम बंगालमा आफ्नो नेतृत्वमा सरकार बनाउन बीजेपीले लामो समयदेखि परिश्रम गर्दै आइरहेको थियो। यस निर्वाचनअघि पनि बीजीपीका नेता कार्यकर्ताहरूले चुनावीसभा बाहेक प्रत्येक बुथदेखि घरघरसम्म पुगेर रणनीति बनाएका थिए।


२०११ पछि लगातार तीन कार्यकाल बंगालकी मुख्यमन्त्री रहेकी ममता बनर्जीको तृणमुल कंग्रेस यो पटक पराजित भएको छ। सन् १९७७ देखि लगातार सत्तामा रहेको कम्युनिस्ट पार्टीलाई सत्ताच्युत गरेकी ममता त्यस यता राष्ट्रिय राजनीतिमा छाएकी थिइन्।


उनी मुख्यमन्त्री बनेको तीन वर्षपछि प्रधानमन्त्री बनेका मोदीको सबभन्दा चर्को आलोचकमध्ये रहँदै आएकी थिइन्। भा

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार